ट्रेंडिंग:

>> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी

एकीकृत समाजवादीमा झाँक्री गुटबन्दीको शिकार, कस्तो बन्यो पदाधिकारी ?

१३ भाद्र २०८१, बिहीबार
१३ भाद्र २०८१, बिहीबार

काठमाडौं ।

नेकपा एकीकृत समाजवादी चरम गुटबन्दीको शिकार भएको महाधिवेशनदेखि पदाधिकारी निर्वाचनसम्म आउदा प्रष्ट भएको छ । महाधिवेशनमा सहमतिमै केन्द्रीय समिति र पदाधिकारी चयन गर्ने भन्दै निर्णय गरेपनि अन्तत: पदाधिकारीको चयन मतदानबाट गरिएको छ ।

यसरी गरिएको मतदानले एकीकृत समाजवादीको पदाधिकारी चयन गरेपनि अब यो पार्टीमा देखिएको गुटबन्दीले पार्टी भविष्यमा कसरी अगाडी बढला भन्ने प्रश्न उठेको छ । पार्टीमा प्रभाविशाली मानिएकी युवा नेतृ रामकुमारी झाँक्रीलाई अध्यक्ष माधवकुमार नेपालकै सक्रियतामा उपाध्यक्षमा हराइएको छ ।

नेपाल पक्षले पदाधिकारी निर्वाचनमा आफ्नो पक्षको चीट नै बाँडेर भोट मागेका थिए । सो सूचीमा झाँक्रीको नाम थिएन । नेपालको राजनीतिमा युवा र प्रभाशाली नेतृको पहिचान बनाएकी झाँक्रीनै एकीकृत समाजवादीको पदाधिकारीमा नअटाउने अवस्था आउनुले अब यो पार्टी कता जादै छ भन्ने संकेतको रुपमा बुझ्नुपर्ने विश्लेषण शुरु भएको छ ।

मिडिया र सामाजिक सञ्जालमा अब झाँक्री एकीकृत समाजवादीमा रहनुको कुनै औचित्य नरहेको टिप्पणी भइरहेको छ । अझ धेरैले उनलाई एमालेमा फर्किन सुझाव समेत दिएका छन् । तर झाँक्री स्वयंले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।

एकीकृत समाजवादीले जसरी आफ्नो महाधिवेसन गर्यो र अहिले जसरी पदाधिकारीको चयन गर्यो यसले उसको राजनीतिक भविष्यमा नै ठुलो प्रश्न उठाएको छ । सानो पार्टी अथवा राष्ट्रिय पार्टी समेत हुन नसकेको पार्टीमा यो तहको गुटबन्दीले पार्टीको अवस्था राम्रो नहुने संकेत गरेको छ । अझ अध्यक्ष स्वयंनै राष्ट्रिय स्तरको युवा नेतालाई पराजित गर्न र पार्टीको मुख्य धाराबाट बाहिर लैजान सक्रिय हुनुले अझ संसय पैदा भएको छ ।

योसँगै एकीकृत समाजवादीको पदाधिकारीमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे रहेका छन् । त्यस्तै उपाध्यक्षहरु डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, भानुभक्त जोशी र जयन्ती राई रहेका छन् ।

त्यस्तै महासचिव घनश्याम भुसाल, उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार खड्का, गरिमा शाह र राजेन्द्र राई निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे,  श्रीनाथ बराल, सावित्रीकुमारी भुसाल र चन्द्रबहादुर शाही रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?