ट्रेंडिंग:

>> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे

सेयर बजार ओरालो लाग्दै, कारोबार रकममा वृद्धि

२६ आश्विन २०८२, आइतबार
२६ आश्विन २०८२, आइतबार

काठमाडौँ ।

सेयर बजार परिसूचकमा आज पनि उच्च गिरावट आएको छ । गत साता झण्डै ८० अंकको क्षति व्यहोरेको सेयर बजार आइतबार ७८.८३ अंकले घटेको हो । यससँगै बजार परिसूचक २५०३.५३ अंकमा झरेको छ ।

कारोबारको सुरुवातदेखि नै उच्च अंकले घटेको बजार पहिलो २ घण्टासम्म लगातार ओरालो लागेको थियो । यस अवधिमा बजार झण्डै ८७ अंकले घट्दै २४ सयको लाइन छोएको थियो ।

त्यसपछि बजार केही सम्हालिएको देखियो । अन्तिम २ घण्टामा सामान्य सुधार हुँदै बजार २५ सयभन्दा माथि रहेर बन्द भएको हो ।

आज बजारमा होटल तथा पर्यटन क्षेत्रमा ४.८४ प्रतिशत र अन्य क्षेत्रका कम्पनीमा ४.७९ प्रतिशतको सर्वाधिक गिरावट देखिएको छ । फाइनान्स, हाइड्रोपावर र इन्भेष्टमेन्ट समूहमा पनि ३ प्रतिशतभन्दा बढीको गिरावट आएको छ । सबैभन्दा कम गिरावट म्युचुअल फण्ड समूहमा देखिएको छ, जुन ०.९९ प्रतिशतको हो ।

यद्यपि आज कुनै पनि कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छैन, तर ३५ वटा कम्पनीको मूल्यमा ५ प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ । यसबीच, नेपाल माइक्रो इन्स्योरेन्सको मूल्यमा ६.०१ प्रतिशतको वृद्धि भएको छ, जुन आजको बजारमा सबैभन्दा बढी वृद्धिदर हो ।

आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा नेपाल रिइन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । यस कम्पनीको ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसपछि क्रमशः एनएलजी इन्स्योरेन्सको ३७ करोड र युनियन हाइड्रोपावरको ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?