Butwal Today

चट्याङ लागेर रामग्राममा एक जनाको मृत्यु

१६ भाद्र २०८१, आइतबार
अ+
अ-

सुनवल १६ भदौ ।

पश्चिम नवलपरासीमाको रामग्राममा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुने रामग्राम नगरपालिकाका १४ पर्सावल निवासी ३५ वर्षीय ठाकुरनाथ काभार्को हुन् । बिहान पानी परेको बेला खेतमा काम गर्न गएका काभार्कोको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका उनलाई उपचारका लागि देवदह मेडिकल कलेज रुपन्देहिमा लगिएकोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहरालेले जानकारी दिए ।