ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

कुसुम टोलको प्रथम तिज महोत्सव : त्रिभुवन अक्सफोर्ड टोललाई उपाधि

१५ भाद्र २०८१, शनिबार
१५ भाद्र २०८१, शनिबार

बुटवल, १५ भदौ ।

बुटवल उपमहानगरपालिका ८ सुख्खानगरमा आयोजना भएको प्रथम तिज महोत्सव २०८१ को उपाधि त्रिभुवन अक्सफोर्ड टोल विकास संस्थाले जितेको छ । शनिबार भएको प्रतियोगितामा ११ टिमलाई पछि पार्दै त्रिभुवन अक्सफोर्ड टोलले उपाधि जितेको हो ।

उपाधिसंगै संस्थाले नगद १५ हजार रुपैयाँ समेत हात पारेको छ । कुसुम टोल विकास संस्थाले आयोजना गरेको प्रथम तिज महोत्सव २०८१ साथै दर खाने कार्यक्रममा सृजना संस्कृतिक आमा समूह दोस्रो हँुदै नगद १० हजार तथा भानुटोल पारिजात टोल विकास संस्था तेस्रो हुँदै नगद ५ हजार रुपैयाँ सहित पुरस्कृत भयो ।

एक समारोहका बिच वडा नं ८ का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनीले सहभागी धर्मकल्याण टोल संस्थाका सदस्यलाई मादल हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । तिजको मौलिकता जोगाउने र विकासमा टोल संस्थाको भूमिकाका बिषयमा सहभागी टोल संस्थाका कलाकारहरुको प्रस्तुती धेरै राम्रो रहेको उनले बताए ।

कार्यक्रममा कुसुम टोल विकास संस्थाका अध्यक्ष नारायण खनाल (लेकाली) ले तिजको अवसरमा रचनात्मक प्रतियोगिता तथा दर खाने कार्यक्रम गरेको बताए । विभिन्न दाताहरुबाट सहयोगका साथै एक घर एघार सयको अभियान चलाएर कार्यक्रम गरिएको बताए । तिजको संस्कृतिलाई टोल विकास संस्थासंग जोडेर नयाँ रुपमा कार्यक्रम गर्न सफल भएको उनले बताए । सभ्य समाज निर्माणमा टोल संस्थाबाट चलाउने सचेतना कार्यक्रम, हिसा रोक्न चालेका अभियानका बारेमा गितबाट बताएका थिए । यसैगरी युवालाई देशमै स्वरोजगारमुलक तालिम दिने, उद्योग कलकारखाना खोल्नेतर्फ जोड दिए ।

राष्ट्रिय कलाकारहरु नबिन पौडेल, मन्जु भट्टराई, सबिना भुसालको प्रस्तुती रहेको कार्यक्रममा ४ लाख ५० हजार रुपैया खर्च भएको संस्थाका कोषाध्यक्ष खगेन्द्र प्रसाद बेल्बासेले बताए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष हरि प्रसाद ज्ञवाली, सचिव विष्णु कंडेल, कार्यक्रम संयोजक कमला जोशीले पहिलोपटक गरिएको प्रतियोगितामा लागि धेरैको सहयोग मिलेको भन्दै टोल विकास संस्थाको आफ्नो भूमिका र सरकारबाट हुनुपर्ने पहलका बारेमा गितबाट धेरै बाहिर आएको बताए । प्रतियोगितामा १२ टिमका १५ जनाको दरले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?