Butwal Today

नेपाल निर्माण उद्योग परिषद लुम्बिनी प्रदेशमा नारायण भुषाल

९ भाद्र २०८१, आइतबार
अ+
अ-

बुटवल, ०९ भदौ । नेकपा एमाले सम्बध निमार्ण ब्यवसायीहरुको संस्था नेपाल निर्माण उद्योग परिषद लुम्बिनी प्रदेश कमिटिमा नारायण प्रसाद भुषालको अध्यक्षतामा ३१ सदस्यीय नया कार्य समिति सर्वसम्मत निर्वाचित भएका छन । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा आईतबार भएको दोस्रो अधिवेसनबाट परिषदको वरिष्ठ उपाध्यक्ष नरेश बहादुर शाही (बाके), प्रथम उपाध्यक्ष गोपाल पौडेल (पाल्पा), द्धितिय उपाध्यक्ष राम बहादुर भण्डारी (नवलपरासी), तृतिय उपाध्यक्ष गुन्ज कुमार गुप्ता कपिलबस्तु, महासचिव जबिन कक्षपति (रुपन्देही), उपमहासचिव (नीतिगत) सन्तोष रेग्मी (बर्दिया), उपमहासचिव (आन्तरिक) दिपेन्द्र केसी (प्युठान), कोषाध्यक्ष राकेश कुमार पाण्डे (दाङ), सहकोषाध्यक्ष प्रयास खड्का रुपन्देही रहेका छन ।

यसैगरि सदस्यहरुमा रेशम केसी ( दाङ), सचिन थापा (बाके), दधिराम पाण्डे (गुल्मी), रमेश बेल्बासे (रुपन्देही), अच्युत राज गौतम (रुपन्देही), माधव भुषाल (अर्घाखाची), रोशन वली (रोल्पा), कृष्ण बहादुर खड्का ( रुकुम) रहेका छन । यसैगरि लुम्बिनी प्रदेश अन्तरगत नेपाल निर्माण उद्योग परिषदका १२ जिल्ला अध्यक्ष प्रदेशको पदेन सदस्य रहने ब्यवस्था छ ।

नवनिर्वाचित अध्यक्ष नारायण प्रसाद भुषालले संघको नारा ‘दिगो निर्माण, विकासको आधार, राष्ट्रको समृद्धि, गुणस्तरीय पूर्वाधार’ अनुसार नै आफु संस्थाको हकहितमा काम गर्ने प्रतिवद्धता जनाए । एक समारोहका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अधिवेसनको उद्घाटन गर्दै निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकार लागेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?