ट्रेंडिंग:

>> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो

नेपालमा अन्तर्राष्ट्रिय गिद्द सचेतना दिवस मनाइँदै

१८ भाद्र २०८१, मंगलवार
१८ भाद्र २०८१, मंगलवार

बुटवल, १८ भदौ ।
पारिस्थितिकिय प्रणालीमा गिद्दको अति महत्वपूर्ण भूमिका रहेको छ । अंग्रेजी महिना सेप्टेम्बरको पहिलो शनिबारका दिन विश्वभर गिद्द संरक्षण सचेनता दिवस मनाइन्छ ।
गिद्दको महत्व, गिद्द घट्नुको कारण, गिद्द संरक्षणका बारेमा भएका प्रयास र आगामी दिनमा गिद्द संरक्षणको लागि गरिने पहलहरूका बारेमा आम समुदायलाई चेतना अभिबृद्धि गर्ने मुख्य उद्देश्यले यो दिवस सन् २००९ देखि आधिकारीक रूपमा विश्वभर मनाउन थालिएको जानकारी नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत भूपाल नेपालीले बताए ।

नेपालमा यही भदौ १६ देखि २२ भाद्र २०८१ तदनुसार १ देखि ७ सेप्टेम्बर २०२४ गरी साप्ताहिक रूपमा नेपालका २५ भन्दा बडी जिल्लाहरूमा यस वर्ष गिद्द संरक्षण सम्बन्धी सचेतना तथा अन्र्तक्रिया, चित्रकला तथा हाजिरी जवाफ प्रतियोगिता, वृतचित्र प्रर्शदन गिद्द अवलोकन तथा गणना, गिद्द संरक्षण सम्बन्धि पोष्टर तथा पम्लेटको प्रचार प्रसार र आम सञ्चार तथा विद्युतिय (भर्चुअल) माध्ययम मार्फत नेपाल पंक्षी संरक्षण संघ, यसका साँझेदार संघसंस्थाहरू, स्थानिय सरोकारवाला निकायहरू, संरक्षण कर्मि र स्वयंसेवकहरूको सहकार्यमा अन्तर्राष्ट्रिय गिद्द सचेतना दिवस मनाईदैछ ।

वातावरण संफा गर्ने, सिनो खाएर विभिन्न रोग लाग्नबाट बचाउने, धार्मिक तथा सांस्कृतिक महŒव रहेको, खाद्य श्रृखला कायम गर्ने र पारिस्थितिकिय प्रणालीमा अहम भूमिका गिद्दको रहिआएकोले यसलाई पारस्थितिकिय प्रणालीको अभिन्न अंग र प्रकृतिको निशुल्क कुचिकारको रूपमा पनि चिनिन्छ । हाल सम्म विश्वमा २३ प्रजातिका गिद्दहरू पाईन्छन् । दक्षिण एशियमा ९ प्रजातिका गिद्दहरू पाईन्छन र ति सबै ९ प्रजातिका गिद्दहरू नेपालमा पनि पाइन्छन् । ती ९ प्रजाति गिद्द मध्ये ६ प्रजातिका गिद्दहरू नेपालकै रैथाने हुन् जसले नेपालमै गँुड बनाई बच्चा कोरल्छन् भने बाँकी तीन प्रजाति हिउँदे आगन्तुक र बटुवाको रूपमा आउने गर्छन् । ९ प्रजातिका गिद्दहरू मध्ये डंगर गिद्द, सानो खैरो गिद्द, लामो ठँुडे गिद्द र सुन गिद्द अति संकटापन्न अवस्थामा रहेका छन् भने सेतो गिद्द संकटापन्न, हिमाली गिद्द, राज गिद्द र हाडफोर गिद्द संकटको नजिक र खैरो गिद्द सामान्य अवस्थामा छन् ।

भारत, नेपाल र पाकिस्तानमा गरिएको विस्तृत अनुसन्धानहरूबाट गिद्दहरूको संख्यामा हस आउनुको मुख्य कारण नन्–स्टेरोईडल एन्टि–इन्फ्लेमेटरी औषधि डाईक्लोफेनेक भएको सिद्ध भैसकेको छ । धेरै प्रकारका दुखाई र सुन्निने अवस्थामा औषधिको रूपमा मानिस र पशु दुवैमा डाईक्लोफेनेक प्रयोग गरिन्छ । त्यसरी डाईक्लोफेनेक प्रयोग गरी उपचार गरिएका गाईबस्तुहरूको सिनो गिद्दहरूले खाँदा डाईक्लोफेनेकको असरले गर्दा मृगौलाले काम नगर्ने भई गिद्द मर्दछन भन्ने कुराको जाकारी पशु चिकित्सक विभुति सिंहले जानकारी दिए ।

पछिल्लो समयमा एसिक्लोफेनेक, किटोप्रोफेन, कारप्रोफेन, निमेसुलाइड र प्लुनिक्सीन दुखाई कम गर्ने औषधीहरू पनि गिद्दहरूका लागि विषाक्त रहेको पाईन्छ भने मेलोक्सिक्याम र टोल्फेनामिक एसिड औषधि गिद्दहरूका लागि सुरक्षित मानिएको छ । सिनोमा विषको प्रयोग, विद्युतिय कारण, विभिन्न दैविप्रकोप, विभिन्न रोग, मानविय गतिविधि, गिद्दको गुँड असफल भई गिद्दको संख्यामा हस आउने कारण भएको छ । नेपाल सरकार, औषधि ब्यवस्था विभागले डाईक्लोफेनेक औषधिलाई वि.सं. २०६३ साल जेष्ठ २३ गतेदेखि पशु उपचारका लागि उत्पादन, प्रयोग र बिक्री बितरणमा कानूनी कारबाहीको प्रावधान सहित प्रतिबन्ध लगाएको छ ।

गिद्द संरक्षणको लागि राष्ट्रिय कार्ययोजना निर्माण, गिद्दका गुँड तथा बाँस्थान र तिनको संख्या नियमित अनुगमन, भेटेरीनरी प्रयोगकर्ता र भेटेरीनरी पसलहरूको नियमित अनुगमन र पैरवी, गिद्द संरक्षण सम्बन्धि विभिन्न तहमा जन चेतनामूलक कार्यक्रम, नेपाललाई गिद्द सुरक्षित क्षेत्र स्थापना , क्यापटिवमा रहेका गिद्दलाई प्राकृतिक वातावरणमा छाड्ने, जटायू रेष्टरेण्ट ( गिद्द सुरक्षित क्षेत्र स्थापना), शोधकर्ता विद्याथीका लागि जटायू छात्रवृति प्रदान, गिद्दको जिवशास्त्र अध्ययनको लागि गिद्दमा सेट्लाइट ट्याग जडान, मरेका गिद्दको नमूना परिक्षण, घाईते गिद्दको उद्दार, उपचार तथा पुनस्थापना, वैज्ञानिक अनुसन्धान र नेपाललाई पशु डाईक्लोनेफेक मुक्त राष्ट्र बनाएको जनाकारी नेपाल पंन्छी संरक्षण संघका गिद्द कार्यक्रम प्रबन्धक अंकित विलास जोशीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?