Butwal Today

वृक्षारोपणमा अनियमितता

१६ भाद्र २०८१, आइतबार
अ+
अ-

पाल्पा, १६ भदौ ।

डिभिजन वन कार्यालयको वन वातावरण कार्यक्रम अन्तर्गत विरुवा उत्पादन कार्यक्रममा दोभान सव डिभिजन कार्यालयका प्रमुखले अनियमिता गरेको पाइएको छ ।

कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत विरुवा उत्पादन कार्यक्रममा दोभान सब डिभिजन कार्यालयका प्रमुखले अनियमितता गरेको पाइएको हो । कार्यालयबाट गत आर्थिक वर्षको असार २१ गते विरुवा उत्पादन गरेको प्रमाण पेस गरेका सहायक वन अधिकृत राम ध्यान कुमार शाहले तिनाउ गाउँपालिकाले उत्पादन गरेको विरुवा वितरण गरेकोले महालेखा परीक्षकको कार्यालयले दोहोरो भुक्तानी लिएको भन्दै अनियमितता भएको औल्याएको छ ।

लेखा परिक्षणको प्रतिवेदनमा सहायक वन अधिकृत शाहले कार्यालयबाट विरुवा उत्पादन गरेको भन्दै डिभिजन वन कार्यालयबाट ३ लाख ५० हजार रुपैयाँ गत वर्षको असार २१ गते फर्जी विल भर्पाइ पेश गरेको आधारमा भुक्तानी लिएकोले दोहोरो भुक्तानी लिएको उल्लेख भएको डिभिजन वन कार्यालयका कर्मचारीहरु बताउँछन् । महालेखाको लेखा परीक्षणबाट गल्ती औल्याएपछि सहायक वन अधिकृत शाहले कार्यालयबाट लिएको रकम फिर्ता गर्नु पर्छ ।

सव डिभिजन वन कार्यालय दोभानमा कार्यरत शाहको केही दिन अगाडि अन्य जिल्लामा सरुवा भएका कारणा उनीसंग सम्पर्क हुन सकेन । सामुदायिक तथा निजी वनमा वृक्षारोपण गर्नका लागि सरकारले वार्षिक कार्यक्रम बनाएको छ । तर नर्सरी नै निर्माण गरेको भन्नु गलत हो । वृक्षारोपण कार्यक्रम हरियाली प्रवद्र्धन कार्यका लागि स्थानीय सरकारले समेत काम गरेको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?