Butwal Today

अखिल(क्रान्तिकारी) को रुपन्देही जिल्ला सम्मेलन तयारी तीब्र

१६ भाद्र २०८१, आइतबार
अ+
अ-

बुटवल, १६ भदौ ।

अखिल (क्रान्तिकारी ) रुपन्देहीको जिल्ला सम्मेलनको तयारी तीब्र पारिएको छ । यही भदौ १८ गते भैरहवामा च्याम्बर्स अफ कमर्स रुपन्देहीको हलमा सम्मेलन आयोजना गर्न लागिएको सम्मेलन प्रचार–प्रसार विभागका संयोजक प्रशान्त बन्जाडेले जानकारी दिए ।

अखिल(क्रान्तिकारी) रुपन्देहीले अहिलेको जिल्ला सम्मेलनमा “राष्ट्रिय स्वाधिनता र समान शिक्षाको लागि हाम्रो आन्दोलन ! समाजबाद र समाजबादी शिक्षाको लागि २३ औँ जिल्ला सम्मेलन !!“ भन्ने नारा अगाडि सारेको छ।

सम्मेलनमा जिल्लाभरका क्याम्पस एकाइ कमिटी, पालिका कमिटी, माध्यमिक विद्यालय कमिटी सहभागी हुनेछन् । जसमा १८५ जना प्रतिनिधि र २५ जना पर्यवेक्षक सहभागी हुने छन ।