ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

तीज गीतमा मौलिकताको खडेरी

८ भाद्र २०८१, शनिबार
८ भाद्र २०८१, शनिबार

बुटवल, ०८ भदौ ।
तीजको खाजा मिठो पोलेको तामाले,
नरोउ भान्जी लिन आउँछु भन्थे मामाले …
घुम्दै फिर्दै आयो बरै तीजको लहर
म चेली नि आकी छु है दुःख बाँड्नलाई…

यस्तै भावका शब्दले भरिएका गीतका भाकाबाट शुरु हुन्थ्यो विगतमा तीज । अहिले यस्ता गीत ओझेलिएका छन् । रूपन्देहीको सैनामैना नगरपालिका–९ की सिता चापागाई भन्छिन्–‘ असारको धान रोपाइँ सकिएपछि साउन १ गतेको साउने सक्रान्तिबाट नै तीज शुरु हुन्थ्यो । हामीहरू साँझमा जम्मा भएर एकछिन गाउँमा रमाईलो गर्ने चलन थियो । कहिले कस्को घरमा त कहिले कस्को घरमा । मादल बजाउने दुःख र पीरले भरिएका भाका गाउँदै । लाग्दथ्यो कहिलेकाहीँ त हामीले घर भित्र श्रीमानको अन्यायलाई यस्तै भाकामा लय हालेर गाउँदा कति पटक रोएका पनि छौ । तीज भन्ने बित्तिकै माईतमा गएर घरका पिरमर्कालाई गीतबाट गाउँदा बाबाआमा भावुक भएर छोरीलाई दुःख रहेछ भन्ने महसुस हुन्थ्यो । त्यस्तो जमाना थियो ।’ आज कहाँ पाउनु त्यस्ता भाकाहरू हराए सबैले जान्दैनन र सुन्न पनि खोज्दैनन उनी भन्छिन् ।

पाल्पाको रिब्दिकोटकी लक्ष्मीकुमारी थापाले विगतमा तीजमा गाईने गीतहरू त अहिले सुन्न नपाईने बताईन । उनले पहिले पहिले दुःख साट्ने माध्यम थियो तीज हामीले हाम्रा समस्या दुःख र सुखलाई पनि गीतमा मिसाएर गाउने चलन थियो । त्यसबेला हाम्रा माईतीले छोरीको घर कस्तो छ दुःख सुख घरका आफन्त कस्ता छन् भन्ने कुरा पनि तीजमा हामीले गाउने गीतबाट थाहा पाउँथे । हामीले माइत जान पनि वर्ष दिन सम्म कुर्नुपर्ने त्यसमाथि पनि लिन नआउँदा सम्म जान नपाउने चलन थियो । एक वर्षभरी मनमा रहेका धेरै कुराहरू गीत बनाएर गाउने प्रचलनले गर्दा पनि तीजको महत्व बेग्लै थियो । अहिले त तीजको नाम मात्र छ न कतै तीजका भाका छन् न कतै तीजको रौनक छ । टिभीमा हेर्ने तीजका भाका परिवारसँगै बसेर हेर्न पनि लाज लाग्ने छन् ।

लोक तथा दोहरी गायिका कल्पना कुसुमले पछिल्लो समयमा दुईअर्थि शब्द जुन हाम्रा समाजले सजिलै पचाउँदैन । त्यस्ता गीतको आफू विरोधी भएको बताईन । उनले समाज र सस्कारलाई कलाकारले पनि बचाउनु पर्छ पैसा र भ्यूजको लोभमा कलाकारलाई लगाएर तीजका तीज बनाउनु लोक संगित र संस्कृति प्रतिको नै अपमान हो । कहिँकतै दुईवटा अर्थ लाग्ने शब्द भएपनि भिडियो सुन्दर बनाउन सकिन्छ । यहाँ त बिशेष गरी महिला कलाकारलाई धेरै अंग देखाउने प्रचलनले गीतको मर्मलाई नै मारेको देखिन थालेको छ यो लोकसंगितका लागि राम्रो संकेत होईन ।

तीजकै गीतहरू गाएर चर्चा बटुलेकी गायिका शिलु भट्टराइले परिवारसँगै बसेर हेर्न सक्ने खालका गीतहरू सृजना हुनुपर्ने बताउँछिन् । केही समय अनुसार परिर्वतन भए पनि तीजको मर्म उस्तै हुने भएकाले केहि भोगाई मात्र फरक हुने उनी बताउँछिन् । तीज भनेको मौलिक पर्व भएकाले शब्द सृजना देखि लिएर भिडियो बनाउँदासम्म कस्तो बन्छ भन्ने हुन्छ । विवादित गीतले केही पैसा कमाए पनि दिर्घकालिन हुँदैन यो विषयमा सबै कलाकर्मीले बुझ्न जरुरी हुन्छ ।

अग्रज पत्रकार दुर्गा पौड्याल भन्छिन्–‘तीजको नाममा छाडा गीतहरूको हालीमुहाली हुन थाल्यो यस्ले हाम्रो पर्व माथि नै प्रश्न उठ्न थाल्यो एक प्रकारको रत्यौली जस्ता गीतहरू मात्रै सुनिन थाले केहि समय देखि । यस्ता गीतहरूलाई निरुत्साहित गर्नु पर्छ ।’ उनी भन्छिन्–‘तीजका गीतलाई तीज जस्तै हुन दिनु पर्छ कतिपय गीतहरूलाई सेन्सर गर्नुपर्ने अवस्था छ । अहिलेका केही गीतहरू परिवरसँगै बसेर हेर्न सुन्न सकिने छैन । केही समय यस्तै गीतहरूले ठाउँ पाउँदै गए भने भोलिका पुस्ताले साँच्चै तीजका मौलिक भाकाका विषयमा नै अनविज्ञ बन्ने दिन आउन सक्छ । त्यसैले बेलैमा यस्ता गीतमा सेन्सर जरुरी छ ।’

पैसा कमाउनुलाई पहिलो प्राथमिकतामा राख्दा गीतहरूमा छाडापन देखिएको छ । महिलाका शरिरलाई देखाएर युटुबमा धेरै भ्यूज बटुल्ने उद्देश्यले मात्रै तीजका गीतहरू देखिनु दुःखद हो ।

महिला अधिकारकर्मी सावित्रा घिमिरेले विगतमा मौलिकतासँगै चेतनाका गीतहरू गाएका थिए । देशका नदी नाला बेचिएका सिमा च्यापिएका कुरालाई गीत मार्फत चेतना दिने गरेका थिए तर अहिले गीत कुरा गरि साध्ये छैन । महिलाले गरेका राम्रा कामलाई खै गीत बनाएको खै गीत मार्फत उर्जा थपेको । पछिल्लो समयमा धेरै महिलाहरू उदाहरणका पात्र छन् उनीलाई उत्प्रेरित गर्नुपर्ने गीतहरू आउन पर्छ सर्जकले त्यस्ता शब्द कोर्नु आवश्यक छ अनि गायिक गायिकाको प्राथमिकतामा त्यस्ता गीत गर्नुपर्छ अनि बल्ल समयको मागसँगै परम्परालाई जोगाउदै तीजका भाकाहरूले क्रान्ती गर्न सक्छन् । उनी भन्छिन् पहिले पहिले ठुला ठुला यथार्थ घटनाहरू गीत बन्दथिए आजभोली कसरी पैसा आउछ भन्ने छ यसले पनि परिर्वतनका गीतलाई रोकेको जस्तो लाग्छ ।

केहि समय अघि चर्चित गायिका शन्तिश्री परियारले गाएको बिस्तारले पोल्यो,पछि त उमरै गईहाल्छ वैशमा यत्तिको भइहाल्छ यो गीतलाई तीजको गीत भनेर प्रचार भईरहको छ । शब्द यस्ता छन् यसको भिडियोमा एउटी महिला कलाकारको नृत्य सबै परिवारमा बसेर हेर्न नसकिने छ । यो गीत सार्वजनिक भएको केही समयमा नै गायिकाले माफी समेत मागेकी छन् । शब्द सिर्जना गर्ने गाउने देखि अभिनय गर्ने सम्मले ख्याल गर्न सके केहि मात्रमा मौलिकता जोगाउन सकिन्छ । बिस्ताराले पोल्यो, पोई छैन जोई छैन लगायतका गीतहरूले कसरी संस्कृतिको जर्गेना गर्लान भन्ने प्रश्न उब्जाएको छ । विगतका कति गीतहरू अहिले पनि राम्रो मान्निछन् त्यहाँ कुनै महिलाको अर्धनगरूप छैन तर पनि समाज परिर्वतनको भाव छ त्यसलाई सबैले सधै मन पराएका हुन्छन् । हिजो विद्रोह गर्न नसक्ने हाम्रा हजुर आमाहरूले गीत मार्फत गरेको विहो्रह यस्तो समाजले पचाउन नसक्ने थिएन । त्यसरी मानिदै आएको तीज पर्वको भाकामा अहिलेको छाडापन संस्कार सस्कृतिलाई नै हराउन खोज्दै छ । यो बारेमा छलफल बहस गरेर तीज धाकामा मौलिकतालाई जोगाउन सबै जुट्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?