ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी

पहिरो पिडितले बास पाएनन्

११ भाद्र २०८१, मंगलवार
११ भाद्र २०८१, मंगलवार

प्युठान, ११ भदौ  ।
प्युठान नगरपालिका– ९ र १० बुढादेवीमा विस्थापित परिवारको पुनःस्थापनाको कुनै टुंगो छैन् । एक महिना अघि घरमा बाढी पस्दा विस्थापित परिवारको पुनःस्थापना नहुँदा पीडितहरू चिन्तित छन् । आफन्त, भाडाको घरमा बसेका पीडितहरूलाई सरकारले पुनःस्थापना गर्न कुनै कदम नचालेको गुनासो गर्न थालेका छन् ।

साउन १० गते भुसवाङ खोलामा लेदो सहितको बाढी आइ घरमा पस्दा प्युठान नगरपालिका–९ र १० का १५ घर विस्थापित भएका थिए । त्यस मध्ये ७ घर पूर्ण रूपमा विस्थापित छन् । प्युठान नगरपालिका–१० की बाढी पीडित पार्वता सुनारले सरकारले आफ्नो आवासको टुंगो लगाइदिनु पर्नेमा केही चासो नदेखाएको गुनासो गरिन । गत वर्ष पनि वर्खा याम शुरु भएपछि विस्थापित भइ दुई महिनामा घरमा फर्केको बताइन । विस्थापित समयमा स्थानीय सरकारलाई सुरक्षाको लागि अनुरोध गरेपनि वेवास्था गरेका कारण यस वर्ष पनि सोही नियती भोग्नु परेको छ ।

‘हाम्रो माग सुनुवाई भएन, सोही कारण यस वर्ष समस्या थप भइ विस्तापित हुनुप¥यो,उनले भनिन्,‘यस वर्ष त घर फर्किन मिल्ने छैन् अव कहा जाने ? कति दिन अरूको घरमा बस्ने ?’
सुनार प्युठान नगरपालिका–९ पारपाखा स्थित देवरको घरमा सहारा लिएर बसेकी छन् । पक्की घर काम नलाग्ने भएपछि श्रीमानको जीवनभरको कमाई खेर गएको छ । घर बनाउनका लागि जग्गा भएपनि पुरिएर क्षतिग्रस्त घर बनाउँदाको ऋणले घर बनाउन नसकिने अवस्था रहेको उनको भनाइ छ ।

प्युठान नगरपालिका–१० कै लिल बहादुर नेपालीको घरमा बाढी पस्दा बस्न योग्य छैन् । स्थानीय बजारमा जुत्ता सिलाएर गुजारा गरेका उनी पनि पुनःस्थापनाको पर्खाइमा रहेको बताउछन् । ‘हामी हाम्रा जग्गामा घर बनाउन चाहन्छौं’ नेपालीले भने,‘त्यसका लागि स्थानीय तह सहित सबै सरकारले चासो सहयोग गर्नुप¥यो ।’ बाढीले सताइरहेको क्षेत्रको सुरक्षाका लागि दीर्घकालिन योजना लिनुपर्ने उनको भनाइ छ ।

प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु योगीले बाढीपीडितहरूको विषयमा छलफल गर्न कार्यपालिकाको बैठक आयोजना गरी छलफल गरिने बताए । उनको भनाइ अनुसार बाढी प्रभावित भएको एक महिनासम्म विस्थापित परिवारको पक्षमा कुनै योजना बनाउन सकेको छैन् । ‘बाढी रोक्नका लागि नगरपालिकाले बायोयञ्जिनियरिङ गर्न डिपिआर गर्न थालेको छ ‘नगर प्रमुख योगीले भने, ‘डिपिआर पश्चात सबै सरकोरवालाहरूसंग अन्तरक्रिया राखेर तीनै तहका सरकारले काम गर्ने गरी समन्वय गर्दैछौ ।’

गत वर्ष मल्लरानी–४ खलङ्गा पातिहाल्ना बुकेनी सोलाहाल्ना हुँदै अर्घाखाँची गुल्मी जोड्ने सडक निर्माण भएदेखि खोलामा बाढी आउन थालेको छ । बुढादेविको शिरमा खलंगादेखि अर्घाखाँची जोड्ने सडक खन्दा भूक्षय रोक्ने कुनै विधि प्रयोग नहुँदा दुई वर्ष देखि बर्षायाममा समस्या झेल्दै आएका छन् । सडक डिभिजन कार्यालय प्युठानले भूक्षय रोक्न बायो इञ्जिनियरिङ गरेपनि पानी परेपछि बाढी रोकिएको छैन् । बुढादेवीका २३ घर बाढीबाट प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?