ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

बुटवलको विकासमा ‘गेमचेन्जर’ आयोजना

१७ भाद्र २०८१, सोमबार
१७ भाद्र २०८१, सोमबार

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको १२ तले अत्याधुनिक भवनको शनिवार औपचारिकरूपमा शिलान्यास गरिएपछि बुटवलबासीका लागि एउटा खुसी थपिएको छ । प्रदेश राजधानी दाङ सर्दा बुटवलबासी जति दुःखी थिए, प्रादेशिक अस्पताल १२ सय शैयामा विस्तार हुँदैछ भन्ने सुन्दा बुटवलबासीका लागि राजधानी सर्दाको पीडामाथि मल्हम लगाउने प्रयास भएको छ । बुटवलका उद्योगी व्यवसायीले अव बुटवलको खस्केको व्यापारमा सुधार आउने अपेक्षा गरेका छन् । स्थायी राजधानी दाङ कायम भएपछि खस्केको बुटवलको व्यवसाय दिगोरूपमा चलायमान र गुल्जार बनाउन यो अस्पताल ‘गेमचेन्जर’ प्रोजेक्ट हुने उद्योगी व्यवसायीहरूको विश्वास छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको उपचार मात्रै गर्ने छैन, खस्केको बुटवलको व्यापार व्यवसायलाई बचाउन समेत योगदान गर्ने विश्वास गरिएको छ । एक सय १४ वर्ष पुरानो यो अस्पताललाई १२ सय शैयामा विस्तार गर्ने योजना अनुसार सुविधा सम्पन्न १२ तले भवनको अर्थमन्त्री बिष्णु पौडेलले शनिवार शिलान्यास गरेपछि बुटवलका लागि त खुसीको कुरा छँदैछ, समग्र लुम्बिनी प्रदेशका आम प्रदेशबासी नागरिकमा समेत खुसीको लहर सिर्जना गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा अहिलेपनि प्रदेशका १२ वटै जिल्लाका विरामीले सेवा लिदै आएका छन् । जेहोस यो अस्पतालले बुटवलको मुहार त फेर्ने नै छ, साथमा रूपन्देहीलाई अव आर्थिक हबको रूपमा समेत विकास गर्न महत्वपूर्ण कोसेढुंगा सावित हुने आम विश्वास छ । ६ अर्ब १८ करोड ७५ लाख रुपियाँको लागतमा निर्माण हुने अस्पताल नेपालकै सवैभन्दा ठूलो अस्पतालको रूपमा विकास हुनेछ ।

अव अस्पतालको पूर्वाधार विस्तारमा सरकारले ध्यान दिनु जरुरी छ । अस्पतालको भवनमात्रै बनेर हुँदैन, जबसम्म त्यहाँबाट दिने सेवा छिटो, छरितो र गुणस्तरीय हुँदैन तबसम्म यो अस्पतालप्रति आम नागरिकको विश्वास र भरोसामा बृद्धि हुँदैन । अर्को दुःखको कुरा के छ भने अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराउन विरामीले निकै सास्ती खेप्नु परेको छ । अनलाईन टिकटको व्यवस्था गरिएपनि विरामीले डाक्टर फेला पार्न करिव दुई तीन घण्टा सास्ती पाउनुपर्दछ । जेनतेन डाक्टर भेटिएपनि विरामीको बढ्दो भीडका कारण विरामीले आफ्नो समस्या भन्न नभ्याउँदै डाक्टरले प्रेस्किप्सन लेख्न हतार गर्नुपर्ने बाध्यता छ । अस्पतालको यो रोग जहिलेसम्म अन्त्य हुँदैन तबसम्म अस्पताल जति नै भौतिकरूपमा सम्पन्न भएपनि त्यसले आम विरामीमा दिने भरोसा र विश्वास कायम राख्न सक्दैन् । संघीय अस्पतालमा आपिडी सेवा दुई सिफ्टमा संचालन गर्ने व्यवस्था गरिएजस्तै यो अस्पतालमा पनि अव ओपिडी सेवा विस्तारमा सरकारको ध्यान जाओस् । दैनिक दुई हजार विरामीले उपचार सेवा लिदै आएको यो अस्पतालमा सेवा लिन सास्ती पाउने अवस्थाको अन्त्य गर्न तत्काल पहल गरियोस् । अर्को चिन्ताको कुरा के छ भने अस्पतालमा अपरेशनका लागि विरामीलाई दुई बर्षसम्मको म्याद थमाउने गरिएको छ । तत्काल अपरेशन गर्नुपर्ने विरामीलाई दुई बर्षपछि आउनु भन्दा त्यो विरामीको अवस्था के होला ? अस्पतालले प्रशासनले यो अवस्थाको तत्काल अन्त्य गर्ने पहल गरोस् । यसका लागि संघीय र प्रदेश सरकारले जनशक्ति थप गर्नेतर्फ पहल गर्नु जरुरी छ । जेहोस यो अस्पताल लुम्बिनी प्रदेशको गौरवको आयोजना हो । अव यो अस्पताल प्रदेशको ‘गेमचेञ्जर’ को रूपमा विकास हुने अपेक्षा गरिएको छ । तर, त्यसका लागि सवैले होस्टेमा हैंसे गरेमात्र यो अस्पताल आम जनताको भरोसाको रूपमा विकास हुनेछ ।

शनिवार शिलान्यास भएको अस्पताल भवन २०८५ साल पुससम्ममा तयार हुनुपर्ने छ । त्यसका लागि भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले समयमै काम सक्ने प्रतिवद्धता जनाएको छ । यो खुसीको कुरा हो । यो अस्पताल आम नागरिकको सम्पत्ति हो । तसर्थ यो आयोजना सम्पन्न गर्ने दौरानमा यसमा जनस्तरबाट पनि निगरानी गर्नुपर्ने आवश्यकता छ । अर्थमन्त्री विष्णु पौडेलले १२ सय शैयाको अस्पतालमा ठूलो संख्यामा दक्ष जनशक्ति आवश्यक पर्ने भन्दै विशेषज्ञ चिकित्सकसहित जनशक्तिको व्यवस्थापनमा अबको दिनमा ध्यान दिनुपर्ने बताएका छन । पौडेलले भनेजस्तै यो अस्पतालको जनशक्ति व्यवस्थापन अवको प्राथमिकता बन्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?