ट्रेंडिंग:

>> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग

प्राधिकरणको सक्रियता बढ्दा बीमाको ठगीका घटना बाहिरिदै

१४ भाद्र २०८१, शुक्रबार
१४ भाद्र २०८१, शुक्रबार

बुटवल, १४ भदौ– नेपाल बिमा प्राविकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले नागरिकको बिमा सुरक्षाको लागि प्राधिकरण स्थापना भएको दाबी गरेका छन । ‘संसार भरि नै बिमामा सबैभन्दा बढि ठगी हुने गरेको छ ।’— उनले भने । बिमा उद्योग भएको तर्क दिदै उनले सरकारी वा नीजि लगानीमा खोलिएका बिमा कम्पनीहरू नाफा लिनकै लागि स्थापना भएको बताए । शुक्रबा बुटवलमा पत्रकारसंग अन्तरक्रिया गर्दै उनले सम्भावित जोखिम कम गर्न पोलिसि खरिद गरिने कुरा सबैले बुझ्नुपर्ने तर्क पेश गरे । बिमाको विषयमा समुदायमा सचेतना र शिक्षाको कमी रहेको भन्दै उनले पछिल्लोसमय बिमाको बारेमा जानकारी दिने गरि प्रदेशस्तरमा कार्यालय खोलेको समेत दाबी गरे ।

हरेक ब्यक्तिले बिमा गर्नुभन्दा अघि बिमा लेख (पोलिसि) अध्ययन गर्नुपर्ने उनको सुझाव छ । बिमाको विषयमा कतिपय समस्या आउने गरेको छ । एउटै पोलिसिमा अग्नी, भुकम्प, बाढी, लगायत समावेश हुनु सकारात्मक भएको दाबी उनको छ । आम नागरिकलाई बिमाबारे सहि र सत्य सुचना दिने गरि बिमा सुचना केन्द्र स्थापना गर्न लागेको उनले बताए । बिमा कम्पनीहरूलाई परिक्षामा उतिर्ण नभई बिमा अभिकर्ता बन्न नपाउने प्रावधानको ब्यवस्था समेत गरिएको उनले बताउदै यसबाट धेरै सुधार देखिएको बताए । बिमाको सुरक्षा भएन भन्ने गुनासा सुन्ने निकाय प्राधिकरण न्याय दिन सफल भएको उनले बताए । दोहोरो करारको रूपमा हुने बिमा पोलिसिको विषयमा समस्या आउने गरेको उनले बताउदै बिमितको पक्ष सजग हुन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशक सुशिल देव सुवेदीले कार्यपत्र प्रस्तुत गर्दै बिमा प्राधिकरण, नेपाली बिमा बजारको अवस्था, नेपाल सरकारले बिमाको विषयमा के गरेको छ भन्ने विषयमा जानकारी दिए । बिमा प्राधिकरण नियमनकारी निकाय भएको उनले बताए । अर्थमन्त्रालय अन्तरगतको यो संस्था स्वयत्त संस्थाको रूपमा काम गर्ने बताए । बिमा प्राधिकरणमा पाच जना संचालक समिति रहने ब्यवस्था छ । यसले नियमनकारी, सुपरिवेक्षण, अर्धन्यायिक गरि मुल रूपमा ३ वटा कार्य सम्पादन गर्छ । बागमतीबाहेक ६ वटा प्रदेशमा कार्यालय स्थापना गरिएको छ ।

सरकारलाई निति निर्माण, योजना तर्जुमा सल्लाहसुझाव दिने, बीमा ऐन, नियमको मस्यौदा तयार गर्ने, बीमा विषयसंग सम्बन्धित निर्देशिका निर्माण लागु गर्ने, बीमक तथा मध्यस्थकर्ताहरूको ईजाजतपत्र दर्ता, नबिकरण तथा खारेजी सम्बन्धी कार्य गर्नेजस्ता नियमकारी कार्य गर्दछ । देशमा १४ जिवन, १४ निर्जिवन, २ पुर्नबिमा, ७ लघुबिमा गरि ३७ बिमा कम्पनीहरू सेवा दिईरहेको उनले बताए।मुख्य रूपमा जिवन बिमामा ६ बिमा पोलिसि मानिन्छ । गतवर्ष २८ लाख र यो वर्ष २९ लाख बिमा पोलिसि बिक्री भएको छ । ३.४७ प्रतिशत कुल ग्राहस्थमा योगदान दिएको छ । गतवर्ष २१ अरब रूपैया भुक्तानी गरेको थियो भने १८ अरबको भुक्तानी गरेको छ । रोजगारमा समेत योगदान दिएको छ । लुम्बिनी प्रदेशमा २ लाख ४७ हजार पोलिसि बिक्री भएको छ । जुन कुल देशमा बिक्री भएकोमध्ये साढे १५ प्रतिशत हो । यसैगरि ५ अरब रूपैया बिमा पोलिसीमा भुक्तानी भएको छ । लुम्बिनी प्रदेशमा ३ सय १० वटा कार्यालय र ८ सय ३३ जना कर्मचारी बिमा कम्पनीमा कार्यरत छन । बागमतीपछि दोस्रो स्थानमा लुम्बिनीको योगदान रहेको छ । संघ र विभिन्न प्रदेश सरकारबाट बिमामा अनुदान दिने गरेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेलले सेवामुलक ब्यवसायको रूपमा परिचय रहेको यो पेशाको अनुगमनमा कमी देखिएको बताए । सरकार कमजोर हुदा आम नागरिकको सेवासुविधा कमजोर भएको उनले बताए ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख पुर्ण बहादुर थापाले संचार समाजको ऐना भएको हुदा पनि बिमाबारे आम नागरिकमा सुचना प्रवाह हुने गरि अन्तरक्रिया कार्यक्रम गरिएको बताए । दुर्गम तथा विकट क्षेत्रका जनतालाई बिमा साक्षरता कार्यक्रम चलाउने, संचारमाध्यमबाट बढिभन्दा बढि सचेतना अभिवृद्धि गर्ने, बिमा क्षेत्रमा हुने अपराधिक कार्य रोक्न पहल गर्ने जस्ता अभियानलाई प्राधिकरणमार्फत अघि बढाएको उनले बताए । रूपन्देही जिल्लामा लाईफ र ननलाईभ १४/१४ गरि २८ सहित लघु बिमा कम्पनीहरू समेत रहेका छन । न्युन तप्काका मानिसहरूमा लघु बिमाले महत्वपुर्ण योगदान दिएको उनले बताए ।

शुक्रबार नै रूपन्देहीका विभिन्न ब्यापारीक, उद्योगिक संघसंस्थाहरूसंग समेत अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा सहभागीहरूले बिमा दाबीको प्रक्रियामा समस्या, पोलिसीको जोखिम अनिवार्य नभई ऐच्छिक हुनुपर्ने, सरेण्डेड गर्ने दरको अवस्था र नक्कली दाबी गरेर कारवाहीका विषयमा प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?