ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

प्रचण्डलाई एमालेको जवाफ : प्रतिपक्षी दलको नेताको पद चाहिंदैन भने जनार्दनजीलाई दिनुस्

११ भाद्र २०८१, मंगलवार
११ भाद्र २०८१, मंगलवार

काठमाडौँ ।

नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताबाट बाहिरिएपछि छटपटी देखाएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री पद गएपछि प्रचण्डले औडाहा र छटपटी देखाएको टिप्पणी गरेका हुन् ।

प्रचण्डले कांग्रेस-एमालेलाई लेखा समितिको सभापति नदिएको भन्दै आक्रोस व्यक्त गर्दै चाहियो भने प्रतिपक्षी दलको नेताको पद पनि लैजान गरेको आग्रहको जवाफ दिदै सांसद पन्तले त्यो पद माओवादी केन्द्रलाई दिएको भन्दै प्रचण्डलाई त्यो पद नचाहिने भए अर्को नेता जनार्दन शर्मालाई दिन सुझाव दिएका थिए ।

उनले भने- ‘संविधान त पढ्नुस् नेता ज्यु। प्रमुख पद तपाईँले खोजेर हामीले खोजेर पाउने पद होइन। संविधानले तपाईँको पार्टीलाई दिएको छ,’ उनले भने,‘आफूलाई नचाहिए छेउमै जनार्दनजी (जनार्दन शर्मा) हुनुहुन्छ उहाँलाई दिनुस्।’

पन्तले सामान्यतया प्रतिपक्षी दलले नयाँ सरकार बनेको सय दिनसम्म सरकारको आलोचना नगर्ने परम्परा रहेको उल्लेख गर्दै प्रचण्डले त्यो परम्परा तोडेको आरोप लगाए ।

साथै सांसद पन्तले प्रचण्डकै कारणले देशले अस्थीरता भोगेको आरोप लगाउदै भने- ‘चाहिँदैन सत्ता भन्नुहुन्छ, चाहिँदैन सत्ता भन्नुहुन्छ। हिजो तीनचोटी घरी यता घरी उता, जता सत्ता उतै प्रचण्ड भन्ने व्यक्ति तपाईँ होइन ? यो कुरा संसदभित्र स्थापित गर्ने व्यक्ति को ? तपाईँ स्वयम् होइन। तपाईँका कारण यो देशले अस्थिरता भोगेको होइन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?