ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

कांग्रेस क्षेत्र नं. ३ रुपन्देहीको बैठकमा राष्ट्रिय प्रशिक्षण कार्यक्रमबारे छलफल

१० भाद्र २०८१, सोमबार
१० भाद्र २०८१, सोमबार

बुटवल, १० भदौ ।

नेपाली कांग्रेस क्षेत्र नं. ३ रूपन्देहीको ‘२२औं नियमित बैठक’ भैरहवामा सम्पन्न भएको छ । बैठक पार्टीका केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्वसभापति, प्रदेशसभा सदस्य, जिसस प्रमुख, पालिका प्रमुख÷ अध्यक्ष, उपाध्यक्ष लगायतको सहभागितामा सम्पन्न भएको थियो । सो बैठकमा आउँदो कात्तिक ३० देखि मंसिर १ गतेसम्म नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीले केन्द्रिय कार्यक्रम अन्तर्गत ‘केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’को समन्वयमा “प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरुको २ दिने प्रथम राष्ट्रिय प्रशिक्षण कार्यक्रम” को तयारी सम्बन्धमा विभिन्न छलफल गरेको छ ।

बैठकमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य अब्दुल रज्जाकले यो राष्ट्रिय प्रशिक्षण कार्यक्रम रुपन्देही जिल्लाको लागि महत्वपूर्ण अवसर रहेकाले सबैजना मिलेर यसलाई सफल बनाउनुपर्ने बताए । कार्यक्रमले देशैभरिका क्षेत्रीय सभापतिहरुलाई एकै ठाउँमा ल्याउँदा समग्रमा पार्टीको संगठन बलियो र प्रभावकारी बनाउनुका साथै यसले आन्तरिक पर्यटनको विकाश र शान्तिका अग्रदुत भगवान् गौतम बुद्धको प्रवेशद्वार भैरहवालाई चिनाउन मद्दत पुग्ने बताए ।

बैठकमा केन्द्रिय सदस्य महिला नेतृ गंगा शाही, जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, लुम्बिनी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री वसीउद्दीन खाँ, जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चापाई, महासमिति सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, नेपाली कांग्रेस, क्षेत्र नं. ३, रुपन्देहीका क्षेत्रीय सभापति सुशील गुरुङ्ग, लुम्बिनी सास्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान, सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद श्रीवास्तव, उपाध्यक्ष प्रियन्का कुमारी सिंह, सियारी गाउँपालिकाका उपाध्यक्ष तारा थारु, ओमसतिया गाउँपालिकाका उपाध्यक्ष सुनीता चौधरी, क्षेत्रीय सचिव भवानी शर्मा, कोषाध्यक्ष कृष्ण खनाल, सहसचिव कुल प्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
बैठकमा तिलोत्तमा नगरपालिका नेपाल भरिमा आर्थिक वर्ष २०७९÷०८० मा नेपाल सरकारको स्थानीय तह मूल्याङ्कनमा दोस्रो भएकोमा जिल्ला सभापति तथा तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाणलाई केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य अब्दुल रज्जाकले खादा लगाएर सम्मान गरेका थिए । क्षेत्रीय उपसभापति घनश्याम चालिसे तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराईले आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?