ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

राष्ट्रबैंकले एक वर्षभित्रै नेपालको चुच्चे नक्सासहितको नयाँ नोट बजारमा ल्याउने, दसैँका लागि नयाँ नोट नछापिने

१८ भाद्र २०८१, मंगलवार
१८ भाद्र २०८१, मंगलवार

काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले नेपालको चुच्चे नक्सासहितको नयाँ नोट बढीमा १ वर्षभित्र बजारमा ल्याउने भएको छ।

बैंकले लिम्पियाधुरा र कालापानीसहितको नयाँ चुच्चे नक्सा राखेर नोट छपाइको प्रक्रिया अगाडि बढाएको हो।

बैंकका सहप्रवक्ता डिल्लिराम पोखरेलले थोरैमा ६ महिना र धेरैमा १ वर्षभित्र बजारमा चुच्चे नक्सासहितका नोटहरु चलनचल्तीमा ल्याइने बताए।

‘टेन्डर सकिएर छपाइका लागि प्रक्रिया सुरु भइसकेको छ। छिट्टै बजारमा आउँछ’, उनले भने।

त्यसो त यो वर्षको दसैँका लागि बैंकले नयाँ नोट नछाप्ने भएको छ। चुच्चे नक्सासहितको नोट छाप्ने प्रक्रिया अगाडि बढाइसकेको बैंकले दसैँका लागि भने सुकिला नोटहरुको प्रयोगलाई नै जोड दिएको हो।

यसका लागि बैंकहरुले दसैँमा नयाँ नोट सटही गर्नेछैनन्। बरु बैंकबाट सुकिला नोटहरु लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

इन्डोनेसिया, बेलायत, अस्ट्रेलिया, फ्रान्सलगायतका देशहरुमा नेपालको नोट छापिँदै आएको छ।

राष्ट्र बैंकले सुरुमा १ सय रुपैयाँ दरका नोटहरुमा चुच्चे नक्सासहित छाप्नेछ। एक सय रुपैयाँका नोटहरुको मौज्दात अन्यको तुलनामा कम भएपछि मन्त्रिपरिषदबाटै नयाँ नक्सासहितको नोट छपाइको निर्णय पारित गरिएको थियो।

राष्ट्रबैंकको ऐन २०५८ बमोजिम नोट वा सिक्कामा छापिने चित्र, नक्सा सरकारको अनुमतिमा निर्धारण गर्न पाइने व्यवस्था छ। सोही ऐनअनुसार मन्त्रिपरिषदले यसअघि नै एक सय दरका नयाँ नोटमा चुच्चे नक्सा छाप्ने अनुमति राष्ट्र बैंकलाई दिइसकेको छ।

अनुमति पाएसँगै बैंकले एक सय दरका नोटमा नयाँ नक्सा समावेश गरेर छपाइको काम अगाडि बढाएको हो।

बैंकले कति संख्यामा नयाँ नक्सासहितको नोट बजारमा आउँछ भन्ने खुलाएको छैन। यद्यपि एक सयपछि बैंकले आवश्यकताका आधारमा नोटको चक्रअनुसार नै नयाँ नक्सासहितको नयाँ नोट बजारमा ल्याउने जनाएको छ।

किन महत्त्वपूर्ण छ नयाँ नक्सासहितको नोट? 
२०७७ सालमा केपी शर्मा ओलीको सरकारले पहिलो पटक लिम्पियाधुरा र कालापानीसहितको नेपालको नयाँ नक्सा जारी गरेको थियो।

नयाँ नक्सा जारी गरेपछि भारतले त्यसयता निरन्तर विरोध जनाउँदै आएको छ। सीमा रहेका दुई क्षेत्रलाई आफ्नो दाबी गर्दै आएको भारतले उक्त नेपालले जारी गरेको नयाँ नक्सालाई लिएर औपचारिक रुपमै असन्तुष्टि जनाएको थियो।

तर सरकारले संविधान नै संशोधन गरेर नयाँ नक्सा जारी गरेपछि नेपाली नोटहरुमा पनि नयाँ नक्सा राख्नुपर्ने व्यवस्था मन्त्रिपरिषदले गरेको थियो।

सोहीअनुसार मन्त्रिपरिषदको स्वीकृति लिएर राष्ट्र बैंकले नयाँ नक्सासहितको नोट छपाइको काम अगाडि बढाएको थियो। सरकारले नयाँ नक्सा जारी गरेको एक वर्षपछि राष्ट्र बैंकले चुच्चे नक्सासहितका सिक्काहरु बजारमा ल्याउने निर्णय गरेको थियो।

अहिले भने बैंकले एक सय दरका नोटमा नै नयाँ नक्सा राखेर बजारमा ल्याउने भएको हो।

सहप्रवक्ता पोखरेलले नोट छपाइको चक्रअनुसार नै नयाँ नक्सासहितको नोट छपाइको काम अगाडि बढाइएको बताए। टेन्डर सकिएपछि नोट छपाइको कामले गति लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?