ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

बंगलादेशको नियती नेपालमा नदोहोरियोस्

१२ भाद्र २०८१, बुधबार
१२ भाद्र २०८१, बुधबार

प्रधानमन्त्री के.पी शर्मा ओलीले सत्तासिन भए लगत्तै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई विद्युत महसल नतिरेका उद्यमीहरूको काटिएको लाइन् तुरुन्त्तै जोडिदिन दवाव दिएको प्रसङ्गले देशैभरि उठेको तरङ्ग अझै शान्त भएको छैन । केपी ओलीले चालेको यो पहिलो कदम गलत दिशातिर मोडिएको हुँदा उनका आगामी दिनका कामलाई लिएर आशंका उत्पन्न भएका छन । उद्योगीहरूबाट असुल्न बाँकी रु २२ अरब उठाउन कुलमानलाई अवरोध गर्ने तर त्यो भन्दा वढी २६ अरब विश्व बैकसित ऋण लिएर नेपाली जनतामाथि थप ऋणको भार बोकाएर यो सरकारले कस्तो लोकतन्त्रको प्रयोग गर्न खोजेको हो ? प्रश्न खडा हुन्छ । के ओली मोडेलको लोकतन्त्रको तमासा यस्तै हो ? जनता जान्न चाहन्छन् । हुन त ओलीजीलाई लागे होला आफ्ना आफ्ना फ्यानहरूको बा हुनको नाताले सबै नेपालीले उनलाई बा नै मान्दछन् र बा ले उठाएका सबै कदमहरू अकाट्य नै हुन्छन् तर वास्तविकता त्यसको विल्कुलै फरक छ । ओलीका फ्यानहरूको शब्दमा बाले चालेका सुकर्म कुकर्म सबै कदमहरूमाथि जनमानसमा कुनै प्रभाव पर्दैन । सबै नेपाली मिस्टर ओलीका एस फ्यान हुन् भन्ने सोच पाल्नु र यस्तो सोच पाल्नेहरूको भ्रम हो । लोकतन्त्रको सुदृढीकरणको लागि त कुरै छाडौं आफ्नै अस्तित्व रक्षाको लागि पनि मठमतिका काम छैन । सत्तामा बसेकाहरू उनका फ्यानहरू मठमतिका छन् भन्दैमा आम जनमानस र सचेत नागरिक पनि मतिहीन बन्नुपर्छ भन्ने कु्नै जरुरी छैन ।

हुन त वर्तमान ओली सरकारको मात्र के कुरा गर्नु निबर्तमान प्रचण्ड सरकारको पनि र त्यस अघिका सबै सरकारहरूको उस्तै चरित्र नेपाली जनताले वेहोर्दै आउनु परिरहेको छ । जुनसुकै सरकारका चरित्र एवं क्रियाकलापमा कुनै खास तात्विक अन्तर कहिल्यै पनि आएन तर ओली बा आउँदा जुन शंखघोष र सिंहनादसित आएका थिए त्यसको २४ घण्टा नवित्दै जनतालाई इस् भनी लोप्पा र विजुलीचोर माफियालाई २२ अरबका तोहफा दिएका छन । यसअघि अरू कुनैपनि सरकारले यो कार्य गर्ने हिम्मत गरेका थिएनन् । यस मानेका बाको फुर्तिलाई मान्नैपर्छ तर केही समयको लागि उनको फुर्तीप्रति दंगदास परेर रमाइलो मानिएपनि त्यो रमाइलो न सरकारको हितमा छ न त देशकै हितमा छ । यस्ता व्यवस्था विरोधी र देशहित विपरितका हर्कतहरूको अभ्यास गर्दै सत्तामा टिकिरहन्छु भन्ने भ्रम नपालेर बरु के गर्दा व्यवस्थाको साख जोगिन्छ र देशको हित हुन सक्दछ त्यतातिर ध्यान केन्द्रित गर्न सके उनी आफैको लागि धेरै श्रेयस्कर हुन्छ भन्ने प्रबुद्ध नागरिकहरूको सुझावलाई मनन गर्दा राम्रो हुने छ । केही सीमित ठगहरूसित आफैले पैसा हात पारी उनीहरूको दवावको आधारमा देशको ठूलो राजस्व गुमाउने प्रपञ्चमा निर्लज्जतापूर्वक जो केही लाग्छ भने कुनै दिन जनतालाई भनेका मात्रृभूमिलाई ठगेको पाप धुरीबाट कराउनेछ र त्यस पापको प्रायश्चित गर्न पछि ठूलो मूल्य चुकाउनु पर्ने अबस्था आउने छ भन्ने तर्फ सत्तामा बस्नेहरू बेलैमा सचेत हुनु जरुरी छ । अर्को के कुरा पनि बुझ्नु जरुरी छ भने केपी बा भलै उनमा कम्युनिष्ट आचरण छ छैन त्यो आफ्नै ठाउँमा छ तर कम्युनिष्ट पार्टीको राजनीति जनमुखी राजनीति हो । बाका पार्टनर शेरवहादर दाइको राजनीतिक दर्शन कम्युनिष्टहरूको जनमुखी राजनीतिसित मेल खाँदैन । त्यसैले बालाई प्रयोग गरेर दाईहरूले कम्युनिष्टहरूको व्यवहार र आफ्नो व्यवहारमा जनताबाट अलग्याउने कुटिल चालबाजीलाई केपी बाले राम्रोसंग बुझ्न सकेनन् भने उनी यस्तै यस्तै विवादहरूमा तानिदै र फँस्दै जाँदा आफू त डुब्ने नै भए सिंगो एमालेलाई नै भारमा जाकेर मिसन चौरासीको सपना केवल सपना मै सीमित नपार्लान् भन्न सकिदैन ।

एकातिर यसपटकको असाधारण वर्षाले प्रस्तुत गरेको विनासलिलाबारे अनेकौं समस्याहरू प्रकाशमा आइरहेका छन् । मुङलिङ्ग– नारायणगठ बीचको पहिरोमा बगेर सिंगासिगै २-२ वटा ठूला वस त्रिशुली नदीमा डुबी दर्जनौं यात्रीहरू वेपत्ता भएको खबर देखि लिएर ठाउँ–ठाउँमा भयानक पहिरो र वाढीले पुरिएका पूरै वस्तीलाई प्रभावित पारेको र भीषण वर्षाका कारण बस्तीहरूमा जोखिम बढ्दै जाँदा जनतामा त्राहिमाम् भैरहेको अवस्था छ । साथै गृहमन्त्रीले यस किसिमका बिनासलिलाको जुन विवरण संसद् समक्ष प्रस्तुत गरे त्यसले जनमानसमा साँच्चैकै हृदयविदारक प्रतिक्रियाको सिर्जना गरेको छ । अधिराज्यका दर्जनौं जिल्लाहरू ती चाहे समथर मधेशका होउन् या पहाडी भू–भागका धेरै ठाउँका वस्तीहरू डुवान तथा बाढी एवं पहिरोको प्रकोपमा परी आपतविपतमा परेका छन् । बाढी पहिरो र डुबानको चपेटामा बाली मात्र परेको होइन कि बाढी पीडित जनताका खाने, बस्ने आधारहरू पनि गुमेका छन् । यस्तो अवस्थामा ती जनतालाई राहत उपलब्ध गराउन सानो तिनो रकमले छोप लाग्नेवाला छैन । त्यसैको निम्ति ठूलै बजेटको आवश्यकता पर्दछ । सरकारले सो वजेट जुटाउनु पर्ने राजश्व कडाइका साथ उठाई राज्यकोषमा जम्मा गर्नुपर्दछ र त्यसैबाट वाढी पहिरो तथा डुवान पीडितलाई सहयोग दिइनुपर्दछ । यसको निम्ति सर्वसाधारण जनतालाई कर बढाई महगाई वृद्धि गराएर दुःख दिनुको सट्टा आफूले उठाउनु पर्ने राजस्वको बाँकी बक्यौतामै ध्यान दिइनुपर्दछ । यस अर्थमा आफ्नो उठाउनु पर्ने राजस्व २२ अरव मिनाहा दिएर विश्व बैंकसित २६ अरब ऋण लिइनु नितान्त गलत छ । यो सरकार मात्र होइन, यसअघि पनि जति पनि सरकारहरू आए ती सबै जनतालाई सुशासनको अनुभति दिलाउने र देशमा चौतर्फी विकास गर्न संकल्प लिएर आए तर व्यवहारमा न त जनताले सुशासनको अनुभूति गर्न पाएका छन् न देशको कुनै क्षेत्रपनि विकासले समृद्धि हासिल गर्न सक्यो । सरकार हाँक्नेहरूले आफूले अधिकारको रूपमा पाएको राजनीतिक व्यवस्था र संविधानले परिलक्षित गरेको आधारभूत कुरा तर्फ ध्यानै नदिई जे कदम चालेर भएपनि जुन उपाय अपनाएर भएपनि के कसरी आफ्ना व्यक्तिको इच्छाहरू पूरा हुन्छन् त्यसैमा मात्र उनीहरूको अर्जुनदृष्टि रह्यो ।

वषौंदेखि पटकपटक यही उपक्रम दोहोरिँदा लोकतन्त्रको आगमन पश्चात् पनि दशक वितिसक्दा देशले कहिल्यै राजनीतिक स्थिरता पाउन सकेन । विकासले गतिलिन सकेन । जनताले शान्ति सुरक्षाको प्रत्याभूति पाएनन् । सुशासन नाममा मात्रै सीमित रह्यो । प्रजातन्त्र पुनस्र्थापनाको साढे तीनदशक पार भैसक्दा पनि हामीले आफूलाई अझैपनि विकासको प्रारभ्भिक चरण मै पाइरहनु ज्यादै बिडम्वना हो । अव यो विडम्वनालाई त्याग्नु पर्छ । सरकारले जनतालाई विश्वासमा लिएर अगाडि बढ्नुपर्छ । जनतालाई सधै भ्रम र गुमराहमा पारी आफ्नो मात्र स्वार्थ सिद्धितिर लागिरहने हो भने जनताको विश्वास गुमेको सरकार मात्र धरासायी हुने होइन, सरकारको लगाम हातमा लिएकाहरूको हविगत पनि दर्दनाक अवस्थाको हुनेछ । वंगलादेशकी प्रधानमन्त्री सेख हसिनाको वर्तमान अवस्थालाई मनन गरी ओली सरकारले देशको र जनताको हितमा काम गरेको जनता देख्न चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?