ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

घरमै पुगेर सामाजिक सुरक्षाभत्ता नवीकरण

१६ भाद्र २०८१, आइतबार
१६ भाद्र २०८१, आइतबार

कपिलवस्तु, १६ भदौ ।
कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाले सम्बन्धित वडामा सामाजिक सुरक्षा भत्ताको नविकरण गर्न जान नसक्ने अशक्त जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नविकरण सेवा दिएको छ । कपिलवस्तु जिल्ला सहित २८ वटा जिल्लामा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई पहिलो चरणको कार्यक्रम अन्तर्गत बायोमेट्रिक भेरिफिकेशन माध्यमबाट नविकरण गर्न कार्य यस आवबाट शुरु भएको छ । अन्य लाभग्राहीले सम्बन्धित वडामै पुगेर बायोमेट्रिक भेरिफिकेशन गराई सामाजिक सुरक्षा भत्ताको नविकरण गराउदै आएका छन ।
८ वटा वडा रहेको जिल्लाको यशोधरा गाउँपालिकामा रहेका अशक्त जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर सेवा दिन गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका प्रमुख पञ्च गुलाम नाउँ आफै खटिने गरेका छन । अशक्त जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिको घरमा पुगेर उनले एउटा औंलाको छाप बायोमेट्रिक गरि सामाजिक सुरक्षा प्रणालीमा अपडेट गर्दै आएका छन । चालु आवको साउन देखी भाद्र मसान्त सम्म नविकरणको अबधी तोकिएको छ । सोहि अबधीको हाल सम्म २८ जना अशक्त जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका लाभग्राहीलाई घरमै पुगेर सुबिधा दिईएको छ ।

सो क्रममा लाभग्राहीको फारम भर्ने, बायोमेट्रिक गर्ने, कागजात व्यवस्थित गर्ने र सामाजिक सुरक्षा भत्ता नविकरणको निस्सा तत्कालै उपलब्ध गराउने कार्य पालिकाबाट खटिएका शाखा प्रमुख नामले गर्ने गरेका छन । आफु अशक्त अवस्थामा रहेका कारण वडा सम्म पुग्न समस्या भएका बेला घरमै आएर नवीकरणको सेवा दिईएकोमा खुसी लागेको वडा नम्बर ४ का लाभग्राही राधेश्याम तिवारीले बताए । उनी जस्तै वडा नम्बर १ का अशक्त जेष्ठ नागरिक रामबालक कुर्मीले पालिकाले आफुहरूलाई लक्षित गरि दिएको सेवा उदाहरणिय रहेको बताए । उनीहरू जस्तै वडामा पुगेर सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नविकरण गराउन समस्यामा परेका लाभग्राहीहरूले सो सेवाले आफुहरूलाई सहजता भएको बताए । अशक्त जेष्ठ नागरिक र पुर्ण अपाङ्गता भएका व्यक्तिले सामाजिक सुरक्षा भत्ताको नविकरण गराउन नपाएको बिषयमा कुनै पनि माध्यमबाट सुचना प्राप्त गरे लगत्तै आफु सेवा प्रवाहका लागि लाभग्राहीको घरमा पुग्ने गरेको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका प्रमुख पञ्च गुलाम नाउँले बताए । सामाजिक सुरक्षा भत्ताका लाभग्राही सुबिधा बाट बंचित हुन नपरोस र घरमै सुबिधा पुर्याउन सकयोस भनेर सो सुबिधा दिईएको उनले जानकारी दिए । सो गाउँपालिका सबै लाभग्राहीले बैङ्किङ्ग प्रणालीबाट सामाजिक सुरक्षा भत्ता बुझदै आएका छन । शाखाले व्यवस्थित रूपमा सुबिधा दिदै आएकाले हाल सम्म सामाजिक सुरक्षा भत्ता तर्फ कुनै रकम बेरुजु नआएको उनले दाबी गरे ।

यशोधरा गाउँपालिका भरीमा गत आर्थिक बर्ष सम्ममा सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको संख्या ८ हजार ४ सय ७० जना छ । जसमा ६८ बर्ष माथीका जेष्ठ नागरिक लाभग्राही २ हजार ३ सय ९४, ६० बर्ष माथीका दलित जेष्ठ नागरिक लाभग्राही २ सय ९५ जना, जेष्ठ नागरिक एकल महिला १ सय ६१ जना छन । त्यसै गरि बिधवा आर्थिक सहयोग प्राप्त गर्ने लाभग्राही ३ सय ३७ जना, क बर्गका पुर्ण अशक्त अपाङ्गता भएका व्यक्ति ६५ जना, ख बर्गका आशिंक अपाङ्गता भएका व्यक्ति १ सय ६९ जना, क्षेत्र तोकिएका बाल पोषण भत्ता पाउने ५ बर्ष मुनीका बालबालिका ४ हजार १ सय ५४ जना, बालपोषण भत्ता पाउने दलित बालबालिका ८ सय ५४ जना र लोपोन्मुख जातीको रूपमा रहेका पथ्थरकट्टा जातिका ३७ जनाले मासिक रूपमा पालिकाबाट सामाजिक सुरक्षा भत्ता पाउदै आएका छन ।

शारिरीक अशक्तताका कारण वडा कार्यालय सम्म पनि जान नसक्ने लाभग्राहीलाई लक्षित गरि घरमै पुगेर सामाजिक सुरक्षा भत्ताको नविकरण सेवा दिईएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषवदेव खनालले बताए । न्युन जनशक्तिका बाबजुद पनि पालिकाका नागरिकको समस्या लाई लक्षित गरि सामाजिक सुरक्षा शाखा प्रमुख आफैले घरघरमै पुगेर अशक्त जेष्ठ नागरिक र पुर्ण अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ताको नविकरण गर्ने कार्य प्रशंसनिय रहेको गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?