ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

विश्वमा सूचना प्रविधिको प्रभाव, एशोसिओको भूमिका र नेपाल

१८ भाद्र २०८१, मंगलवार
१८ भाद्र २०८१, मंगलवार

सूचना प्रविधि आजको विश्वमा एक यस्तो साधन बनेको छ, जसले मानव जीवनका हरेक क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याएको छ । आर्थिक, सामाजिक र सांस्कृतिक विकासको अति महत्वपूर्ण आधारशीला भएको सूचना प्रविधिले मानवजीवनलाई सरल, सुगम र तीव्र गतिमा अघि बढाउन मद्दत पु¥याएको छ । व्यापार, शिक्षा, स्वास्थ्य, प्रशासन र संचार लगायतका विभिन्न क्षेत्रमा यसको प्रभाव व्यापक रूपमा देखिएको छ । यसले विश्वलाई ‘ग्लोबल भिलेज’ मा रूपान्तरण गर्दै छ, जहाँ सम्पूर्ण क्षेत्रहरू एक अर्कासँग जोडिएका छन् ।

आजको युगमा सूचना प्रविधिको महत्वलाई नकार्न नसकिने अवस्था छ । विशेषगरी व्यवसायिक क्षेत्रमा यसले ल्याएको परिवर्तनले उत्पादकत्व, नवप्रवर्तन र प्रतिस्पर्धात्मक लाभमा उल्लेखनीय वृद्धि गरेको छ । उत्पादन प्रक्रियालाई स्वचालित गर्दै, सूचना प्रविधिले व्यवसायिक क्रियाकलापको गति र गुणस्तरमा सुधार ल्याएको छ । यसले व्यापारिक प्रक्रियालाई सुलभ र कुशल बनाउँदै उद्यमशीलतालाई प्रवद्र्धन पनि गरेको छ ।
शिक्षा क्षेत्रमा पनि सूचना प्रविधिको योगदान विशेष रहेको छ । डिजिटल शिक्षण सामग्रीको प्रयोगले सिकाई प्रक्रियालाई अझ प्रभावकारी बनाउँदै विद्यार्थी र शिक्षकबीचको अन्तरक्रियालाई सहज बनाएको छ । यसले शिक्षा प्रणालीमा आमूल परिवर्तन ल्याउँदै विश्वभरका ज्ञान र स्रोतहरूलाई पहुँचयोग्य बनाएको छ । आजको डिजिटल युगमा विद्यार्थीहरूले घरबाटै अध्ययन गर्न सक्ने अवस्था सिर्जना भएको छ, जसले उनीहरूको सिकाई प्रक्रियालाई गतिशील र प्रभावकारी बनाएको छ ।स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिको योगदान उल्लेखनीय छ । बिरामीहरूको उपचार, स्वास्थ्य व्यवस्थापन र रोग निदान प्रक्रियामा यसले क्रान्तिकारी परिवर्तन ल्याएको छ । डिजिटल स्वास्थ्य अभिलेख, टेलिमेडिसिन र कृत्रिम बौद्धिकता सहितका निदान प्रणालीहरूको प्रयोगले स्वास्थ्य सेवा क्षेत्रलाई नयाँ उचाइमा पु¥याएको छ । आज बिरामीहरू आफ्नो स्वास्थ्यको बारेमा जानकारी लिन, परामर्श गर्न र उपचार पद्धतिहरू अपनाउन सजिलैसँग डिजिटल माध्यमहरूको उपयोग गर्न सक्छन् ।

यसै सन्दर्भमा एशोसिओ (Asian-Oceanian Computing Industry Organization – ASOCIO) को भूमिका पनि विशेष महत्वपूर्ण रहेको छ । एशोसिओ, एसिया र ओसियन क्षेत्रका २४ राष्ट्रहरूको सूचना प्रविधि संस्थाहरूको महासंघ हो । यसको मुख्य उद्देश्य सूचना प्रविधिको विकास, प्रवद्र्धन र विस्तारमा सदस्य राष्ट्रहरूबीच सहकार्य र एकतालाई प्रोत्साहन गर्नु हो । सन् १९८४ मा स्थापना भएको एशोसिओले सदस्य राष्ट्रहरूको सूचना प्रविधि उद्योगलाई बलियो बनाउन, नीति निर्माणमा सहयोग गर्न र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उभ्याउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।
एशोसिओले सदस्य राष्ट्रहरूको सरकारहरूसँग मिलेर सूचना प्रविधि सम्बन्धी नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसले सरकारहरूलाई सूचनाप्रविधिको महत्व बुझाउन, यस क्षेत्रमा लगानी बढाउन र सूचना प्रविधि उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक बनाउन आवश्यक परामर्श र सुझावहरू प्रदान गर्दछ । नीति निर्माणमा सहयोग पु¥याउँदै, एशोसिओले सदस्य राष्ट्रहरूको सूचना प्रविधि नीति र कानूनी संरचनामा सुधार ल्याउन पनि महत्वपूर्ण भूमिका खेलेको छ ।

एशोसिओले क्षेत्रीय सहकार्य र एकतालाई प्रोत्साहन गर्न विभिन्न कार्यशाला, सम्मेलन र गोष्ठीहरूको आयोजना गर्ने गर्दछ । यसले सदस्य राष्ट्रहरूबीचको सम्बन्धलाई सुमधुर बनाउँदै अनुभव आदान प्रदान गर्न र नवीनतम प्रविधिहरूको बारेमा जानकारी आदानप्रदान गर्न वातावरण निर्माण गर्दछ । यस प्रकार क्षेत्रीय सहकार्यले सदस्य राष्ट्रहरूको सूचना प्रविधि उद्योगलाई बलियो बनाएको छ, जसले अन्ततः सम्पूर्ण क्षेत्रलाई नै लाभ पु¥याएको छ । सूचना प्रविधि उद्योगको विकासमा मानव प्रवर्तन र अनुसन्धानको भूमिका पनि अत्यन्त महŒवपूर्ण हुन्छ । यस परिप्रेक्ष्यमा, एशोसिओले सूचना प्रविधि उद्योगमा अनुसन्धान र नवप्रवर्तनलाई विशेष प्राथमिकता दिएको छ । यसले सदस्य राष्ट्रहरूको सूचना प्रविधि उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक बनाउनकालागि आवश्यक तालिम र परामर्श उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधि सम्बन्धी अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्न एशोसिओले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै सूचना प्रविधि उद्योगलाई नयाँ उचाईमा पु¥याएको छ ।

एशोसिओले व्यापार मेला, सम्मेलन र प्रदर्शनी जस्ता कार्यक्रमहरूमार्फत, सूचनाप्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय साझेदारीलाई प्रोत्साहित गरेको छ । यसले सूचनाप्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय साझेदारीलाई प्रोत्साहन गर्दै क्षेत्रीय व्यापार र लगानीलाई पनि बढावा दिएको छ । एशोसिओले सदस्य राष्ट्रहरूको सूचना प्रविधि उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ ।
एशोसिओको गतिविधिहरूको प्रभाव क्षेत्रीयस्तरमामात्र सीमित छैन, यसले विश्वव्यापी रूपमा पनि ठूलो प्रभाव पारेको छ । सदस्य राष्ट्रहरूको सूचनाप्रविधि उद्योगलाई सुदृढ गर्न, नीतिगत सुधार गर्न र क्षेत्रीय एकता कायम गर्न एशोसिओले महत्वपूर्ण भूमिका खेलेको छ । सूचना प्रविधिको विकासलाई प्रवद्र्धन गरेर यसले यस क्षेत्रमा रोजगारीका अवसरहरू सिर्जना गरेको छ । यसले सूचना प्रविधिको उपयोगलाई जनतासम्म पु¥याउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ । जसले जनताको जीवनस्तरमा सुधार ल्याएको छ । यसले सूचना प्रविधिको प्रयोगलाई विस्तार गरेर सदस्य राष्ट्रहरूको आर्थिक विकासमा पनि योगदान पु¥याएको छ ।

नेपालको सन्दर्भमा सूचनाप्रविधिको क्षेत्रमा काम गर्ने प्रमुख संस्था क्यान महासंघ (CAN Federation) एशोसिओका सक्रिय सदस्य रहेको छ । क्यान महासंघले नेपालको सूचना प्रविधि उद्योगको विकास र प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । नेपालले एशोसिओमा आफ्नो प्रनिधित्वमार्फत अन्तर्राष्ट्रियस्तरमा आफ्ना सूचना प्रविधि उद्योगका अनुभव र विशेषज्ञता साझा गर्न र नयाँ प्रविधिहरूको अनुसन्धानमा सहकार्य गर्न अवसर पाएको छ । नेपालले एशोसिओको उपाध्यक्ष्को भूमिका पनि निर्वाह गरिरहेको छ, जसले नेपालको सूचना प्रविधि उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने अवसर प्रदान गरेको छ । नेपालले एशोसिओको माध्यमबाट क्षेत्रीय विकासमा योगदान पु¥याउँदै आफ्नो सूचना प्रविधि उद्योगलाई बलियो बनाउन र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक बनाउन महत्वपूर्ण कदमहरू चाल्दै आएको छ ।

निष्कर्षमाः सूचना प्रविधिको विकासले विश्वमा क्रान्तिकारी परिवर्तन ल्याएको छ । एशोसिओले एशिया र ओसियन क्षेत्रका २४ राष्ट्रहरूको सूचना प्रविधि उद्योगलाई सुदृढ गर्दै यस क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ । सदस्य राष्ट्रहरूबीच सहकार्यको वातावरण निर्माण गर्न, नीति निर्माणमा सहयोग पु¥याउन र सूचना प्रविधि उद्योगको विकासमा योगदान पु¥याएर एशोसिओले क्षेत्रीय विकासलाई प्रवद्र्धन गरेको छ । नेपालले पनि एशोसिओको माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा आफ्नो सूचना प्रविधि उद्योगलाई उचाइमा पु¥याउँदै आफ्नो भूमिका सशक्तरूपमा प्रस्तुत गरेको छ । भविष्यमा सूचना प्रविधिको विकासलाई निरन्तर प्रवद्र्धन गरेर यस क्षेत्रका राष्ट्रहरूले अझ उन्नत र प्रतिस्पर्धात्मक समाजको निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याउन सक्छन् ।
लेखकः एशोसिओका वर्तमान उपाध्यक्ष हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?