ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

गुल्मी अस्पतालमा क्लीनिक सेवा

१७ भाद्र २०८१, सोमबार
१७ भाद्र २०८१, सोमबार

गुल्मी, १७ भदौ ।
गुल्मी अस्पताल तम्घासमा नसर्ने रोगको लागि पेनप्लस क्लीनिक सेवा सञ्चालन भएको छ । जिल्लामा पहिलो पटक गुल्मी अस्पतालले बिरामीहरूको थप सहजताका लागि उक्त रोग सम्बन्धि सेवा सञ्चालनमा ल्याएको हो ।
नेपाल सरकारसँगको समन्वयमा सञ्चालित पाईलेटिङ्ग प्रोजेक्ट अन्तर्गत पेनप्लस क्लीनिक सेवा सञ्चालनमा ल्याईएको गुल्मी अस्पतालले जनाएको छ । सात प्रदेशहरू मध्ये चारवटा प्रदेश अन्तर्गतका चार जिल्लामा नसर्ने रोगको पेनप्लस प्रोजेक्ट अन्तर्गत क्लीनिक सेवा सञ्चालनमा ल्याइएको होे ।
गुल्मीको सदरमुकाम तम्घासमा यो सेवा सञ्चालन भएपछि अस्पतालमा आउने गम्भिर किसिमका तथा कडा नसर्ने रोगका बिरामीहरूका लागि सेवा उपलब्ध गराउन थप सहयोग मिलेको छ । विशेषगरि वालबालिका र किशोर किशोरीहरूका लागि लक्षीत गरेर उक्त सेवा सञ्चालनमा ल्याईएको हो ।

उक्त सेवा सञ्चालनमा आएपछि जिल्लामा रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकाका नागरिकहरूलाई नसर्ने रोगको बारेमा जानकारी गराई सकिएको छ । पेनप्लस क्लीनिक सञ्चालनमा आएसँगै यतिबेला गुल्मी अस्पतालमा पुग्ने धेरै बिरामीहरूले यो सेवा लिईरहेका छन । नसर्ने रोगको बारेमा जानकारी नहुँदा अन्योलमा परेका बिरामीहरूका लागि यो सेवाले थप सजिलो बनाएको छ । गुल्मी अस्पतालमा पुग्ने दिर्घरोगी नसर्ने रोगका बिरामीहरूलाई अहिले अस्पतालको ओपीडि कक्षबाट सेवा उपलब्ध गराउन थालेको कार्यक्रम अधिकृत रेनुका थामीले जानकारी दिएकी छन ।

गुल्मी अस्पतालमा स्थापना भएको पेनप्लस क्लीनिकबाट दिर्घरोगी तथा कडा नसर्ने रोगका बिरामीहरूलाई सेवा प्रवाहका साथै उनीहरूलाई थप हेरचाह र उपचार प्रदान गरिन्छ । उक्त पेनप्लस क्लीनिकमा मेडिकल अधिकृत सहित हेल्थ असिस्टेन र स्टाफ नर्सबाट निशुल्क रूपमा सेवा प्रवाह भैरहेको छ ।
क्लीनिकबाट अति गरीब र विपन्न नागरिकहरूका लागि निशुल्क रूपमा स्वास्थ्य विमा गरिदिने व्यबस्था छ । स्वास्थ्य विमा रकम बाहेक अन्य ठुला रोग लागेको अबस्थामा कुनै बिरामीको शल्यक्रिया गर्नु पर्ने भएमा उनीहरूलार्ई निशुल्क रूपमा सबै खर्च व्यहोरेर उपचार गर्ने व्यबस्था रहेको कार्यक्रम अधिकृत थामीले बताईन ।

संस्थाले स्थानीय पालिकाहरूसँग समन्वय गरेर जिल्लाभर यस प्रकारको सेवा विस्तार गर्ने योजना बनाएको छ । संस्थाबाट पालिकामा पहिलो चरण अन्र्तगत सामुदायीक स्तरमा कार्यरत स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेवीकाहरूलाइ पेनप्लस सम्बन्धि आधाभूत तालिम उपलब्ध गराउन थालेको छ ।
नसर्ने रोगहरू जस्तै क्यान्सर, मुटु सम्बन्धि रोग, मधुमेह, उच्च रक्तचाप, अटिजम, छारे,बाथ, दम तथा किड्नी लगायतका रोगहरूको बारेमा जिल्लामा सचेतना मुलक कार्यक्रम सञ्चालन गरिने बताईएको छ । जिल्लाका अधिकांस स्वास्थ्य संस्थाहरूमा पुग्ने बिरामीहरूलाई यी रोगहरूको बारेमा खासै जानकारी नहुँदा अन्योलमा परेकोे अबस्थामा यो सेवाले बिरामीहरूलाई थप सहयोग पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?