ट्रेंडिंग:

>> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम

लुम्बिनी प्रादेशिक अस्पतालका विभागीय प्रमुखहरुसँग अर्थमन्त्री पौडेलले गरे छलफल

१५ भाद्र २०८१, शनिबार
१५ भाद्र २०८१, शनिबार

बुटवल ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार तथा विस्तारका बारेमा अस्पताल बिकास समिति, अस्पताल प्रशासन तथा विभागीय प्रमुखहरुसँग शनिबार छलफल गरेका छन् ।

छलफलमा प्राप्त प्रतिक्रियाहरुपछि बोल्दै अर्थमन्त्री पौडेलले सेवा भावकासाथ आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्न अस्पताल परिवारलाई आग्रह गरे । अस्पतालमा निर्माणाधिन अत्याधुनिक १२ तले भवन सम्पन्न भएपछि यहाँको स्वास्थ्य सेवामा ठूलो फड्दो मार्न सकिने बताउँदै उनले सरकारकोतर्फबाट बजेटमा कुनै कमी हुन नदिने प्रतिवद्धता समेत गरे ।

अस्पतालको भवन संरचना बनाउनु मात्रै ठूलो कुरा नभई दक्ष र प्रयाप्त जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरणहरुको व्यवस्थापन पनि महत्वपूण रहेको उल्लेख गरे । बुटवललाई आर्थिक राजधानी बनाउने विषयसँग अस्पताल जोडिएको बताउँदै उनले सोही अनुसार सबैजना एक भएर लाग्नु पर्नेमा जोड दिए । छलफलमा सहभागी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अस्पतालमा गुनासोरहित सेवा जनताको अपेक्षा रहेको बताउँदै त्यसतर्फ ध्यान दिन अस्पताल प्रशासनलाई आग्रह गरे ।

शल्यक्रिया सेवा तथा अन्य सेवाका लागि महिनौं कुर्नुुपर्ने विषयमा बजारमा आएका टिप्पणीहरु बारे उल्लेख गर्दै उनले सुधारका लागि प्रदेश सकारले आवश्यक सहयोग गर्न तयार रहेको र अस्पताल परिवारले पनि जिम्मेवारीपूर्ण काम गर्न निर्देशन गरे । कार्यक्रममा बोल्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले प्रदेश सरकारको आयोजनामा निर्माणाधिन भवनमा अस्पत परिवारलाई अपनत्व दिलाउन नसकेको गुनासो गरे । आयोजना जसले सञ्चालन गरेको भए पनि जनताले त्यसमा हुने कमजोरी तथा ढिला सुस्तिका विषयमा सबैभन्दा पहिलो बिकास समिति, अस्पताल प्रशानलाई नै प्रश्न उठाउने गरेको उल्लेख गर्दै यसको कार्यान्वयनका लागि समन्वय गर्न प्रदेश पूर्वाधार प्राधिकरणसँग आग्रह गरे । यसैगरी अस्पतालको सेवाका विषयमा बजारमा आएका आलोचना बारे बोल्दै अध्यक्ष श्रेष्ठले सीमित जनशक्ति र सीमित श्रोतसाधानले ठूलो जनसङ्ख्यालाई सेवा प्रदान गर्नु परेको गुनासो गरे ।

अस्पतालको क्षमताले ठेग्नै नसक्ने गरी सेवाग्राहीको भिड लाग्दा महिनौसम्म लाइन लाग्नु पर्ने स्थितीको सिर्जना भएको उल्लेख गरे । उक्त समस्यालाई समाधान गर्नका लागि प्रदेश सरकारले प्रयाप्त लगानी र जनशक्ति व्यवस्थापन गर्नुपर्ने माग गरे । यसैगरी अस्पतालमा नेतृत्वका विषयमा हुने राजनीतिक द्वन्दको बेफाइदा सेवाग्राहीले भोग्नु परेको भन्दै यसको दिर्घकालिन समाधानको माग गरे ।

विभिन्न कानूनी उल्झनले अस्पताल बिकास समिति तथा अस्पताल प्रशासनले आफ्नो क्षमता अनुसारको काम गर्न नपाइरहेको समयमा सरकारले राजनीतिक तवरबाट समाधान खोज्न आग्रह गरे । बिकास समिति र अस्पताल प्रशासनलाई सेवा सुधारका लागि पूर्ण अधिकारमा रहेर काम गर्ने अवसर सरकारले सिर्जना गर्नुपर्ने उनको जोड थियो । अस्पतालमा हाल उपलब्ध जनशक्ति, उपकरण तथा दैनिक आउने सेवा ग्राहीको चाप बारे जानकारी गराउँदै विभागीय प्रमुखहरुको तर्फबाट डा. वर्षा थापाले प्रस्तुती दिएकी थिइन् ।

हाल उपलब्ध जनशक्तिले ठेग्न सक्नेभन्दा पनि ३ गुणा बढी सेवाग्राहीलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु परेको भन्दै उनले जनताबाट आउने गुनासो र सुधार गर्नुपर्ने भन्दै सरकारका प्रतिनिधिहरुले दिने दबाब आफूले झेल्नु परेको गुनासो गरिन् । सीमित श्रोत साधन र जनशक्तिबाट पनि सकेसम्म कम भन्दा कम गुनासो आउनेगरी आफूहरुले काम गरिरहेको बताउँदे डा. थापाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि सरकारले प्रोत्साहनका कार्यक्रम ल्याउन आग्रह गरिन् ।

अन्तरक्रियमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, स्वास्थ्य मन्त्री खेबबहादुर सारु, स्वास्थ्य निर्देशनालयका प्रमखु डा. विनोद गिरी, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरी टेन्डेन (मेसु) डा. इन्द्र ढकालसहित विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो । अस्पतालका मेसु ढकालले अस्पतालको सेवा सुधार तथा विस्तारका लागि तत्कालिन र दिर्घकालिन योजना बनाएर अघि बढिएको जानकारी दिए । यसैगरी अस्पतालमा शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने समस्यालाई कम गर्न छिट्टै उपकरण तथा कार्यकक्ष थपको योजना समेत रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?