ट्रेंडिंग:

>> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो

डेल्टाको जुत्ता मेला बिथोल्न व्यापार संघको दादागिरीः उद्घाटन अघि नै तोडफोड (भिडियोसहित)

९ भाद्र २०८१, आइतबार
९ भाद्र २०८१, आइतबार

बुटवल, ९ भदौ ।

लुम्बिनी फलफुल तरकारी थोक ब्यवसायी संघका पूर्व अध्यक्ष केशव कुँवरले सामाजिक संजालमा लेखेका छन । ‘यहाँका स्थायी जन्मजातका नागरिक ब्यवसायी ब्यापार संघमा छ ? सबै आयातित नै हौ । भाटभटनीले बुटवल लगायत नेपाल भरिका लाखौं ब्यबसायीहरुलाई बिस्थापित गराउँदा अझैसम्म आवाज उठाएको पाइएन । यो लिखित सूचना जारी गर्दा सोच र विचार पुर्याएको देखिएन । लहैलहैमा स्वार्थ अनुसार नजान सुझाव छ । भाटभटेनी पूँजिवादको नमुना हो । एक जनाले लाखौंलाई डुबाउने यस्ता विषयमा छलफल गरौ !’

दोस्रो बुटवल जुत्ता÷चप्पल व्यापार मेला २०८१ को उद्घाटनको तयारीमा आइतबार बिहानै देखि कर्मचारीहरु खटिएका थिए । डेल्टा परिसरमा लगाइएको टेन्टमा विभिन्न आठ कम्पनीका जुत्ता उनीहरु सजाउँदै थिए । बिहान ९ बजेको समयमा एकाएक एक हुल ब्यापारीहरु आएर ब्यानर र गेट तोडफोड गरे । उनीहरुले कर्मचारीलाई हातपात समेत गरेको भिडियोहरु सामाजिक संजालमा आए । आगलागीबाट ठुलो क्षति ब्यहोरेको डेल्टाले दुई महिनापछि फेरि उठ्ने प्रयास गरेको हो । टेन्ट लगाएर जुत्ता मेलामार्फत आफ्ना उपभोक्तालाई सेवा दिने तयारी भैरहँदा यहाँकै केही ब्यापारीहरुबाट नै बिरोध भएको हो ।बिरोधमात्र गरेर मेलास्थलमा आएर कुनै पनि हालतमा मेला लगाउन नदिने उनीहरुबाट धम्की आएको कर्मचारीहरुले बताए ।

मेलाका संयोजक प्रकाश भुसालले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाली लुगा घरले डेल्टा कम्प्लेक्स परिसरमा जुत्ता मेला गर्न लागेको बताए । ‘हामीले बिदेशी सामान बेच्ने होईन’—उनले प्रष्ट पारे । स्वदेशी उद्योगका जुत्ताहरु बुटवलका उपभोक्तालाई छुटमा दिने गरी मेला लगाउन लागेको उनले दाबी गरे । ‘हामीले वडाबाट समेत स्वीकृति लिएका छौ’—उनले भने ।

यता, रुपन्देही ब्यापार संघले उक्त मेला रोक्नका लागि बुटवल उपमहानगरपालिका वडा नम्बर ८ लाई ध्यानाकर्षण पत्र पठाएको थियो । पत्रमा बुटवल बाहिरका समूहले जुत्ता तथा फेन्सी मेला लगाउन वडाबाट स्वीकृति प्रदान गरिदा यसले बुटवलका ब्यापारीलाई प्रत्यक्ष रुपमा असर पर्ने हुँदा बन्द गर्नुपर्ने भनिएको छ ।

मेला स्थलमा तोडफोडको विषयमा संघका अध्यक्ष दिपक अधिकारीले भने आफूलाई कुनै जानकारी नभएको दाबी गरेका छन् । यद्यपि उक्त मेलाबाट स्थानीय व्यवसायी मर्कामा पर्ने भएकाले संघले मेला रोक्न ध्यानाकर्षण गराएको उनले उल्लेख गरे ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विश्वव्यापीकरणको दुनियाँमा हरेक नागरिकले जुनसुकै ठाउँमा गएर व्यापार व्यवसाय गर्न पाउने बताए । यद्यपि यो स्थानीय पालिकाको सरोकारको विषय भएकाले आफूले यसमा केही गर्न नसक्ने उनले उल्लेख गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?