ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

महिलाहरुलाई ३ महिने सिलाईकटाई तालिम शुभारम्भ

१८ भाद्र २०८१, मंगलवार
१८ भाद्र २०८१, मंगलवार

बुटवल, १७ भदौ । देवदहका घरायसी कामकाजमा ब्यस्त रहने गृहणी महिलाहरुलाई स्वरोजगार बनाउने गरि ३ महिने निशुल्क सिलाइकटाइ तालिम शुरु भएको छ । रोटरी क्लब अफ बुटवल डाउनटाउनको आयोजनामा देवदह नगरपालिकास्थित श्री चेली कृषि सहकारी सस्थाको सहयोगमा सोमबारदेखी तालिमको सुभारम्भ गरिएको हो ।

कार्यक्रमको देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष शिव ज्ञवालीले तालिमको शुभारम्भ गर्दै सिकेको सिपलाई ब्यवहारमा लागू गर्न सुझाव दिए ।

क्लबका अध्यक्ष शिव ज्ञवालीले आर्थिक रुपमा महिलाहरु सबल नभई समाजमा समानता नआउने भन्दै उनले स्थानिय सरकारबाट महिला स्वावलम्बन, जागरणका योजनालाई प्राथमिकता दिनुपर्ने बताए । महिला सशक्तिकरणको महत्वपूर्ण पाटो सीप र स्वरोजगार भएको भन्दै ग्रामिण क्षेत्रमा महिलालाई सीप सिकाउदै आर्थिक रुपमा सबल बनाउने गरि वार्षिक रुपमा महिला स्वरोजगारमुलक सीप तालिमलाई निरन्तरता दिएको उनले बताए । प्रत्येक वर्ष तालिम संचालन गर्न आर्थिक सहयोगका साथै आवश्यकता अनुसार सिलाई मेशिन समेत सहयोग गर्दै आएको उनले बताए ।

कार्यक्रममा श्री चेली सहकारी संस्थाका अध्यक्ष सावित्रा बश्यालले विगत पाच वर्षदेखि क्लबको सहकार्यमा निरन्तर तालिम चलाउदै महिलाहरुलाई सीप सिकाउन सफल भएको बताईन । घरायसी काममा ब्यस्त रहने गृहिणीहरु पछिल्लोसमयमा सीप सिकेर ब्यवसाय गर्नेको कमी नरहेको उनले बताईन । तालिमसंगै महिलाहरुलाई सिलाई मेशिनको आवश्यकता रहेको भन्दै उनले धेरैजना समुहमा रहेर ब्यवसाय गर्न ईच्छुक देखिएको बताईन ।

कार्यक्रममा क्लबका संयोजक तेज कुमारी लुईटेलले पाच वर्षको अवधिमा करिब ७ सय जना महिलाहरुले सिप सिकाउन क्लबबाट सहयोग भएको बताईन । सीप सिकेर करीब एक सय बढीले उद्यमीका रुपमा स्वरोजगार बन्न सफल भएको समेत बताईन ।

कार्यक्रममा क्लबका पूर्वअध्यक्ष नर बहादुर श्रीष, जीवन अधिकारी, सचिव कमल नेपाल, चेली सहकारीका उपाध्यक्ष देवि अधिकारीले रोटरीको लक्ष्य अनुसार क्लबबाट यस क्षेत्रमा नै महिला सशक्तिकरणमा महत्वपूर्ण काम गर्न सफल भएको बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?