ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

किसानको बक्यौता तिर्न ढिलाई नगर

१३ भाद्र २०८१, बिहीबार
१३ भाद्र २०८१, बिहीबार

दुग्ध विकास संस्थानले किसानबाट लिएको दुधको पैसा तिर्न अझैपनि आनाकानी गर्दा किसानहरू मारमा परिरहेको अवस्था छ । नीजि दूध डेरीले त्यसै त किसानको दुधको पैसा समयमा नतिर्दा किसान तनावमा छन् । उल्टो सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले समेत किसानको दुधको पैसा भुक्तानीमा ढिलाई गर्दा किसान मर्कामा पर्ने अवस्था उत्पन्न भएको छ । कृषि मन्त्रालयको नेतृत्व सम्हाल्न आएका कृषि मन्त्री रामनाथ अधिकारीले तत्काल किसानको दुधको पैसा भुक्तानी गर्न निर्देशन दिँदा समेत आलटाल गर्नु दुग्ध विकास संस्थानको लापरवाहीको पराकाष्ठा हो । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान पनि दुध र दुधजन्य पदार्थ उधारोमा हैन, नगदमा बिक्री गर्छ । त्यसबाट आएको पैसा कर्मचारी तथा आफ्नो व्यक्तिगत सुविधामा लगाउँछन् तर किसानलाई दुधको भुक्तानी दिन भने संस्थानले आनाकानी गर्छ ।

सरकारले दिनुपर्ने पशु तथा कृषि बिमा प्रिमियम बापतको डेढ अर्ब रुपियाँ पनि किसानलाई दिएको छैन् । जबकि सरकारबाट यस्तै सुविधा पाउने आशामा किसानले कृषि र पशुपालनमा ठूलो परिश्रम खर्च गरेका छन् । पछिल्लोसमय किसानले ताकेता गरेपछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सबै किसानको पैसा दशैँ अगाडि नै उपलब्ध गराउने प्रतिबद्धता जनाएर किसानको भरासो प्राप्त गर्ने आशा गरेका छन् । दुध किसानको सबै रकम दशैँ अगाडि उपलब्ध गराउने प्रतिबद्धता जनाएर मन्त्री अधिकारीले किसानको पीडामाथि मल्हम लगाउने प्रयास गरेका छन् । यो केही हदसम्म आशातीत कुरा हो । मन्त्री अधिकारीले उत्पादक र उपभोक्ता बीच रहेको ठूलो खाडल हटाउन र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न अब स्थानीय सरकारसँगको समन्वयमा कृषक बजार (हाट) अघि बढाउने र कृषकको वर्गीकरण गरी किसान कार्ड वितरण गरिने र किसानलाई प्रोत्साहन गर्न अनुदानलाई किसान सूचीकरणसँग जोडी प्रभावकारी बनाउने प्रतिवद्धता गरेका छन, जुन किसानको हकमा आशा र उत्साह जगाउने काम हो । यद्यपि चिन्ताको कुरा के छ भने नेपालका मन्त्रीहरूको प्रतिवद्धता सधै आशंकाको घेरामा पर्दै आएको छ ।

नेपाल कृषिप्रधान देश हो । जसको आर्थिक मेरुदण्ड नै कृषि हो । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा यो क्षेत्रको योगदान करिब २४ प्रतिशत छ । एकातिर मुलुक यसरी कृषिले धानिएको छ, अर्कोतिर युवाहरू विदेशिने र सहर छिर्ने क्रम बढेकाले कृषि उत्पादन घट्यो, खेती बाँझो भयो भनेर सरकारी पदाधिकारी र नेता आफैं रुवाबासी गरिरहेका छन् । यस्तो अवस्थामा कृषि क्षेत्रलाई आकर्षित तुल्याई यसमा जोडिएकालाई टिकाउने कार्यमा सरकारको ध्यान पुग्नु जरुरी छ । नेपालमा अहिलेपनि अनुदान घोषणा गर्ने तर त्यस्तो अनुदान वास्तविक किसानलाई भन्दा कागज मिलाउनेलाई दिने काम रोकिएको छैन । यस प्रकारका कामले वास्तविक किसान मर्कामा परिरहेका छन ।

छिमेकी मुलुक भारतले किसानलाई अनुदान दिन्छ । अन्य विकसित राष्ट्रले समेत किसानमैत्री कार्यक्रम मात्र ल्याउँदैनन्, किसानलाई उच्च सम्मानसमेत गर्छन् । खासमा हुनुपर्ने पनि त्यही हो तर नेपालमा अवस्था उल्टो छ । किसान सम्मानित व्यक्तित्वको रूपमा हुनुपर्नेमा उसैलाई रुवाउने सरकारी व्यवहार निन्दनीय छ । जेहोस पछिल्लोपटक कृषि मन्त्रीले कृषि क्षेत्रमा आशा जगाउने कामको सुरुवात गरेका छन् । उनी आएपछि किसानको हितमा काम गरेको देखिएको छ । उनको कामको निरन्तरता कायमै रहोस र दुध किसानको बक्यौता दशैं अघि नै भुक्तानी होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?