ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

प्राचिन नन्दन नगर क्षेत्रको पहिचानमा निरन्तरता

१५ भाद्र २०८१, शनिबार
१५ भाद्र २०८१, शनिबार

नवलपरासी, १४ भदौ । प्राचिन नन्दन नगर र नन्दन तालको पहिचान गराउन वडा अध्यक्ष योजनाबद्द रूपमा लागि परेका छन् । सो स्थानको विकास, प्रवद्र्धन र पहिचान गराउनका लागि ताल ब्यवस्थित गर्ने र नन्दनगरमा रहेका प्राचिन इनार लगायतको क्षेत्रमा पुरातात्विक उत्खनन गराई खुल्ला गर्ने तयारी छ । वडाध्यक्ष कृष्ण चन्द्र यादवले त्यहाँ पुग्ने नयाँ ब्यतिmलाई प्राचिन स्मारक स्थल देखाउछन् र योजना सुनाउँछन् ।

विभिन्न क्षेत्रबाट उक्त स्थानको विकासका लागि आर्थिक स्रोत आउँदा विगतमा सदुपयोग गर्न नसकिएको प्रति दुःख ब्यत गर्दै उनले अब यस प्राचिन पहिचान भएका स्थानको विकास प्रवद्र्धन र प्रचार प्रसारमा कुनै कसुर बाँकी नराख्ने गरि प्रतिवद्ध भई काम गरिहेको स्थानीयबासीले पनि बताएका छन् । सो क्षेत्रको विकासका लागि उनले नगर र ताल ब्यवस्थितका लागि छुट्टाछुट्टै ब्यवस्थापन समिति समेत बनाई सकेका छन् । तिनै समितिले अब गाउँपालिकाले नै बनाई दिएको संघसस्था दर्ता ऐन बमोजिम दर्ता गरि सक्रिय बनाईने पनि बताएका थिए ।

गत बर्ष पहिचानमा आएको नन्दन नगर र विगत बर्षदेखि नै पहिचानमा रहेको नन्दनताललाई पर्यटकिय गन्तब्य बनाउने तयारी भई रहेको पाल्हीनन्दन गाउँपालिकाले जानकारी गराएको छ । पटक पटक प्राचिन स्मारक स्थलको पुरातत्वका जानकारलाई भ्रमण गराउने कार्य गरिदै आएको र अब गाउँपालिकाले नै अग्रसरता लिने जानकारी वडा नं.६ का वडाध्यक्ष समेत रहेका गाँउपालिकाका प्रवतmा कृष्ण चन्द्र यादवले जानकारी गराए । पुरातत्वका जानकार स्थानीय नारद यादव र नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारलाई प्राचीन इनार रहेको क्षेत्रको अवलोकन गराउने उनले सो कुरा जानकारी गराएका थिए ।

वडास्तरबाट प्राचिन नन्दननगरको स्मारक स्थल जाने स्थानमा गत असार महिनामा सडक समेत बनाइयो,उनले भने,नेपाल वण्डक पश्चिमी नहर सिचाई प्रणालीको मुल नहर देखी स्मारक स्थल पुग्ने सडक बनाउन स्थानियबासी आफै खेतमा जग्गा छुट्टइदिएर सडक बनाएका हौ । नहर नजिकै सो प्राचिन स्थलको पहिचान हुने गरि बुद्धजयन्तीको दिन मुर्तिको स्थापना समेत गराएका थिए । सो स्थानमा सौन्दर्यीकरण समेत गराईएको उनले देखाए । स्मारक स्थलको पहिचान भएकोले यस क्षेत्रमा भुभौतिक सर्वेसँगै उत्खनन आवश्यक रहेको अवलोकन गर्न पुगेका पुरातत्व जानकार यादवले बताए ।
बर्षायाम सके पछि त्यसको खोज कार्य गरिनु पर्छ । त्यसका लागि पुरातत्व विभाग र लुम्बिनी बिकास कोषमा रहेको पुरातत्व कार्यालयसँग पनि सम्पर्क गरेर पुरातात्विक प्राविधिक सहयोग लिन सकिन्छ । प्राचिन संस्कृतिको पुर्नत्थान गर्ने उदेश्यले बेला बेलामा दिप प्रज्वलन गर्ने,अन्तरक्रिया र परिचयात्मक कार्य गर्ने गराउने भईरहेको उनले जनाए । गत आर्थिक बर्षमै लुम्बिनी पर्यटक मन्त्रालयले बौद्ध पर्यटक पथप्रदर्शकहरूलाई समेत सो स्थानको जानकारी गराउने परि भ्रमाण गराएको थियो । त्यसैगरि प्रेस चौतारी नवलपरासीले समेत आफ्ना पर्यटन जात्रा मनाउने क्रममा पत्रकारहरूको टोलीलाई उत स्थानमा पुर्याएको थियो ।

पुरातत्व जानकार यादवले सो स्थान पुरातात्विक र ऐतिहासिक बस्तुहरू फेला परेको ति बस्तुहरू प्राचिन कोलिय गणराज्यको राजधानीमा फेला पर्ने बस्तुसँग मिल्दो जुल्दो भएको भन्दै संकलन गरेर पुरातत्व विभागमा समेत पठाएका थिए । अहिले सो स्थान बौद्धकालिन एक प्राचिन सिटी हुन सक्ने अनुमान बौद्ध अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बताएका थिए । डा.श्रीवास्तवका अनुसार बौद्ध साहित्यहरूमा कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) नजिकै एक मंगल पोखरी भएको कुरा उल्लेख पाईन्छ ।

जहाँ कोलिय राजपरिवारका सदस्यहरू आनन्द लिन जाने गर्थे । ति पोखरी सुरक्षित,रमणिय,शान्त र मनोरम दृष्य थियो । सोही पोखरी(ताल) मा एक पटक सिद्धार्थ गौतम आनन्दन गर्न गएको बेला उनलाई कपिलबस्तुबाट उनको छोरा राहुल जन्मेको खबर सोही तालमा पुगेको थियो । उनीबाट कपिलबस्तु फर्केका थिए । आन्दन गर्ने पोखरी (ताल) मा मंगल सन्देश प्राप्त भएको हुदा मंगल पोखरी (ताल) पनि भन्न थालिएको हो । पछि सोही मंगल पोखरी अर्थात ताल नन्दन ताल भनिए होला । सुरक्षार्थ बस्ने सुरक्षाकर्मीहरूको स्थान पछि नगरको स्वरूप प्राप्त गरेको हो । अहिले ताल नजिकै रहेको पुरातात्विक स्थल प्राचिन नन्दन सिटी (नगर) हो ।

नगर नजिकै पडरी गाँउ छ । जुन गाँउ क्षेत्रमा आनन्द गर्न आउने कोलिय राजपरिवार,सैनिक,अन्य नागरिकहरू रात्री बस्ने क्याम्प खडा गर्ने प्रचलन हुने गरेको थियो । जसलाई स्थानिय भाषामा पडाव पनि भन्ने गरिन्छ । सोही पडाव राख्ने स्थान नै पडरी गाउ भएको समेत अनुमान गर्न थालिएको छ । अहिलेको सोही इतिहासलाई झल्काउने गरि कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) बाट आनन्द गर्न जसरी राजपरिवारका सदस्य,सैनिक र नागरिकहरू आउने गर्थे । यसले प्राचिन संस्कृतिलाई पुनः पुर्नत्थान हुन्छ, वडा अध्यक्ष यादवले भने,सो साँस्कृतिक उत्थानले पर्यटन क्षेत्रको रूपमा पहिचान गराउने र यो प्राचिन नन्दन नगरलाई देश विदेशसम्म प्रचार प्रसार गर्नमा मद्दत पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?