Butwal Today

भुमिकास्थान (अर्घाखाँची) रुपन्देही सम्पर्क समाज अध्यक्षमा पुनः बेलबासे

८ भाद्र २०८१, शनिबार
अ+
अ-

बुटवल, ८ भदौ ।

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका साविक ढाकावाङ्ग, धारापानी, खिल्जी, असुरकोट, धनचौर गाविसबाट रुपन्देही आइ बसोबास गर्ने व्याक्तिहरुको साझा संस्थाको रुपमा रहेको भूमिकास्थान(अर्घाखाँची) रुपन्देही सम्पर्क समाजको प्रथम साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा पुनः लक्ष्मण बेलबासे चयन भएका छन् ।

नयाँ गठन गरिएको समितिको उपाध्यक्षमा ढुन्डीराज खनाल, राम प्रसाद भुषाल, दोमलाल चुँदाली, गोपाल प्रसाद गैरे र कृष्ण प्रसाद मरासीनी चयन भएका छन् । यस्तै सचिवमा यम प्रसाद गैरे, कोषाध्यक्षमा सन्तोष बन्जाडे, सह सचिवमा गोविन्द खनाल, मुना वली चयन भएका छन् ।

यस्तै सदस्यहरुमा योगेन्द्र खनाल, मिना आचार्य, ज्ञान प्रसाद पाण्डे, गिता खनाल बन्जाडे, मुन्द बेल्बासे, डिल प्रसाद श्रेष्ठ, खुम बहादुर पुन, स्मिता पौडेल आचार्य र अभय पौडेल चयन भएका हुन् ।

नया समितिको लेखा संयोजकमा थम्मन केसी र सदस्यहरुमा विष्णु बहादुर राउत, गोमा श्रेष्ठ चयन भएका छन् ।

साधारण सभा तथा अधिवेशनमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भुमिकास्थानले रुपन्देहीका विभिन्न नमुनायोग्य काम गरेको बताएका थिए । उनले जिल्लाको विकासको लागि आफु मुख्यमन्त्री हुँदा होस् या नहुँदा सदैब साथ र सहयोग गर्ने बताउँदै यसको लागि सबैसंग सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए । कार्यक्रममा सम्पर्क समाजका सल्लाहकार शैक्षिक व्याक्तित्व बसन्तराज खनाल, प्रेम पौडेल, रामप्रसाद भुषाल, धारापानी रुपन्देही सम्पर्क समाजका अध्यक्ष देवीराम बन्जाडे लगायतले शुभकामना दिएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?