ट्रेंडिंग:

>> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा

विश्वासको प्रतिक तीज पर्व

१९ भाद्र २०८१, बुधबार
१९ भाद्र २०८१, बुधबार

हरेक विषयवस्तुमा समय अनुसार नविनताको खाँचो पर्दछ । त्यसैले होला विशेषगरी नेपाली त्यसमा पनि हिन्दु महिलाहरूले तामझामका साथ मनाउँदै आएको तीज पर्व फरक ढाँचामा देखिन लागेको छ । आजभन्दा पाँच दशक पहिले महिलाहरूले लगाउने पोशाक र आजको पोशाक (फेसन) मा जमिन आकासको फरक छ । त्यतिवेला लगाउने गरगहना र आजभोली लगाउने गरगहनामा पनि उस्तै फरक आएको छ । पहिले लगाउने गहनामा पनि सुन र चाँदीका थिए र आज लगाइने गहना पनि सुन र चाँदीबाट बनाइएका हुन् । तर, यसको ढाँचामा निकै फरक आएको छ । त्यतिवेला खेलिने पिङहरू आज धेरै लोपोन्मुख अवस्थामा पुगेका छन् । पहाडी प्रदेशमा केही बचेको हुनसक्छ भने तराई र भित्री मधेशमा लोपोन्मुख अवस्थामा पुगेका छन् । अरू त अरू तीजमा प्रयोग गरिने जमिन पनि फरक आएको छ । कतिपय त्यस्ता सार्वजनिक स्थलहरू आज धेरै ठाउँमा कसै न कसैको कब्जामा परेका छन् या ती उपयोगविहीन बनाइएको छ । हिंजो भएका वस्तुहरू धेरै फेरिएका छन् । आज महिलाहरू नृत्य गर्ने स्थान सार्वजनिक स्थान त होलान तर कतिपय गाउँठाउँमा विद्यालय वा मन्दिर परिसर रहेका छन् । धेरैजसो जमिन साँगुरो भएको छ ।

कुनैपनि मुलुकको समृद्धिका निम्ति महिलाहरूको महत्वपूर्ण भूमिका रहेको हुन्छ । तीजको दिन महिलाहरूको सम्मान गर्ने दिन पनि हो । परापूर्व कालमा हरेक दिन महिलाहरू घरको काममा व्यस्त रहे पनि तीजको दिनमा उनीहरूलाई पूर्ण स्वतन्त्रता रहन्छ । उनीहरू स्वछन्द हिसाबले यो पर्व मनाउने गर्दछन् । यसकारण तीज पर्व परापूर्वकालदेखि मनाउँदै आइएको एउटा विशिष्ठ पर्व हो भन्न सकिन्छ । तीज पर्वलाई राम्रो लगाउने र नाचगान गरेर मनाउने र शिव पार्वतीको पूजा गर्ने गरिन्छ । तीजको अघिल्लो दिन अर्थात द्वितीया तिथिका दिन साँझ मिठा परिकार पकाएर खाने अनि दोस्रो दिन ब्रत बस्ने प्रचलन रहेको छ । द्वितीयाको दिन खाइने परिकारलाइ दर भन्ने गरिन्छ । दर खासगरेर खिर वा ढाक्नेलाई भन्ने गरिन्छ । यसको साथमा विभिन्न थरिका तरकारी तथा अचारविचार रहने गर्दछन् । दर रातको समयमा खाने गरिन्छ । सन्ध्याकालमा गाउँ छिमेकका महिलाहरू जुटेर नाचगान गरेर रमाइलो गर्ने अनि रातमा दर खाएर आराम गर्ने, भोलीपल्ट अर्थात तीजका दिन ब्रत बस्ने, दिउँसोपख नाचगान गरेर रमाउने प्रचलन छ । यसरी पहिले पहिलेका दिनमा तीजको दिनको नाचगान गर्ने समयमा आफूलाई परेका पीडा तथा मर्मका कुराहरूसंग सम्वन्धित गीतहरू गाउने समेत गरिन्थ्यो ।
तीजमा खासगरेर माइत जाने चलन छ । त्यसैले चेलीलाई लिन जाने चलन छ । पहिले पहिले आफै छोरीको घरमा बाबु पुगेर छोरीलाई लिएर आउने गरिन्थ्यो । आफू जान नसक्ने अवस्था भए घरका अरू कुनै सदस्यलाई पठाउने त्यो पनि नभए बाबुले चिठी लेखेर छोरीको घरमा गाउँ छिमेकको सहयोगमा लिएर पठाउने गरिन्थ्यो । आज समय फेरिएको छ । एकातर्फ हात हातमा भएका मोवाइल फोनबाट निम्तो दिने वा कुनै साधन पठाएर लिएर आउने गरिन्छ । अझ त्यसमा पनि कतिपयका छोरी विदेशमा पुगेका छन् । उनीहरूलाई तीजको शुभकामना दिने भन्दा अरू केही सम्भव छैन । नयाँ प्रविधिको प्रयोग गरेर छोरीले आफू विदेशमा नाचे, गाएको आफ्ना बाबुलाई पठाइदिने पनि गरिन्छ । कतिपय छोरीहरू विदेशमा यस्तै गरेर रमाएका छन् । पहिले पहिले छोरीलाई लिन बाबु उनको घरमा गएनन् भने अति बिलाप गरेर रुने गरेको सुन्न पाइन्थ्यो । तर आज ंंंं……?

तीजमा खासगरेर ब्रत बसेर दिनभर नाचगान गरेर रमाइलो गरेपछि साँझमा शिव पार्वतीको पूजा गर्ने चलन छ । तर, सबै ब्रत बस्नेहरूले यसरी पूजा गर्दैनन् । कतिपय महिलाहरूले दिनमा कुनै मन्दिरमा गएर शिवको पूजा आराधना गर्ने गर्दछन् । तीज पर्वको वर्तलाई विवाहित महिलाहरूले पतिको दिर्घायूको कामना गर्ने र अविवाहितले सुयोग्य बर पाइयोस् भनेर ब्रत बस्ने गर्छन भनिन्छ । यसमा कति सत्यता छ ? यो भन्नेहरूले जानुन । तर यो आज भनिएको कुरा होइन परापूर्व कालदेखि भनिदै आएको कुरा हो । यसले तीजको गरिमा उँचो छ र एक प्रकारले महिलाहरूको संगठित हुने दिन पनि हो भनेर भन्न सकिन्छ ।

वर्तमानको कुरा गर्दा हिंजो परम्परागत रूपमा गाइने तीजका गीतहरू करिव लोपोन्मुख अवस्थामा पुगेका छन् । कतिपय गीतहरू अलिक कर्ण अप्रिय पनि रहेका छन् । तीज भने पछि महिलाहरू मिलेर नाच्ने गाउने भन्ने बुभिन्छ तर अव त बीच बीचमा पुरुषहरू पनि नाच्न तम्सेको देखिन्छ । यता दर खाने नाममा एक महिना पहिलेदेखि कहिले समूहले त कहिले क्लवको नाममा दिनहूँ विताउने गरेको देखिन्छ । जसले समाजलाई नयाँ रूप दिनुपर्छ भन्ने गर्दछन् । यस्ता कार्यमा बढ्ता उनीहरूको उपस्थिति देखिन्छ । यस्तो नयाँपन भए विकृति के हो ? हाम्रो परम्परा र संस्कृतिलाई हामी आफैले भुत्ते पार्दै छौं । निर्जल ब्रत बस्ने भएकाले र तीजपर्वमा नाचगान गर्दा शरीरको उर्जा खर्च हुन्छ भनेर सायद यसको आरम्भमा दर खाने प्रचलन थालिएको हुनु पर्दछ । तर हामीले यसलाई कहाँ पु¥यायौं ?हामीलाई नै थाह पत्ता हुन छोडेको छ । आजभोली हातले मादन मुरली वा अन्य संगीतका सामग्रीहरू बजाएर नाच्ने प्रचलन हटेको छ । खाली ताली मात्र बजेको छ । यो प्रचलन कहाँबाट कहिले प्रवेश ग¥यो थाहा छैन । यो मामलामा हामी उठन नसक्ने गरी फसेको छौं । हाम्रो कला संस्कृति कता लोप भयो भयो ? हामी नै जानकार छैनौं । शिव मन्दिर भएका स्थानमा सायद दिनमा कसैले पूजा आजा गर्छन होला धेरै ठाउँमा यो पूजा आजा पनि कमी हुँदैन गएको छ । पूजाआज गर्नै पर्छ यो पनि होइन तर तीजको मर्म अनुसार पालन गर्नुपर्ने सामान्य काम कुरा त नछोडेको भए राम्रो हुन्थ्यो भन्ने मात्र हो । आजभोलीको पहिरन मन पराउनेहरूले पहिलेका पहिरन प्रयोग गर्नेहरूलाई असभ्य भन्छन होला । आजभोली हरेक कुरा जमानामा लगेर जोडने गरेको पाइन्छ ।

हामीले नस्वीकारेको भए जमानाले जवरजस्त भिराउने थियो र ? यो त सबै हाम्रो विचारमा भर पर्ने कुरा हो । यसका वारेमा एकपटक सबैजना घोत्लिन पर्दछ । हामीले जमाना भनेर कस्तो शिल स्वभाव र सभ्यता हुलिरहेका छौं ? जमानाको कुरा गरेर हामीले आफ्नोपन त्याग्दै गयौं भने भोली कहाँ पुगौंला ? समय परिवर्तनशील छ । यसलाई सही तरिकाले परिवर्तन गरेर देखाउन सक्नु हाम्रो महानता हो । यस बर्षको तीज पर्व यही भाद्र २१ गते शुक्रबारका दिनमा परेको छ । यस पर्वमा रमाउने र पर्वलाई पर्वको रूपमा मनाउने सम्पूर्ण दिदी बहिनीहरूमा हार्दिक शुभकामना । यहाँहरूले आफ्नो स्वास्थ्यको अति ख्याल गरेर यो पर्वमा रमाउनु होला । स्वास्थ्यको ख्याल गर्नु भएन भने शरीर कमजोर हुन सक्छ । शरीरको माध्यमबाट धर्म कर्म गर्नुपर्छ भनेर हाम्रो शास्त्रले भनेको छ । अरू घोडा चढेको देखेर मुढा नचढ्नु होला । तपाईको क्षणिक रमाइलोको कारणले र जमानाको गफले हाम्रो कला संस्कृति र परम्परा लोप हुने अबस्थामा नपुगोस् । यही कामना साथ पुनः यहाँहरू सबैमा हार्दिक शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?