ट्रेंडिंग:

>> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ

घरमै पुगेर नागरिकता प्रदान

१९ भाद्र २०८१, बुधबार
१९ भाद्र २०८१, बुधबार

प्युठान, १९ भदौ ।
प्युठानमा दुई जना व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । स्वर्गद्वारी नगरपालिका–५ का दुई व्यक्तिलाई सोमबार नागरिकता प्रदान गरिएको हो ।
नागरिकता पाउनेमा १६ वर्षीय मिन बहादुर घर्तिमगर र प्रकाश पुन रहेका छन् । उनीहरू शारिरिक रूपमा असक्त छन् । प्रशासन कार्यालयमा पुग्न घर्तिमगरलाई गाडी नै रिजर्भ गर्नुपर्ने हुन्छ । भौगोलिक रूपमा समस्यामा रहेको समयमा छोराका नागरिकता घरमै पुगेको हो । क वर्गको अपाङ्गता भएका डाँडागाउँका घर्तिमगरलाई सामान्य दिसापिसाव समेत गर्न अरूको सहारा चाहिन्छ । घरमै नागरिकता पाएपछि परिवारलाई समेत सहज भएको छ । ‘घरमै नागरिकता पाउँदा खुशी लागेको छ, घर्तिमगरकी आमा निर्मलादेवी घर्तिमगरले भनिन्,‘असक्त छोरालाई लगेर जानु पर्ने समस्या टर्यो ।’ उनले छोराको नागरिकता घरमै लिने प्रशासन र सहजीकरण गर्ने जनप्रतिनिधिलाई धन्यवाद व्यक्त गरिन ।

अर्का प्रकाश (ख) वर्गका अपांगता भएका व्यक्तिलाई पनि वडा कार्यालयमा बोलाइ नागरिकता प्रदान गरिएको स्वर्गद्वारी नगरपालिका–५ का वडा अध्यक्ष गिर बहादुर घर्तिमगरले जानकारी दिए । घर्तिले वडाले सकेसम्म हरेक सेवालाई सहज बनाउने प्रयासमा वडा रहेको बताए । ‘वडाका सेवालाई सरल र सहज बनाउने प्रयासमा छौं’ घर्तिमगरले भने,‘उहाँहरू त झन नागरिकता लिन जान धेरै समस्यामा हुनुहुन्थ्यो ।’ सामाजिक सुरक्षा भत्ता नविकरण, वितरण, राजश्व टोलमा संकलन गरिएकोमा वडामा असक्त रहेका व्यक्तिलाई नागरिकतामा समेत सहजता ल्याएको घर्तिमगरको भनाइ छ ।
सेवा प्रबाहलाई सहज गराउन घरमै पुगेर नागरिकता प्रदान गरिएको इलाका प्रशासन कार्यालयका प्रमुख मेघराज प्रसाद पोख्रेलले बताए । अभिभावक इलाका प्रशासनमा आइ अनुसूची भरी सबै प्रक्रिया पुरा गरेपछि घरमै पुगेर नागरिकता हस्तान्तर गरिएको हो । पोख्रेलका अनुसार स्वर्गद्वारी नगरपालिका–४ मा समेत असक्त प्रकृतिका व्यक्तीलाई नागरिकता प्रदानका लागि अनुसूची भरिएकोले घरमै पुगेर प्रदान गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?