ट्रेंडिंग:

>>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना

एमाले सैनामैनाका शाखा अधिवेशनहरु सुरु

१७ भाद्र २०८१, सोमबार
१७ भाद्र २०८१, सोमबार

सैनामैना ।

नेकपा एमाले सैनामैनाले शाखा कमिटीका अधिवेशन सुरु गरेको छ । एमाले सैनामैना नगर कमिटीको हालै बसेको बैठकले भदौ १६ गतेदेखि शाखाका अधिवेशन सुरु गर्ने निर्णय गरेको थियो । पार्टीको सोही निर्णय बमोजिम आइतबार सैनामैनाका तीनवटा शाखा कमिटीका अधिवेशन एकसाथ सम्पन्न भएका छन् ।

शाखा कमिटी ४, शाखा कमिटी २ र शाखा कमिटी १ मा दोस्रो अधिवेशन आइतबार एक साथ सम्पन्न भएको पार्टीका नगर कमिटी अध्यक्ष चेतनारायण न्यौपानेले जानकारी दिए । तीन वटै वडामा नयाँ नेतृत्व चयन गर्नेगरी आइतबार दिउसो एकसाथ उद्घाटन शत्र सुरु गरिएको थियो । शाखा कमिटी ४ मा पार्टीका प्रदेश कमिटी सदस्य तथा सैनामैना नगरका इन्चार्ज नरबहादुर थापाले अधिवेशनको उद्घाटन गरेका थिए ।

यस्तै शाखा कमिटी १ मा पार्टीका प्रदेश कमिटी सदस्य तथा सैनामैनाका सहइन्चार्ज खुशीराम चौधरीले अधिवेशन उद्घाटन गरे भने र शाखा कमिटी २ मा नेकपा एमाले रुपन्देहीका जिल्ला कमिटी सचिव चित्रबहादुर कार्कीले अधिवेशनको उद्घाटन गरेका थिए । तीन वटै वडामा पार्टीको दोस्रो अधिवेशनको एक साथ उद्घाटन गरिएको थियो । शाखा कमिटी वडा नं. ४ को दोस्रो अधिवेशनको एक समारोहबीच उद्घाटन गर्दै प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज थापाले टोल, शाखा, पालिकाका अधिवेशनहरु मार्फत पार्टी कमिटीलाई चलायमान बनाइने बताए ।

उनले पार्टीका हरेक तप्काका नेता कार्यकर्ताहरुलाई अब उत्पादनमूलक काममा केन्द्रित गर्ने र जनताको जनजीविकाका सबालमा दुखसुखमा साथ दिंदैं समृद्ध समाज निर्माणको महाअभियानमा सरिक बनाउनुपर्ने बताए । शाखा कमिटी १ को दोस्रो अधिवेशनको उद्घाटन गर्दै पार्टीका प्रदेश कमिटी सदस्य तथा नगरका सहइन्चार्ज चौधरीले पार्टीका नेता कार्यकर्तालाई समाज रुपान्तरणको अगुवाका रुपमा अनुशासित भएर केन्द्रित हुन निर्देशन दिए । टोल विकास हुँदै वडा र नगरका हरेक तप्कामा पार्टीका कार्यकर्ताहरुको प्रभावकारी उपस्थिति हुनुपर्ने, मर्यादित र अनुशासित भएर प्रस्तुत हुन जरुरी रहेको नेता चौधरीको भनाइ थियो ।

एमाले सैनामैनाको २ नं वडाको शाखाको दोस्रो अधिवेशनको उद्घाटन एमाले जिल्ला कमिटी रुपन्देहीका सचिव चित्रबहादुर कार्कीले शाखा कमिटीका अधिवेशन सम्पन्न भएसंगै पालिकाका अधिवेशनको समेत तयारी गर्न निर्देशन दिए । सैनामैनाका पूर्व नगरप्रमुख समेत रहेका नेता कार्कीले पार्टीको नेतृत्व र अगुवाईमा भएगरेका विभिन्न तहका विकास निर्माणका काममा अपनत्व लिंदै त्यसको प्रचार प्रसार गर्न, विकासे कामको जनस्तरबाट निगरानी गर्न र अत्यावश्यक योजनाहरुको छनौटमा समेत केन्द्रित भएर जुट्न पार्टीका कार्यकर्ताहरुलाई आग्रह गरे ।

पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य तथा पूर्वइन्चार्ज मिनप्रसाद पौडेलले पार्टीका शाखा अधिवेशनमार्फत कमिटीलाई थप चलायमान बनाउनुपर्नेमा जोड दिए । उनले हरेक ठाउँका विद्यमान समस्याहरुको समाधानका लागि उपायहरुको समेत खोजी गर्दै सहायक दस्ताका रुपमा जनशक्ति निर्माण गर्नेगरी पार्टीको अभियान केन्द्रित रहेको बताए । नेकपा एमाले सैनामैना नगर कमिटीका अध्यक्ष चेतनारायण न्यौपानेले सैनामैनामा रहेका ११ वटै शाखामा तीन दिने अभियानकै रुपमा अधिवेशनहरु अगाडि बढाइएको बताए ।

पार्टीका माथिल्ला कमिटीहरुबाट सबै तहका नेता कार्यकर्ताहरुलाई थप जागरुक, सक्रिय बनाउने गरी निर्देशन आएबमोजिम पार्टी कमिटीलाई परिचालन गरिएको जानकारी दिए । शाखा अध्यक्षहरु ४ का पिताम्बर न्यौपाने, १ का सूर्यविक्रम राना र २ का थानेश्व गिरीको अध्यक्षतामा शाखा कमिटीका दोस्रो अधिवेशन सम्पन्न भएका छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेगरी कार्यतालिका बनाएर परिचालन गरिएको पार्टीका नगर इन्चार्ज तथा प्रदेश कमिटी सदस्य नरबहादुर थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?