ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित हुनु जनताका लागि सुखद : रेखा शर्मा

१५ भाद्र २०८१, शनिबार
१५ भाद्र २०८१, शनिबार

घाेराही, १५ भदौ ।

नेपाल सरकारका पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित हुनु जनता र देशका लागि सुखद परिणाम रहेकाे बताएकि छन् ।

प्रेस सेन्टर दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य शर्माले लामो समयपछि राजनीतिक दलहरुका बिच भएको सहमतिबाट बिधेयक पास भएसँगै १२ बुँदे सहमतिकाे कार्यभार पूरा हुन लागेको बताइन। पूर्वमन्त्री शर्माले नयाँ सरकारले लामाे समयसम्म समाधान हुन नसकेकाे टिआरसी विधेयक पारित गर्ने काम गरेसँगै संक्रमणकालिन न्यायकाे बाँकी काम टुंगो लाग्ने र देश समृद्धिको अभियानमा अघि बढ्ने विश्वास व्यक्त गरिन ।

प्रतिनिधि सभा सदस्य समेत रहेकी शर्माले आफ्नो पार्टी नेतृत्वको सरकारले सुशासन र समृद्धिका लागि महत्वपूर्ण काम गरेको भन्दै यसलाई जनताले मुल्याङ्कन गरेको बताइन् । देशलाई लोडसेडिङ मुक्त बनाउनेदेखि भ्रष्टाचार, अनियमिताका ठुला फाइल खोलेर सुशासनको नयाँ अभियान सुरु गरेको बताइन । माओवादीले अहिलेसम्म धेरै सम्हालेका उर्जा र सञ्जार मन्त्रालयले अहिले देशलाई परिवर्तनको अनुभूति दिलाइरहेको भन्दै उनले भुटानी शरणार्थी, लालिता निवास, सुन काण्डलगायत अनियमितताका थुप्रै ठुला फाइल खोल्दै दोषीलाई पक्राउ गरेर जनतालाई सुशासनको प्रत्याभुती दिलाउने कामको सुरुवात गरेकाे दावी गरिन ।

यसैगरी नेतृ शर्माले दाङको विकासका लागि घोराही–तुलसीपुर चारलेन सडक, तुलसीपुरमा रहेको एयरपोर्ट विस्तार, अन्तर जिल्ला जोड्ने घोराही–मुर्कुटी–प्युठान सडक, घोराही–होलेरी सडक र राप्ती राजमार्गसँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिए कक्षा सञ्चालनका लागि बजेट बिनियोजनसँगै आवश्यक तयारीको काम अघि बढाएको बताइन् । जिल्लाको विकासका लागि महत्वपूर्ण मानिएका यी काम हुन सके भने जिल्लाको विकासले फड्को मार्ने भन्दै उहाँले त्यसका लागि दलहरुका बिचमा एकता आवश्यक रहेको बताइन । जनताबाट निर्वाचित हुँदा आफुले सके जति राम्रो गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै मन्त्री शर्माले सरकारमा रहदा वा बाहिर रहदा जिल्लाको विकासका लागि पहल गरिरहने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?