ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

गण्डक बाँध अग्लो बन्दै

१० भाद्र २०८१, सोमबार
१० भाद्र २०८१, सोमबार

नवलपरासी, १० भदौ ।
गण्डक पीडितद्वारा विगत बर्षमा गरिएको संघर्ष र भारतिय पक्षसँग भएको सहमति अनुसारको काम अगाडि बढाउँदै वि ग्याप बाँधको उचाई बढाएर पिच गर्न थालेको छ । गण्डक पीडितहरूको पटक–पटक ताकेता पश्चात अहिले भारतिय पक्षले सो सडक विच गर्न थालेपछि स्थानीयलाई उत्साही समेत बनाएका हो ।

नेपाल सरकारले कुटनीतिक तरिकाले काम गर्न नसके पनि नेपाली जनताले गण्डक क्षेत्रमा संघर्ष समिति गठन गरि भारतको पानी रोकेर आन्दोलनमा उत्रेर गण्डक क्षेत्रमा आवश्यक काम गर्न सम्झौता गराएका थिए । जुन काम क्रमशः भारतयि पक्षले अहिले गरिरहेको स्थानीयबासीले बताए । यो गण्डक पीडितका लािग भारतिय पक्षले गर्न थाले पछि अहिले गण्डक क्षेत्रमा उपलब्धीहरूको रूपमा समेत लिन थालेको छन । गण्डक पिडितसँग भएका सहमति भारतिय पक्षले एक प्रति आर्को कार्य गर्न थाले छ, गण्डक नदी नियन्त्रण संघर्ष समितिका पूर्व प्रवक्ता प्रेम चन्द्र गुप्ताले भने, अहिले गण्डक क्षेत्रका बासिन्दा त्यसलाई उपलब्धीको रूपमा हेर्न थालेका छन् ।

२०६५ सालमा गण्डक संघर्ष समिति गठन गरि गण्डक नदी (नारायणी) बाट हुने गरेको क्षति ब्यवस्थापन गर्न भारतिय पक्षले काम नगरेको भन्दै ३१ दिनसम्म भारतिय नहरमा पानी रोकेर आन्दोलन गरेका थिए । भारतिय मुख्य पश्चिमी नहर भित्र नै टेण्ट टागेर आन्दोलनमा उत्रिएपछि भारतीय पक्षले स्थानीय प्रशासनको समन्वयमा संघर्ष समितिसँग छलफल गर्न बाध्य भएको थियो । छलफल पछि संघर्ष समिति र गण्डक परियोजना कार्यालय बाल्मिकी नगरका अधिकारी तथा भारतिय प्रशासनका अधिकारीहरूले २१ बुँदे काम गर्न लिखित सम्झौता गरेका थिए । पीडितहरूले ब्यतिmगत रूपमा पाउने क्षतिपूर्ति बाहेक अन्य गण्डक संरचना सम्बन्धी धेरै काम भारतले गरि रहेको छ । गण्डक पीडितले पाउने २ अर्ब ९३ करोड क्षतिपूर्ति बाहेक हालसम्म १० अर्ब बढिको काम भारतीय पक्षबाट भई सकेको संघर्ष समितिका पूर्व प्रवक्ता समेत रहेका स्थानीय गुप्ताले जनाए ।

सम्झौताको केही बर्ष भित्रै भारतीय पक्षद्वारा भत्किएको अवस्थामा रहेको गण्डक बाँध अन्तर्गत ए ग्याप बाँध, बि ग्याप बाँध, नेपाल बाँध,लिँक बाँधहरू र भारतिय मुख्य पश्चिमी नहरको सर्भिस रोड पिच गर्ने काम गर्यो, गुप्ताले भने,यसले गण्डक क्षेत्रमा झण्डै ७६ किलोमिटरको चक्रपथ नै बन्यो । गण्डक पीडितलाई यातायातमा राहत मिल्यो । बर्षेनी गण्डक बाँधका विभिन्न स्परहरू मर्मत गर्ने काम गर्दै आएको छ । स्परहरू भत्किएको अवस्थामा थियो,जस्ले गर्दा स्पर बर्षेनी नदीमा आउने बाढीले बगाउदै छोटो बनाउदै आएको थियो । तर जब देखी मर्मत सम्भार काम शुरु छ,तब देखी स्परहरूलाई पक्कि बनाउने, नोजहरू बनाउने, बेसहरू बनाउने कार्य नियरन्तर चल्दै आएको छ ।

पानीको बहावलाई नियन्त्रण गर्नका लागि हजारौको संख्यामा नदी भित्र परक्युपाइन राखिएका छन् । ब्लकहरूले पानी नियन्त्रण गर्ने कार्य भई रहेको छ । गण्डक ब्यारेज देखि त्रिवेणीघाटसम्मको पर्खाल पनि भारतिय पक्षद्वारा निर्माण भइसकेको अवस्थामा पुगेको छ ।

सले नेपाल तर्फ पनि गण्डक क्षेत्रमा पर्यटकिय पुर्वाधारको रूपमा पनि देखिन थालेको छ । त्यसै गरि साईफलहरूको नियमित सफाई गर्ने कार्य पनि भई रहेको छ । गण्डक क्षेत्रमा भई रहेको कामले स्थानिय स्तरमा रोजगारीको समेत सृजना गरेको पुर्व प्रवक्ता गुप्ताले बताए । गण्डक मर्मत सम्भार नियमित भई रहेका स्थानिय टेक्टर भएका व्यक्तिको ढुवानी गर्न काम पाएका छन्,मजदुरहरूले पनि त्यहाँ काम गर्न पाएका छन् । यसले स्थानिय स्तरमा रोजगारी सृजना भएका देखिन थालेका छ ।

अहिले बि ग्याप बाँधलाई डेढ मिटर अग्लो बनाउने कार्य शुभारम्भ भएको छ,स्थानिय लख्खु यादवले भने, यो बाँधको उचाई बढनुका साथै बाँधमा दुई लैनको सडक पनि बन्ने छ । सो सडकले स्थानिय पुर्वाधारलाई सघाउने छ । बाँध सडकसँगै भए पछि नदीबाट अति ठूलै बाढी आउने बाहेकको समय बाहेक बाढीबाट लगभग सुस्ताबासी सुरक्षित हुने अवस्था देखिन थालेका छ । बाँध र सडक निर्माणले नदी किनारमा पर्यापर्यटन फस्टाउने सम्भावना देखिन थालेको उनको भनाई छ । गण्डक भित्र जलविहार गराउने,बाँधको पश्चिम तर्फ निजी जग्गावालाले नदीबाट शुरक्षा देखिन थालेका कारण अब बाँध नजिकै पर्यटन ब्यवसायका लागि आवश्यक पुर्वाधार बनाउने पनि चर्चा गर्न थालेको यादवले जनाए ।

बौद्धधर्मावलम्बीहरूको पवित्र स्थल अनोमाघाट देखी हिन्दुहरूको पवित्र स्थल गजेन्द्रमोक्ष धामसम्मको सडक पुर्वाधार गण्डक सहमति अनुसार नै भारतले बनाई दियो,उनले भने, विचको ११ किलोमिटर पुरै पर्यटन बजारको रूपमा अब विकास गर्न सक्ने सम्भावना देखिन थालेको छ । अभिषाप बनेको गण्डक अब केही बर्षमै बरदानको स्वरूप पाउनेमा उनले विश्वास ब्यतm गरेका थिए । यतिको लामो पर्यटकिय क्षेत्रको सम्भावना बोकेको नेपालकै सबै भन्दा ठूलो हुने दाबी यादवले गरे । नेपालमा कोशी,कर्णाली र महाकाली जस्ता अन्य ठूला नदीहरू छन् ।

पर्यापर्यटनले ति क्षेत्र पनि महत्वपुर्ण छन् । तर ति स्थानमा ऐतिहासिक र पौराणिक महत्व बोकेको पवित्र तिर्थ स्थल भनेर स्थान देखिदैन् । तर यो गण्डक क्षेत्र ठूलो धार्मिक क्षेत्रको सम्भावना बोकेको क्षेत्र छ । जहाँ नेपालको बोध गया भनेर अनोमाघाटको विकास भई रहेको छ र नेपालको हरिद्धार भनेर गजेन्द्रमोक्ष धामले कोल्टे फेर्दैछ । अहिले पनि करोडौको लगानीमा गजेन्द्रमोक्ष धाम त्रिवेणीमा ठूलो होटलहरू निर्माणाधिन छन् । गण्डक नदी पुर्व रहेको सुस्ता भुमि जोड्न नेपालकै सम्भवतः ठूलो झोलुगेँपुलको निर्माण कार्य समेत सम्पन्न भएको हुदा अहिले सो स्थानमा नेपाली तथा भारतिय पर्यटकको घुईचो छ, उनले भने, पुल हेर्न आउने पर्यटकलाई पुल देखी करिब ९ किलोमिटर त्रिवेणीधामसम्म पुग्न यहिँ वि ग्याप बाँध हो । बाँधको सडक पक्कि भए पछि पुल देखी धामसम्मको पुरै क्षेत्र पर्यटकिय आकर्षणको क्षेत्र बन्नेमा उनले विश्वास व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?