ट्रेंडिंग:

>> २ लाख ९५ हजार नाघ्यो सुनको मूल्य, एकैदिन तोलामा १० हजार ४ सयको वृद्धि >> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ

द्वन्द्व पीडित स्थानीय सरकारबाट पनि उपेक्षित

रोल्पाका स्थानीय तहहरूमा नेकपा माओवादी केन्द्रको बलियो उपस्थिति रहेपनि उनीहरूले सशस्त्र युद्धका घाइते, अपांग तथा मृतकका परिवारलाई लक्षित कार्यक्रम, रोजगारी तथा सीप विकासका प्रभावकारी कार्यक्रम संचालन गर्न सकेका छैनन् ।
९ भाद्र २०८१, आइतबार
९ भाद्र २०८१, आइतबार

रोल्पा, ०९ भदौ ।
रोल्पा नगरपालिका–१० का टिकाराम वली विगत १५ वर्ष यता वैदेशिक रोजगारीमा छन् । उनी अहिले साउदी अरबको एक कम्पनीमा काम गर्छन् । उनी मात्र हैन, उनको परिवारका अन्य तीन भाई पनि वैदेशिक रोजगारीमा छन् । माहिलो भाई वीरबहादुर वली र कान्छो भाई सुभान वली पनि साउदी अरबमै रहँदा माहिलो भाई भने वैदेशिक रोजगारीकै क्रममा साउदी रहेको बेला बिरामी परे । किड्नीमा समस्या देखिएपछि स्वेदश फर्किएका उनी अहिले घरमै आराम गरिरहेका छन् ।

टिकाराम ११ वर्षको छँदा वुवा सेते वलीलाई ४ कार्तिक २०५७ मा प्रहरीले हत्या ग¥यो । माओवादीको पूर्णकालिन कार्यकर्ता सेते वली घरमै आएको वेला प्रहरीले छोपेर गोली हानि हत्या गरेको थियो । वुवाको हत्या हुँदा टिकाराम ११ वर्ष, वीरबहादुर ८ वर्ष, दुर्गा ५ वर्ष, सुभाव ३ वर्ष र बहिनी गोमा वली गर्भमा थिईन् । गोमाले अहिले स्नातक तह अध्ययन गरिरहेकी छिन् ।

बुवाको हत्यापछि बाजे बज्यैको सहारामा बाँचेका उनीहरू सानैदेखि माओवादी समर्थक बने । सशस्त्र युद्ध अवधिभर उनीहरूले माओवादीलाई सहयोग गरिरहे । सानैमा अभिभावक गुमाएका उनीहरूलाई पार्टी नै सबथोक थियो । टिकाराम भन्छन्–‘शान्ति प्रक्रियामा आएपछि माओवादीले आफन्तलाई चेप्न थाल्यो । युद्धमा सबथोक गुमाएकाहरू पार्टीबाट वहिष्कृत हुँदै गए, अवसरवादी र नवप्रवेशीहरूको पार्टीमा हालिमुहाली चल्न थाल्यो । द्वन्द्व पीडितहरू किनारामा पर्दै गए, साँझ के खाउँ, बिहान के खाउँको अवस्थामा पुगेपछि देश बदल्न हिँडेकाहरू बाटो बदल्न विवस भए । धेरैको गन्तव्य वन्यो वैदेशिक रोजगारी ।’

टिकाराम रोजगारीका लागि खाडी जान बाध्य भए । गाउँकै साहुसँग मासिक ३ प्रतिशत व्याज दिने गरि १ लाख २३ हजार ऋण लिए । घरको आर्थिक अवस्थाका कारण भाईहरूले पनि विद्यालय जान सक्ने अवस्था नभएपछि क्रमशः विदेशिदै गए । गाउँकै साहुँसँग ऋण लिएर उनीहरू सवै चार भाई विदेशिएका थिए ।

राज्य सत्तामा आमूल परिवर्तनको नारा दिएर १ फागुन २०५२ बाट सुरु भएको माओवादी सशस्त्र द्धन्दमा रोल्पा द्वन्द्वको केन्द्र थियो । दशक लामो द्धन्दमा रोल्पामा ९४६ जनाको मृत्यु भयो । ३३ जना अझै वेपत्ता छन् । रोल्पामा मात्रै विशिष्ट श्रेणी र प्रथम श्रेणीका क्रमशः ७७ जना र ५९५ जना अन्य घाइते गरि जिल्लामा कुल ६७२ जना घाइते छन् । द्वन्द्वका क्रममा २०१ जना अपहरणमा परेका थिए । द्वन्द्वमा श्रीमान् गुमाई एकल भएका ३२३ र हालसम्म श्रीमान् वेपत्ता भई एकल जीवन विताईरहेका ७ गरि ३३० जना एकल महिलाहरू छन् । द्वन्द्वमा राज्य पक्षवाट ७६२ जना, विद्रोही पक्षवाट १६५ जना, दोहोरो भिडन्तमा ८ जना र पक्ष नखुलेका ११ जना गरि ९४६ जनाले ज्यान गुमाएका थिए । सो अवधिमा राज्य पक्षवाट ६ जना र विद्रोही पक्षवाट २७ जना गरी जम्मा ३३ जना अझै पनि वेपत्ताको सूचीमा छन ।

शान्ति प्रक्रियापछि नेकपा माओवादी पटक पटक सत्तामा गयो । २०६३ यताका १७ वर्षमा झण्डै १५ वर्ष सरकारमा रहेको नेकपा माओवादीले ३ पटक सरकारको नेतृत्व समेत ग¥यो । यस अवधिमा रोल्पाका नन्दवहादुर पुन २ अवधि उपराष्ट्रपति भए । ओनसरी घर्तीमगर र कृष्णवहादुर महरा सभामुख भए । लुम्विनी प्रदेश सरकारमा रोल्पाका कुलप्रसाद केसी र जोखवहादुर महरा पालैपालो मुख्यमन्त्री भए । वर्षमान पुनले २ पटक र कृष्णवहादुर महराले १ पटक अर्थमन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालय सम्हाले । संविधान जारी भएपश्चात भएका २ वटा स्थानीय तह निर्वाचनमा रोल्पाका १० मध्ये ७ स्थानीय तह जितेको नेकपा माओवादी केन्द्रले वलियो उपस्थितिसहित स्थानीय सरकार संचालन ग¥यो । २०७९ सालमा सम्पन्न दोश्रो स्थानीय तह निर्वाचनमा समेत उसले ७ वटा स्थानीय तहमा निर्वाचित भएर सरकार संचालन गरिहेको छ ।

शान्ति प्रक्रियापछि नेकपा माओवादीले ठूलो अवसर लिएपनि माओवादीलाई साथ र सहयोग गर्ने सशस्त्र युद्धका घाईते अपांग, मृतकका परिवारलाई भने त्यो सरकार कागलाई वेलपाक्यो हर्ष न विस्मात हुन पुग्यो । सशस्त्र युद्धका घाईते अपांग तथा मृतकका परिवारहरूका लागी माओवादी नेतृत्वको तीनै तहका सरकारले कुनै पनि प्रभावकारी कार्यक्रम ल्याउन नसक्दा उनीहरू खाडीमा रगत पसिना वगाउन वाध्य हुन पुगेका छन् । अमेरिकी सामाज्यवाद विरोधी स्कूलिङले दिक्षित तिनै कार्यकर्ता अवैध वाटो हुदै अमेरिका जाने क्रम समेत वढ्दै जान थालेको छ । रोल्पाका वस्ती तथा घरहरू विस्तारै रित्तिदै जान थालेका छन् ।

सात हजार १ सय ३३ घरधुरी रहेको रोल्पा नगरपालिकाबाट मात्रै २ हजार ८ सय ८१ घरधुरीका तीन हजार १ सय ६४ युवा वैदेशिक रोजगारीमा छन् । वैदेशिक रोजगारीमा रहेका नगरवासीको यो संख्या पालिकाको कुल घरधुरी संख्याको ४० प्रतिशत हो । उनीहरूमध्ये करिव ७० प्रतिशतको गन्तव्य मलेसिया र खाडी मुलुक हुने गरेको छ जसमा करिव ६ प्रतिशत महिला छन् ।

जिल्ला प्रशासन कार्यालय रोल्पाको अभिलेख अनुसार आर्थिक वर्ष २०७९/०८० मा रोल्पावाट ५ हजार ९५९ पुरुष र १ हजार ५१२ गरि कुल ७ हजार ४७१ युवाले राहादानी लिए । अघिल्लो वर्ष पुरुष ४ हजार ४२६ र महिला १ हजार २२७ गरि कुल ५ हजार ६५३ युवायुवतीले रोल्पा छोडे । यो संख्या राहादानी लिनेहरूको मात्रै हो । कतै अभिलेखिकरण नभएपनि रोल्पावाट ठूलो संख्याका युवायुवती रोजगारीका लागी भारत जाने गर्दछन् । त्यतिमात्र हैन रोजगारीको कुनै विकल्प नभएपछि काठमाण्डौका ईटा भट्टा मात्र हैन, अन्य शहरहरूमा समेत काम गर्ने रोल्पाली युवायुवतीको संख्या निकै ठूलो रहेको वताईन्छ ।

रोल्पाका पालिकाहरूले सशस्त्र द्धन्द वा शहीदको फुर्को झुण्याएर हरेक वर्ष विनियोजन गर्ने वजेट निकै नगण्य हुने गरेको छ । चालु आर्थिक वर्षका लागि जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाले द्धन्द पीडित, विपन्न, एकल महिलाहरूका लागी वाख्रापालन प्रवद्र्धन कार्यक्रम शीर्षकमा २ लाख, विपन्न, एकल र द्वन्द्व पीडित सुनौला हजार दिनका आमाका लागी कुखुरा सहयोगमा ३ लाख विनियोजन गरेको छ । यसैगरि शहीद स्मृती भ्यूटावरका लागी १० लाख, शहीद स्मृती कपका लागी १२ लाख, शहीद, अपांग, घाइते र द्धन्द पीडितहरूको स्वास्थ्य विमाका लागी १५ लाख विनियोजन गरेका छन् ।

नगरपालिकाले विनियोजन गरेको वजेटमध्ये घाईते, अपांग र मृतकका आफन्त प्रत्यक्ष लाभान्वित हुने वजेट निकै कम हुने गरेको वताईन्छ । ‘द्धन्द पिडितहरूले प्रत्यक्ष फाईदा पाउने कार्यक्रमभन्दा पनि स्मृतीकरणका लागी विनियोजित वजेट धेरै हुँदा त्यसको फाईदा प्रत्यक्ष रूपमा घाईते अपांग र मृतकका परिवारले पाउदैनन्’, रोल्पा नगरपालिका २ की द्धन्द पिडित मिना विकले भनिन्, ‘विनियोजन गरेको वजेटमा पनि विभेद हुन्छ, पार्टी, जाति र क्षेत्र हेरेर व्यवहार हुन्छ । द्वन्द्वमा व्रिद्रोही पक्षवाट श्रीमान गुमाएकी विककाअनुसार द्वन्द्व पिडितहरूका लागि मुखवुजो लगाउन ल्याएका साना तिना कार्यक्रम पनि नेताका आफन्त र आसेपासेले दोहो¥याई तेहे¥याइ पाउँछन् । द्वन्द्व पीडितको नाममा आफ्ना समर्थक र कार्यकर्तालाई मात्र अवसर दिने काम भएको द्वन्द्व पीडित श्रीकुमारी घर्तीमगरले बताइन् । ‘जुन पार्टीले जितेको छ, त्यही पार्टीका कार्यकर्ताले मात्रै द्धन्द पीडितको नाममा सेवा सुविधा पाएका छन् । सवै द्वन्द्व पीडितले आवश्यकताका आधारमा अवसर पाउने वातावरण वनाउनुपर्छ’, घर्तीमगरले भनिन्, ‘बलात्कार तथा यौन हिंसा पीडितहरूलाई सरकारले नै सौतेनी व्यवहार गरेको छ । उनीहरूलाई समाजले हेर्ने दृष्टिकोण समेत राम्रो वन्न सकेको छैन ।’

द्वन्द्व पीडितलाई विभेद गर्ने कुनै पनि तहका सरकारलाई छुट नभएको सुनछहरी गाउँपालिका अध्यक्ष धनवहादुर पुनको भनाई छ । आफु पालिकामा निर्वाचित भएर आएपछि सवै द्धन्द पीडितलाई समान व्यवहार गरेको अध्यक्ष पुनको भनाई छ । गाउँपालिका अध्यक्ष पुनका अनुसार सुनछहरी गाउँपालिकाले अघिल्लो वर्ष १९९ घर परिवारको स्वास्थ्य विमाका लागी करिव ७ लाख खर्च गरेको थियो । यस वर्ष स्वास्थ्य विमालाई निरन्तरता दिनुका साथै द्वन्द्व पीडितहरूको साझा चौतारी निर्माण गरी उनीहरूकै अगुवाईमा सीपमुलक तालिम संचालन गर्ने योजना बनाएको छ । जसका लागि पालिकाले दश लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । पालिकामा रहेका एम्वुलेन्समा द्धन्द पीडितहरूका लागि पचास प्रतिशत छुट छ । चालु आर्थिक वर्ष स्मृतीकरणका लागी वजुधुरीमा शहीद गणतन्त्र पार्क वनाउने गरी संघीय सरकारवाट ४५ लाख रूपैयाँ वजेट विनियोजन गरेको छ । जिल्लाका अधिकांश पालिकाहरूले द्धन्दमा पिडितहरूको स्वास्थ्य विमा गराउन वजेट विनियोजन गर्ने गरेपनि लक्षित वर्ग भने यस कार्यक्रमप्रति खासै आकर्षित भएको पाईदैन । सुनछहरी गाउँपालिको अघिल्लो वर्ष सवै शहीद परिवारका सदस्यलाई स्वास्थ्य विमा गराएको भएपनि पछिल्लो वर्ष भने निकै थोरैले मात्रै स्वास्थ्य विमा गरेका थिए । सुनछहरी गाउँपालिका अध्यक्ष पुनका अनुसार स्वास्थ्य विमाप्रति लक्षित समुदायको आकर्षण देखिदैन ।

रोल्पाका स्थानीय तहहरूमा नेकपा माओवादी केन्द्रको वलियो उपस्थिति रहेपनि उनीहरूले सशस्त्र युद्धका घाइते, अपांग तथा मृतकका परिवारलाई लक्षित कार्यक्रम, रोजगारी तथा सीप विकासका प्रभावकारी कार्यक्रम संचालन गर्न सकेका छैनन् । सरकारको यस्तै निरिहताले रोल्पाली युवायुवतीहरू असुरक्षित रूपमा वैदेशिक रोजगारीमा जानुका साथै अवैधानिक बाटोवाट अमेरिका जाने क्रम समेत वढ्दै गईरहेको छ । स्थानीय सरकारहरूले प्रभावकारी कार्यक्रम ल्याउन नसक्दा र भएका सानातिना कार्यक्रममा पनि आफ्नालाई मात्रै अवसर दिदा आफुहरू वैदेशिक रोजगारीमा जानुको विकल्प नभएको रोल्पा नगरपालिका १० का टिकाराम वलीले साउदीबाट सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?