ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

एटिएमले ‘कारोबार सहज’

१९ भाद्र २०८१, बुधबार
१९ भाद्र २०८१, बुधबार

प्युठान, १९ भदौ  ।
वस्तु विनिमयबाट शुरु भएको कारोबार धातुको मुद्रामा हुन पुग्यो । धातुको मुद्रापछि कागजी नोटको निष्काशनले थोरै राहत दियो । पछिल्लो समय नोट पनि मानिसहरू बोक्न छाडेका छन् । बैंकमा नगद राखेर चेक बोक्ने सर्वसाधारण स्वचालित टेलर मेसिन (एटटिएम) प्रयोग गर्न थालेका छन् । जस्ले गर्दा बैंकमा सेवाग्राहीको चाप घट्दो र एटिएम प्रयोगकर्ताहरूको आकर्षण बढ्दो देखिएको बैंकहरूले बताएका छन् ।

चेक मार्फत पैसा निकाल्न घण्टौ लाग्ने सर्वधारण एटिएमले धेरै सहज बनाएको प्रयोगकर्ताहरू बताउँछन् । विगत १२ वर्षदेखि एटिएम प्रयोग गर्दै आएका गौमुखी गाउँपालिका–४ खोलाबाङका सिताराम के.सी.ले समयको बचतसँगै सहज लाग्ने गरेको बताए । ‘गाउँबाट शहर आउँदा कार्यालय समयमा आइनपुग्ने हुँदा समस्या परेको छैन्’ के.सी.ले भने,‘एटिएमले आफ्नो अनुकुलतामा हिँड्ने वातावरण बनाएको छ ।’ एटिएमको प्रयोगले सार्वजनिक बिदाको समयमा समेत सजिलै पैसा झिक्न पाइने हुँदा आफ्नै हातमा पैसा भएको महशुस गराएको उनको भनाइ छ ।

मल्लरानी गाउँपालिका–३ मुनडाँडाकी सीता परियारले एटिएम प्रयोगले धेरै झन्जट कम गरेको बताइन । घरबाट बजार आएर पैसा निकाल्ने लाइनमा लाग्दा गाडी छुट्ने डर अन्त्य भएको छ । ‘बैंकमा पालो कुर्दा गाडी छुट्ने चिन्ता हुन्थ्यो’ उनले भनिन्,‘अहिले त्यो समस्या समाधान भयो ।’ चेक सकिएपछि पनि चेक नबनाई एटिएम प्रयोग गरेको समेत बताइन ।
के.सी. र परियार जस्तै जिल्लामा एटिएमको प्रयोगमा आकर्षण बढेको राष्ट्रिय बाणिज्य बैंक प्युठान शाखाका प्रबन्धक दिपेन्द्र सुनारले बताए । ‘युवा तथा विभिन्न रोजगारीमा जोडिएकाहरूसंग अनिवार्य एटिएम बनाएको जस्तो देखिन्छ’ सुनारले भने । बैंकिङ कार्डको विकाससँगै ग्रामीण भेगबाट आएका विद्यार्थी, सर्वसाधारणहरू समेत एटिएम प्रयोग गर्दै आएका छन् ।

जिल्लामा कमर्सियल बैंक २० वटा, डेभलपमेन्ट बैंक १३ वटा र ४४ वटा माईक्रोफाइनान्स सञ्चालनमा रहेको बैंक तथा वित्तीय संस्था प्युठानका अध्यक्ष हरि प्रसाद न्यौपानेले बताए । उनका अनुसार कमर्सियल बैङ्कका एटिएम ११ वटा र डेभलपमेन्ट बैङ्कका एटिएम ३ गरी जम्मा १४ वटा एटिएम सञ्चालनमा छन् ।

जिल्लाका बिजुवार, बाग्दुला, खलंगा, जुम्री, भिंग्री, चकचके जस्ता बजारहरूमा एटिएम मेसिन रहेका छन् । बिजुवार राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैक, हिमालयन बैंक , साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकका एक एक गरी ६ वटा एटिएम मेसिन रहेका छन् । जिल्ला सदरमुकाम खलंगामा राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकका गरी २, चकचकेमा हिमालय बैंकको १, भिंग्री नेपाल बैंक लिमिटेड र ज्योति विकास बैंकका २ वटा, जुम्रीमा सिद्धार्थ विकास बैंक र एन.आई.सी. एसिया बैंक गरी २ वटा छन् । बाग्दुलामा भने ज्योति विकास बैङ्कको एउटा एटिएम सञ्चालनमा रहेका छन् ।

एटिएमको बिस्तारसङ्गै पहिलेको तुलनामा बैंकमा ग्राहकहरूको भिडभाड कम हुँदै गएको नेपाल बैंक लिमिटेड बिजुवार शाखा प्रबन्धक पदमा योगीको अनुभव छ । पेन्सन लिनेहरूले समेत एटिएमको प्रयोग गर्न थालेसँगै काउन्टरमा हुने भिडभाड कम हुँदै गएको योगीले बताइन । ६ हजार भन्दा बढी ग्राहक रहेको उक्त शाखामार्फत १ हजार बढी ग्रहाकलाइ एटिएम वितरण गरेको र मासिक १ करोड बराबरको कारोबार एटिएमबाट हुँदै आएको जानकारी दिइन ।
राष्ट्रिय वाणिज्य बैंक प्युठान विजुवार शाखा मार्फत १५ हजार ग्राहक मध्ये १० दशमलव ७१ प्रतिशत ग्राहकहरूले एटिएम प्रयोग गर्दै आएको र मासिक एटिएम द्वारा १ करोड बराबरको कारोबार हुने गरेको बैंकले जनाएको छ ।

त्यस्तै जिल्लाको ६ वटा बजारमा शाखा विस्तार गरी सेवा दिँदै आएको साइन रेसुङ्गा डभलपमेन्ट बैंक बिजुवार शाखाबाट मासिक २ करोड भन्दा बढी कारोबार एटिएमद्वारा हुँदै आएको विजुवार शाखा प्रमुख योगेन्द्र विष्टले बताए । विष्टका अनुसार शाखाको १२ हजार ग्राहक मध्य २ हजार २ सय भन्दा बढी ग्राहकले एटिएम प्रयोग गर्दै आएका छन् । ९ वटा स्थानीय तहहरू रहेको प्युठान जिल्लामा हाल क र ख वर्गका गरी ३३ वटा बैंक सञ्चालनमा छन् । सबै स्थानीय तहमा बैकको पहुँच पुगेको छ । ४ वटा स्थानीय तहहरूमा एटिएम मेसिनको पहुँच छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?