ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

जलबिनायक ‘गणेश रथ यात्रा’

स्वयंउत्पत्ति भएका दाहिने सुढे गणेशमा भोग चढ्छ । हरेक वर्ष गणेश चतुर्थीमा समयवजी, छोयला, रक्सि, हलुवाको भाग चढाईन्छ ।
९ भाद्र २०८१, आइतबार
९ भाद्र २०८१, आइतबार

बुटवल, ९ भदौ । हिन्दु धार्मिक ग्रन्थहरुमा भगवान गणेशको वर्णन पाउछौ । गणेश भगवानको उत्पत्तिदेखी पहिलो पुजा गर्नुको रहस्यहरु हामीले ग्रन्थहरुमा धेरैपटक सुनेका र पढेका छौ । भगवान शिव र पावर्तीको पुत्र गणेशलाई हरेक शुभ कार्य गर्दा पहिलो पुजा गर्ने परम्परा छ । बुटवलको पुरानो श्री ७ जल विनायक गणेश मन्दिर पनि धार्मिक र ऐतिहासिक महत्वकै कारण परिचित छ । नेवार समुदायको बाहुल्यता रहेको पारी बुटवलमा हरेक वर्ष भदौ तृतियको दिन गणेश मन्दिरमा पुजा र भोलीपल्ट जात्रा निकाल्ने गरिन्छ ।

सास्कृतिक रुपमा धनि मानिएको पारी बुटवलबासीहरु हरेक पर्व र चाड भब्य रुपमा मनाउने गर्दछन । शुक्रबार अबेर रात्रीमा गणेश रथयात्रा निकालिएको छ । धार्मिक मान्यता अनुसार भदौ तृतियको दिन गणेश मन्दिरमा जाग्राम बस्ने र भोलिपल्ट गणेशको जात्रा निकाल्ने प्रचलन अनुसार कार्यक्रम गरिएको जलबिनायक गणेश मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सुवेन्द्र श्रेष्ठले बताए । ‘विहिबार भजनकृतन गरि जाग्राम बस्यौ र शुक्रबार रथ यात्रा निकाल्यौ ।’—उनले भने । रथयात्रालाई घरदैलोबाट दर्शन गर्ने र पुजा गरिन्छ । गणेशको मुर्तिलाई रथमा राखेर नगर परिक्रमा गर्ने प्रचलन पुरानो हो । विगत लामोसमय देखि गणेश रथयात्रा निकालिदै आएको उनले बताए ।

रथयात्रा मन्दिर परिसरबाट निस्केर गढिटोल, लायन्स आँखा अस्पताल परिक्रमा गरेर पुनः मन्दिरमा आएर समापन गरिन्छ । धर्म संस्कृति र संस्कारलाई जीवन्त राख्ने सहर बटौलीमा गणेश जात्रासंगै लाखे नाच समेत निकालिनु प्रसंशनीय काम भएको ईतिहासविद् देबेन्द्रराज शाक्य बताउछन । बुटवललाई सास्कृतिक नगरको रुपमा जिवन्त बनाउन यस्तै धर्मसंस्कृतिलाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ ।

यस्तो छ किवदन्ती

बुटवलमा श्री ७ जल विनायक गणेश जात्रा चलाउन लागेको लामोसमय भएको छ । करीब ढाई सय वर्ष पहिले जल बिनायक स्वयंउत्पत्तिमान भएको मानिन्छ । सो समयपछि नै यहा जात्राको शुरुवात भएको हो । कदम चोकका गणेश बहादुर श्रेष्ठले सबेरै तिनाउ नदीमा स्नान गदर्थे । मंगलबारको दिन एक दिन उनि नुहाउने क्रममा तिलोत्तमा नदीमा उनको टाउको पथ्थरमा ठोक्कियो । नदीबाट निकालेर हेर्दा गणेशको मुर्ति देखे । उनले नै हालको जलबिनायक मन्दिरमा मुर्ति स्थापना गरेका थिए ।

प्रत्येक वर्ष चतुर्थीमा गणेश रथ यात्रा निकाल्न थालियो । विशेष गरि तृतियमा भजन गर्ने, जाग्राम बस्ने र अर्को दिन जात्रा निकाल्ने प्रचलन रहेको छ । गणेशको सुढको आधारमा पुजा गर्ने फरक प्रचलन रहेको पाउछौ । यहा रहेको गणेश दाहिने सुढ भएको उग्र रुपको गणेश मानिन्छ । जसलाई भोगका रुपमा समयवजी, छोयला, एैला, हलुवा चढ्छ । यहाँ नेवार पुजारीबाट दैनिक पुजापाठ गरिन्छ । जलबिनायक गणेश मन्दिरको धार्मिक महत्व छ । यहाँ विभिन्न स्थानबाट भाकल पुरा भएकाहरु भोग चढाउन आउछन । हरेक काम पूरा गर्न गणेशलाई भाकल गर्ने गर्दछन ।
जलबिनायक गणेश मन्दिर ब्यवस्थापन समितिका कोषाध्यक्ष सहनसिल श्रेष्ठले मन्दिरकै नाममा जग्गामा पुर्वाधार निर्माण भएको बताए ।

चन्दादाताहरुको सहयोगमा ट्रष्ट निर्माण गरिएको छ । स्थानिय पालिकाबाट निरन्तर सहयोग हुदै आएको उनले बताए । मन्दिरको वर्तमान स्वरुप निमार्ण बिस २०५१ सालमा सुर्य प्रसाद प्रधान नगरप्रमुख हुदा भएको हो । यसैगरि भर्खरमात्र पालिकाबाट बाद्यबादन सहयोग पाएपछि प्रत्येक मंगलबार भजनकृतन गरिदै आएको छ । मन्दिरको अक्षयकोषसमेत स्थापना गरिएको उनले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?