ट्रेंडिंग:

>> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय

जनता नदेख्ने सरकार, अस्पतालले बीमा रकम पाएन

संघीयताको कार्यान्वयनसँगै जनताका कामको लागि तीन तहको सरकारको परिकल्पना सहित कार्यान्वयनमा आएको छ । तर मन्त्रालयका मन्त्री र पालिकामा प्रमुख रहेपनि उनीहरुको काम अझै प्रभावकारी हुन सकिरहेको छैन् । शिलन्यास, उद्घाटन, गोष्ठी, तालिम र सभाहरुमा मालासँगै देखिने जनप्रतिनिधिहरु जनताको काममा भने मन लगाउन सकिरहेका छैनन् । अस्पतालका स्वास्थ्य बीमामा देखिएको अलमल र पहिरोले घरवास गुमाएका जनताको अवस्थामा तीन तहको सरकारले गरेको लापरवाहीको यसैको एउटा उदाहरण हो ।
११ भाद्र २०८१, मंगलवार
११ भाद्र २०८१, मंगलवार

नवलपरासी, ११ भदौ ।
जिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालले बीमा वापत सेवा दिँदै आएको र बीमा रकम आउन ढिलाई हुँदा अस्पताल सञ्चालनमा समस्या देखिएको छ । बीमा रकमका लागि पटक पटक बीमा कार्यालयलाई जानकारी गराउँदा समेत रकम आउन नसक्दा समस्या देखिएको अस्पतालका सुचना अधिकारी गोबिन्द बहादुर ज्ञवालीले बताए । विगत देखी पनि बीमाको रकम आउन बाँकी थियो, उनले भने, अहिले पनि बीमा सेवामा खर्च हुने रकम बढदै गएको छ । विगतकै रकम तिर्न नसक्ने बीमा बोर्डले अहिले झन शल्यक्रियाको सीमा १६ हजारबाट वृद्धि गरि २५ हजार पु¥याएको उनको भनाइ थियो । सरकारी अस्पतालमा थोरै रकमले शल्यक्रिया हुने गरेको थियो । तर अहिले सिमा वृद्धि गरे पछि रकमको भार थप बढदै जान्छ । अनावश्यक खर्च तर्फ पनि धकेल्ने उनको भनाइ थियो । यसको लाभ सरकारी अस्पताल भन्दा बढि निजी अस्पताल र मेडिकल कलेजले उठाउने देखिएको छ ।

उनका अनुसार बीमा वापत पाउने रकम गत आर्थिक बर्षको १ करोड ५१ लाख ४८ हजार ३ सय ६४ रहेको छ । डेढ करोड भन्दा बढि रकम अस्पताललाई तरलता ब्यवस्थित गर्न समस्या देखिएको छ, उनले भने, औषधी टेण्डर मार्फत खरिद गरिन्छ,सो रकम औषधी दाखिला गरेर भुक्तानी दिई हाल्नु पर्छ । अन्य चिकित्सकलाई दिईने भत्ता रकमहरू पनि रोक्न सकिदैन् । अस्पतालको आफ्नो अन्य स्रोत छैन्,सरकारले पठाउने बजेटमा सरकारी अस्पताल चलाउने हो । निजी जस्तो चुक्ता पुजिँ जस्तो राख्ने जस्तो प्रावधान हुदैन्, तर बीमा बोर्डले रकम लामो समयसम्म नपठाई दिँदा अस्पतालको दैनिक प्रशासन सञ्चालनमै समस्या हुने उनको भनाइ थियो ।

कुल बीमा रकम २ करोड ८४ लाख ६१ हजार ७ सय ४८ रहेको थियो । जस्मा बीमा बोर्डले ९३ लाख २२ हजार ८ सय १३ रुपिया मात्र पठाएको छ । विमामा खर्चिने रकम समेत केही दाबी गर्न नसक्दा पनि समस्या देखिएका छन् । विगतमा सिस्टम सफ्टवेयर सञ्चालनमा समस्या हुँदा ३९ लाख ९ हजार ५ सय ७० रुपिया त्यतीकै दाबी नै अस्पतालले गर्न सकेन् । अस्पतालले २ करोड ४४ लाख ७१ हजार १ सय ७७ रुपिया मात्र दाबी गरेको थियो । तर दाबी गरिएको पुरै रकम पनि बीमा बोर्डले पठाई दिएन् । अहिले शल्य क्रियामा सिमा बढाउदा सो सिमा अनुसार काम गर्दा विमा रकम बढेर जाने देखिन्छ ।

अस्पताल भित्र जनस्तरबाट निर्माण भएको पिसिआर भवनमा अहिले प्रयोशशाला सञ्चालनमा आई सकेको सुनाउँदै सूचना अधिकारी ज्ञवालीले नयाँ भवन हस्तानान्तरण हुने वित्तिकै अन्य सेवा विस्तार पनि गर्नु पर्छ, तर बिस्तारका लागि आवश्यक रकम बीमा उपचारमा फसेको जनाए ।

अस्पतालको सेवालाई थप गुणस्तर बनाउदै लैजाने योजनामा पनि लागेको उनको भनाई थियो । उनका अनुसार पृथ्वीचन्द्र अस्पतालमा आकस्मिक सेवा, सुचर सेवा, बहिरँग सेवा (ओपिडि) अन्तरगत हाडजोर्नी तथा नशा,जनरल मेडिसिन,स्त्रिी तथा प्रसुती,मानसिक रोग,बालरोग,नाक कान घाँटी,दन्त रोग विभाग, फिजिओथेरापी सेवा रहेका छन् ।

त्यसैगरी अल्ट्रासाउण्ड,डिजिटल एक्सरे, इसिजी, प्रयोगशाला, बिरामी भर्ना जनरल, फार्मेसी सेवा, प्रसुती अन्तरगत साधारण प्रसुती जटिल र अप्रेसन सेवा, एचआईभि परामर्श केन्द्र, लैगिँक हिँसा सम्बन्धि एकद्धारा ब्यवस्थापन (ओसीएमसी), क्षयरोग,कुष्टरोग क्लिनिक, जीन स्पट सेवा,सस्थागत क्लिनिक सेवा, प्लाष्टर, सामाजिक सेवा इकाई, सोधपुछ परामर्श तथा नियमित रूपमा प्रशासनिक तथा गुनासो सुन्ने कार्य पनि गर्दै आएको अस्पताल हो ।

अस्पतालको आकस्मिक शाखामा २ मेडिकल अधिकृत,३ स्वास्थ्य सहायक,२ अहेव र ४ जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । अस्पतालले भएकै सेवालाई गुणस्तरिय बनाउन सकियो भन्ने विरामीलाई सन्तुष्टि दिन सकिन्छ । सेवा थपिनु भन्दा भएको सेवालाई सञ्चालन र गुणस्तरिय बनाउनु अस्पताल विकास समितिको पनि लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?