ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

सीमामा प्रहरीको पहराः ‘म पिटेझै गर्छु, तिमी रोएझै गर्नु’

बसहिया नाका मात्रै नभई अहिले भुजहवा,बिसुनपुरा नाकामा पनि तस्करी कार्य फस्टाउँदो क्रममा रहेको स्थानीयले बताएका छन् । मोटरसाईकलबाट मालसामान ओसार्ने कार्य त ड्युटी सेटिड्डमा हुन्छ,तर राती १ बजे देखि ४ बजेसम्म ठूलै गाडी छिराउने गरिएको छ । ती सामान राजमार्गबाट ठूलै गाडीमा लोड गरि नेपालको विभिन्न बजारमा पठाउने गरिएको छ ।
१९ भाद्र २०८१, बुधबार
१९ भाद्र २०८१, बुधबार

नवलपरासी, १९ भदौ ।
जिल्लाको सिमावर्ति क्षेत्रमा अहिले चोरी तस्करी बढ्दै गएको छ । भन्सार कर्मचारी र स्थानीय प्रहरीको मिलोमतोमा सिमाक्षेत्रमा तस्करी मौलाउँदै गएको स्थानीयले बताएका छन् ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीका घुमुवाहरू परिचालन गरि तस्करीलाई लाईन मिलाउने कार्यमा सक्रिय रहेको बसहिया गाउँका एक स्थानियले बताए । बसहिया नाका भएर भारत तर्फ नेपालबाट लसुन, मटर लगायतका चिनिया मालबस्तु पठाइने गरिएको छ, उनले भने–‘भारती बजारबाट लताकपडा,चामल खाद्यान लगायतका सामाग्री नेपाल आउने गरेको छ ।

तस्करीका लागि मोटरसाईकलमा लोड गरि नेपालको विभिन्न बजारमा ल्याउने र भण्डारण गरिने गरिएको छ ।’ भण्डारण गरिएका ति समाग्री पछि कुनै ब्यवसायिक फर्मको नाममा बिल काटेर नेपालको नारायणघाट हुदै विभिन्न बजार पु¥याउने गरिएको उनको भनाई थियो । बसहिया नाका मात्रै नभई अहिले भुजहवा,बिसुनपुरा नाकामा पनि तस्करी कार्य फस्टाउँदो क्रममा रहेको स्थानीयले बताएका छन् ।

स–साना मोटरसाईकलबाट मालसमान ओसार्ने कार्य त डियुटी सेटिगँमा हुन्छ,तर राती १ बजे देखी ४ बजेसम्म ठूलै गाडी छिराउने गरिएको छ । केही सिमा क्षेत्रबाट तस्करी गरि ल्याइएको मालसमान पुर्वपश्चिम राजमार्गसम्म प्राय स–साना गाडीमा पुर्याउने र राजमार्गबाट ठूलै गाडीमा लोड गरि नेपालको विभिन्न नाकामा पठाउने गरिएको छ । म पिटेझै गर्छु, तिमी रोएझै गर्नु, प्रहरीको डिउटी माथी प्रश्न गर्दै एक स्थानीयले भने ।

शसस्त्र प्रहरीको गस्ति टोली फेरिने समयमा यस्ता समाग्रि भित्रयाउने समय मिलाईन्छ, उनले थपे, जनताको आँखा छल्न प्रहरीले सेटिड्ड मिलाएको हुन्छ, सिमाक्षेत्रमा विभिन्न चोरबाटोहरूमा शसस्त्र प्रहरीको दुई चार जना प्रहरी बस्ने गर्छन्, सो टोलीको ड्युटी परिवर्तन गर्दा आर्को टोली अलि ढिलो जान लगाईन्छ, सोही बेला मालबस्तुहरू मोटरसाइकल र पिकअपमा भित्राइन्छ । नजिकै अघोषित विभिन्न स्थानमा भण्डारण गरिन्छ । यो कुरा शसस्त्र प्रहरीले तस्करी माथि निगरानी गरेको नाटक मात्रै देखाउँछ ।

जनतालाई ठाँउ ठाँउमा प्रहरी छन्,तस्करी रोकिएको भ्रम छरिएको हुन्छ । तर विचमै ड्युटी सेटिड्ड मिलाईएको हुन्छ, यसलाई ड्युटी सेटिड्ड कारोबारको रूपमा कारोबार गर्ने तस्करहरूले बताउने गरेका छन् । जिल्लास्तरमा यो कुरा उठ्दा ब्यापक प्रहरी परिचालन गरिएको दाबी गरिन्छ । हेर्दा पनि प्रहरी परिचालन गरिएको देखिन्छ । तर तस्करी गराउने प्रहरीको यो ड्युटी सेटिड्ड मोडेलले चर्चा पनि उत्तिकै रहेको छ ।

तस्करी बढ्नुमा सरकार नीति पनि दोषी भएको हाटबजार ब्यवसायी जिल्ला समन्वय समितिका अध्यक्ष राधेश्याम अग्रहरीले बताए । भारतीय मालबस्तुको भन्सार चर्को बनाउने, एक्जिम कोड र रकम धरौटी गरि स–साना ब्यवसायीलाई भन्सार गर्न झन्झटिलो नीति बनाउन लगाउने कार्य ठूला तस्करहरूले गर्ने गरेका हुन्छ । अनलाईन भन्सार कार्य बनाएर छोटी भन्सारहरूलाई निस्कृय बनाउने कार्यले पनि तस्करी मौलाउने गरेको आरोप उनको रहेको छ । सहज र सहुलियत भन्सार नीति भयो भने तस्करी आफै रोकिन्छ, उनले भने, तर तस्कर माफियाहरू नीतिलाई नै प्रभावित बनाई लाभ लिइने गरिएको छ ।

साना ब्यवसायीलाई भन्सार सहज बनाईयो भन्ने बजारमा सहज ढंगले मालबस्तु राजश्व तिरेर १ नम्बर माल भित्रिन्छ, त्यसमा प्रहरीसँग सेटिगँ पनि गर्न पर्दैन । नेपालीहरू गौरवका साथ भन्सार गराएर १ नम्बरको मालबस्तु ल्याउछन् । त्यसमा माफिया र प्रहरीलाई ब्यतिmगत लाभ हुन सक्दैन्, त्यही भएर नीतिलाई नै प्रभावित बनाएको उनको तर्क थियो । तर तस्कर र माफियाहरूले नीतिगत रूपमै योजना बनाई सरकारको राजस्व घटाउने,आफ्नो मनोमानी गरि तस्करी गर्न र गराउन लगाउने र चर्को मूल्यवृद्धि गराउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?