ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

सुनवलको फोहोर स्थानीय आफैले व्यवस्थापन गर्दै

१३ भाद्र २०८१, बिहीबार
१३ भाद्र २०८१, बिहीबार

नवलपरासी, १३ भदौ ।
फोहोर फाल्ने सुनवल नगरपालिकाको जेसिबी र टिपर वनको नियन्त्रणमा परेपछि स्थानीयबासीले आफै फोहोर ब्यवस्थापनमा लागेका छन् । अनुसन्धान प्रकृयामा रहेका फोहोर फाल्ने टिपर र जेसिबीको टुगोँ नलागेसम्म स्थानीय युवाहरू आफै सक्रिय भएर फोहोर ब्यवस्थापन गर्ने गरि लागेका हुन् ।

खोलामा सरकारी एक्साभेटर प्रयोग गरि उत्खनन गर्दै गरेको अवस्थामा सुनवलका जेसिबी र दुई टिपरलाई स्थानीयले डिभिजन बन कार्यालयमा बुझाएका थिए । आफ्नै टास्क फोर्स बनाई खोलाको चोरी निकासी नियन्त्रण गर्दै अवैध खोलाजन्य पदार्थ(ढुगाँ, गिट्टि, बालुवा, मिस्कट) बरामद अभियान चलाएको सुनवल नगरपालिकका कर्मचारी आफै अवैध उत्खनन् गर्दै गरेको भेटिए पछि उनीहरूले नै डिभिजन बनमा आवश्यक कारवाहीका लागि बुझाई दिएका थिए ।

जेसिबी र टिपर नगरपालिकासँग नभएर फोहोर उठाउन समस्या हुन्छ, भनि अनुसन्धानलाई प्रभावित बनाउने कार्यमा लाग्न सक्छ, एक स्थानीयले भने, त्यो भएर अनुसन्धान नटुंगिएसम्म नगरबासीले नै आफै टेक्टर खोजेर फोहोर उठाउने र फोहोर फाल्ने स्थानमा ब्यवस्थान गर्ने गरि काम थालिएको छ ।

सुनवल नगरपालिकाले अवैध तरिकाबाट नदीजन्य पदार्थ उत्खनन गरि ढुवानी गरिरहेको अवस्थामा डिभिजन बन कार्यालयले नियन्त्रणमा लिएको कारणले ३ दिनदेखि फोहरमैला नगरपालिकाले उठाउन नआएकाले हामी टेक्टर व्यवसायीहरू नगरको फोहरमैला उठाउने कार्य गरेको स्थानीय बिपिन ठाकुरीले बताए ।

सुनवल नगरपालिकाले नगरकार्यपालिकाको निर्णय र जिल्ला विपद व्यवस्थापन समतिको निर्णय बेगर प्रक्रिया नपु¥याई आफनो मनोमानी ढंगबाट चोरी शैलीमा सुनवलको तुरिया खोलाबाट नदीजन्य पदार्थ झिकि रहेको स्थानीयले देखेपछि उनीहरूको चर्काे विरोधपछि वन कार्यालयले एउटा जेसीभि र दुईटा मिनी टिपर नियन्त्रणमा लिएको थियो । नगरपालिकाको गाडीहरू वनको नियन्त्रणमा छ नगरले फोहरमैला नउठाएको खण्डामा हामी आफनै निजी टेक्टरबाट नगरको फोहर मैला उठाउँछौ सुमन थापाले बताए । नगरपालिकाले प्रक्रिया नपु¥याई सिधै नदीबाट ग्रावेल झिकेकाले यस्तो समस्या आएको नगरपालिकाले स्वीकारेको छ यस अवस्था नगर फोहरमैला नउठाउन पाउँदा लज्जित महासुश गरेको नाम नबताउने सर्तमा एक कर्माचरीले बताए । प्रकृया नै नपु¥यार्इै खोलामा मेसिन प्रयोग गरेर वन क्षेत्रमा पर्ने तुरिया खोला उत्खनन् गरिरहेको अवस्थामा देखिएपछि स्थानीयले डिभिजन बन कार्यालयका कर्मचारीलाई सूचना गरेका थिए ।

बन कर्मचारी सहित स्थानियले नगरपालिकाको जेसिबी र मिस्कट सहित दुई वटा टिपर बरामद गरिएको थियो ।
बरामद टिपर अहिले डिभिजन बन कार्यालयको शसस्त्र बन सुरक्षा शाखा क्याम्प बडेरामा राखिएको छ । बन ऐन अनुसार कारवाही प्रकृया अगाडी बढाउन समेत स्थानियबासीको माग रहेको छ । सँलग्नलाई अनुसंधान गरि कारवाही गर्नु पर्ने जनाउदै सरकारी निकाय नै चोरीमा लागे पछि खोला माफियाहरू झन उत्साही हुने देखिएको दाबी गरेका थिए ।

नगरपालिकाकी मेयर विमला अर्याल केही दिन खोलामा चोरी गरि राखिएका समाग्रि बरामद गरि जपत गर्ने अभियान चलाएकी दाबी गरेकी थिईन्, तर अहिले तिनै खोलामा नगरपालिकाकै जेसिबी र टिपर बरामद भयो, त्यो कस्को निर्देशनमा चलिरहेको हो भन्ने कुरा एकिन भएको छैन ।

कुनै पनि कागजात नै नभई समान्य तरिकाले सरकारी मेसिन प्रयोग गरि उत्खनन गरिरहेको अवस्थामा फेला परेको डिभिजन बन कार्यालयका निमित्त डिभिजन बन अधिकृत मोहन गजुरेलले जानकारी गराएका थिए ।
घटनाको अनुसंधानका लागि अनुसंधान अधिकृत तोकिएका छन्,उनले भने, अनुसंधान अधिकृतले सरकारी वकिल कार्यालयसँग समन्वय गरि अनुसंधान प्रतिवेदन तयार गर्ने र बन ऐन बमोजिम मुद्दा चल्ने सक्ने बताए ।

सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर जिसीका अनुसार स्थानिय कृष्णमन्दिर नजिकैको सडक पुर्नका लागि नगरपालिकामा मन्दिर ब्यवस्थापन समितिले मिस्कट माग गरेको थियो । सोही सडक पुर्नका लागि मिस्कट लैजान खोलामा नगरपालिकाको जेसिबी र टिपर गएको बनाए । चोरी गर्ने नियत भन्दा समाजिक सेवाकै लागि समाग्रि झिक्न लागिएको उनले जिकिर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?