ट्रेंडिंग:

>> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए  

सरकार बन्द र रुग्ण उद्योग चलाउ

१२ भाद्र २०८१, बुधबार
१२ भाद्र २०८१, बुधबार

नेपाल सरकारले बन्द भएका तथा रुग्ण अवस्थामा रहेका उद्योग चलाउने घोषणा बर्षौदेखि गर्दै आएपनि उद्योग सञ्चालनको वातावरण तयार नहुँदा युवालाई नेपालमै रोजगारीको अवसर दिने काम प्रभावित भैरहेको छ । बन्द रहेका दर्जन बढी सरकारी उद्योग र नीजि स्तरका रुग्ण उद्योग सञ्चालन भए त्यसबाट हजारौं युवाले रोजगारीको अवसर पाउनेछन् । तर सरकार त्यस दिशामा कहिल्यै सकारात्मक हुन सकेन् । केवल घोषणामात्रै गर्ने तर कार्यान्वयन नगर्ने सरकारी रवैयाले अहिलेसम्म रुग्ण र बन्द उद्योग खण्डहरमा परिणत भैरहेका छन् । बुटवल धागो कारखाना बुटवलको मात्रै होइन, नेपालकै गहना हो । हेटौँडा कपडा कारखाना, गोरखकाली रबर उद्योग लगायतका दर्जन बढी उद्योग लामो समयदेखि बन्द अवस्थामा रहेका छन् । तिनको सञ्चालनको वातावरण तयार भएको छैन् । सरकारले यस बिषयमा खासै चासो दिएको छैन् । सरकार युवाजति विदेश गएकोमा चिन्ता ब्यक्त गर्दछ तर स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उद्योग चलाउन किन तयार हुँदैन ? प्रश्न उत्पन्न हुनु स्वाभाविक छ । औद्योगिक व्यवसाय ऐनले वन्द उद्योग पुनः सञ्चालनका लागि बाटो खोलेको झन्डै २५ वर्ष पुगे पनि सरकारी वेवास्ता र ढिलासुस्तीका कारण यस्ता उद्योग सञ्चालन गर्ने योजना अन्योलमा परेको छ ।

सरकारले समय–समयमा पुनः सञ्चालनको आश्वासन दिँदै आएकोमा नीजि क्षेत्र आशाबादी रहेपनि विश्वास गरिहाल्ने अवस्थामा पुगेको छैन । नेपालको रुग्ण उद्योगमा अर्बौं पुँजी फसिरहेको छ । बन्द उद्योगमा ठूलो मात्रामा सरकारको पुँजी डुबेको छ । औद्योगिक व्यवसाय ऐन २०४९ ले रुग्ण उद्योग पुनः सञ्चालनका सम्बन्धमा व्यवस्था गरेको थियो तर तीन दशक बितिसक्दा पनि त्यसलाई कार्यान्यवन गर्न आवश्यक नियमावली ल्याउन कुनैपनि सरकार तयार नहुनु चिन्ताको कुरा हो । सरकारको ढिलासुस्ती र मूकदर्शक बन्ने प्रवृत्तिले समस्या उत्पन्न भएको छ । उद्योगमा उचित व्यवस्थापन नहुनु, अनियमितता, अवैज्ञानिक मूल्य निर्धारण, परियोजना लागत वृद्धि, चालु पुँजीको अभाव, अध्ययन अनुसन्धानको कमी, नीति, ऐन, नियममा अस्थिरता, हडताल एवम् तालाबन्दी लगायत कारण ती उद्योग विगतमा रुग्ण बनेका थिए । ठूलो लगानी भइसकेका र सरकारको सानो सहयोगले पुनः सञ्चालनमा आउन सक्ने उद्योगलाई राज्यले चलाउनेतर्फ ध्यान नदिनु युवालाई विदेश जान अझै प्रेरित गर्नु हो भन्दा अतिसयोक्ति हुँदैन ।

विगतमा बन्द उद्योग चलाउन धेरैपटक छलफल भए । सरकारले सहुलियत दिने कुरा पनि उठ्यो । रुग्ण उद्योग सञ्चालनका लागि वातावरण तयार गर्न नीजि क्षेत्रले समेत होस्टेमा हैंसै गर्ने कुरा आयो तर सरकारकै ढिलासुस्ती र अरूचीका कारण उद्योगहरू रुग्ण भैसकेका छन् । उद्योगमा खिया लागेको अवस्था छ । अझैपनि संचालनको बाताबरण तयार भए मर्मत गरेर चलाउन सकिने अवस्था छ तर अब ढिलाई गर्ने हो भने निश्चितरूपमा यी उद्योग सधैका लागि बन्द हुनेछन् । तसर्थ केपी ओली नेतृत्वको सरकारले यो बिषयमा छिटै निर्णय गरोस् । सरकारीमात्र होइन बन्द भएका नीजि क्षेत्रका रुग्ण उद्योग संचालनका लागि पनि सरकारले प्रोत्साहन गरोस् । सरकारले त्यस्तो उद्योगले पाउने छुट, सुविधा तथा सहुलियत निर्धारण गरी उद्योग सञ्चालन गर्न, लगानीका लागि थप पुँजीको व्यवस्था गर्न, उद्योगको व्यवस्थापनमा परिवर्तन गर्न वा नेपाल सरकारले आवश्यक ठानेको अन्य कुनै उपाय अवलम्बन गरी उद्योग सञ्चालन गर्ने व्यवस्था मिलाउन सकिने भएकोले उद्योगहरू चलाउन सकिने कुरामा कुनै विवाद छैन् । अतः सरकारको यस बिषयमा ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?