ट्रेंडिंग:

>> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो

नेतृत्व दोहो¥याउने पालिका प्रमुखको कार्यसम्पादन कमजोर

११ भाद्र २०८१, मंगलवार
११ भाद्र २०८१, मंगलवार

प्युठान, ११ भदौ ।
स्थानीय तहमा दोहोरिएका अध्यक्षहरूले नेतृत्व गरेको पालिकाहरू कार्यसम्पादनमा कमजोर देखिएका छन् । स्थानीय तहको निर्वाचन २०७९ मा नेतृत्वमा दोहोरिएर नेतृत्व सम्हालेका पालिकाको संस्थागत क्षमता स्वमूल्याङ्कनमा कमजोर देखिएका हुन् ।
दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तह रहेको जिल्लामा गौमुखी गाउँपालिका, ऐरावती गाउँपालिका र सरुमारानी गाउँपालिकाको अध्यक्षमा क्रमशः विष्णु गिरी, नविल विक्रम शाह र झग बहादुर विश्वकर्माले नेतृत्व गरेका छन् । उनीहरू दोहोरीएर निर्वाचित भएका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिबार सार्वजनिक गरेको आ.व. २०७९/८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) नतिजा सार्वजनिक गरेको थियो । उक्त मूल्यांकन नतिजा अनुसार जिल्लाको गौमुखी गाउँपालिका सबैभन्दा कमजोर देखिएको छ । गौमुखीले ६६ दशमलव ५० अङ्क लिएको छ । यो प्युठानका सबैभन्दा कम परिणाम हो ।

गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले आशा गरिएभन्दा कमजोर नतिजा देखिएको बताए । कमजोर नतिजा आउनुमा नीतिगत भन्दापनि नीति कार्यान्वयनमा समस्या देखिएको उनको तर्क छ । ‘हाम्रो अनुभवलाई नितिगत तहमा लागु हुन्छ भने कार्यान्वयनमा कर्मचारीको तदारुकतामा पर पर्छ’ गिरीले भने,‘यी कुरालाई समिक्षा गरी संस्थागत क्षमतामा सूधार ल्याउने योजना छ ।’ कागजात व्यवस्थापन, विषयगत कर्मचारीको गल्ती, प्रमाणहरूको अभावलाई भावी दिनमा सच्याइने बताए ।

अन्तरपालिका समन्वय, कागजातहरूको प्रमाणका कमजोरीका कारण नतिजा कमजोर आएको ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत हिमलाल विश्वकर्माको बुझाई छ । ‘हामीले लिजाका आधारमा काम गरिरहेकै छौं’ विश्वकर्माले भने, ‘तर प्रमाणहरू जुटाउने, अन्तरपालिका समन्वयका कामहरू र समयमै कागजपत्र अपलोडमा चुक्यौं ।’ कागजातहरूलाई प्राथमिकतामा राखेरका काम थालिएको उनको भनाइ छ ।

प्युठानमा सबैभन्दा राम्रो नतिजा नौबहिनी गाउँपालिकाको छ । नौबहिनीले ८५ अंक लिएको छ । देशकै ८० अंक भन्दा राम्रो नतिजा ल्याउने पालिकाहरू मध्ये नौबहिनी अब्बलमा देखिन्छ । नौबहिनी गाउँपालिका बाहेक जिल्लाका अन्य पालिकाले भने ८० अंक कटाउन सकेका छैनन् । झिमरुक गाउँपालिकाले ७७ दशमलव ७५ अंक सहित दोश्रो र सरुमारानी गाउँपालिकाले ७७ दशमलव ५० अंक लिएका छन् ।

त्यसैगरी प्युठान नगरपालिकाले ७२, स्वर्गद्वारी नगरपालिका ७६ दशमलव ५०, मल्लरानी गाउँपालिका ७१ दशमलव ७५, माण्डवी गाउँपालिका ७६ र ऐरावती गाउँपालिकाले ६७ दशमलव ५० अंक प्राप्त गरेको मन्त्रालयले जारी गरेको सूचनामा छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक आर्थिक वर्षमा शासकीय प्रवन्ध, संगठन तथा प्रशासनको अवस्था, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाहको अवस्था, सहकार्य र समन्वयको अवस्था लगायतका विषयहरूलाई मूल्याङ्कनको आधार मानिएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?