ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

सामुदायिक विद्यालयमा व्यवहारिक ज्ञान

७ भाद्र २०८१, शुक्रबार
७ भाद्र २०८१, शुक्रबार

दाङ, ७ भदौ ।

सधै कक्षाकोठामा देखिने विद्यार्थी शुक्रबार विद्यालय परिसरमा छरिएर बसेका देखिन्थे । झट्ट हेर्दा के भएछ आज विद्यार्थी किन समूहमा बसेका छन् भन्ने जो कसैलाई पनि लाग्न सक्छ । तर विद्यार्थीहरु सबैका हातमा सालको पात र सिन्का समातेर दुना टपरी बनाउने सीप सिक्न ब्यस्त देखिन्छन् ।

घोराही उपमहानगरपालिका –६ मा रहेको श्री माध्यमिक विद्यालय जजरागाउँमा शुक्रबारका दिन (बुक फ्री) ब्यावहारिक शिक्षा सिकाइएको छ । सोही अन्तर्गत सालको पातबाट दुना टपरी बनाउने सीप सिकाइएको हो । किताबको ज्ञानले मात्रै जीवन चलाउन अप्ठ्यारो हुने भएकाले विद्यार्थीहरुलाई विद्यालयबाटै व्यावहारिक ज्ञान सिकाउन सुरु गरेको विद्यालयका प्रधानाध्यापक तिलप्रसाद घर्तीले बताए ।

कक्षा १ देखि १२ कक्षा सम्म पढाई हुने सो विद्यालयमा ५ सय ५० जना विद्यार्थी अध्यनरत छन् । ब्यावहारिक सीप अन्तर्गत शुक्रबार भएको कार्यक्रममा कक्षा ५ देखि १२ कक्षा सम्मका विद्यार्थीलाई सिकाइएको उनले बताए । पात र सिन्काको व्यवस्थापन विद्यालयले गरेको हो । विद्यार्थीहरु ब्यावहारिक ज्ञान लिन पाउँदा धेरै खुशी भएको उनले बताए ।

सोही विद्यालयमा कक्षा १० मा अध्यनरत सर्मिला ओलीले दुना टपरी गाँस्न सिकेकोमा खुशी लागेको बताइन् । “घरमा तैले जान्दैनस् नगर भनी आमाले दिनुहुँदैन थियो तर गरेपछि जानिदो रैछ । पढाईलाई प्राथमिकता दिंदा अन्य काम गर्न भ्याइदैनथ्यो । राम्रो बनाउन नजाने पनि काम चलाउ बनाएको छु”–आफुले बनाएको दुना देखाउँदै उनले खुशी व्यक्त गरिन् । घर भित्रको काम छोरी मान्छेले मात्रै गर्नुपर्छ भन्ने मान्यता भए पनि विद्यालयमा छात्र छात्रा दुबैले मिलेर सिक्न पाउँदा काममा विभेद नहुने उनले बताइन् । सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्र विशाल भण्डारीले दुना टपरी गाँस्ने काम केटी मान्छेको भन्ने लाग्ने गरेकोमा विद्यालयमा सिक्ने अबसर पाएपछि काममा विभेद नहुने बताए । “मैले सिन्का समाउन पनि जानेको थिएन । आज आफैले दुना खुटेर देखाए खुशी लागेको छ । दैनिक जीवनमा काम लाग्ने सीप सिक्न पाउँदा खुशी लाग्यो, कामको विभेद गर्नुहुदैन भन्ने पनि प्रष्ट भएको छ”–उनले भने ।

प्रत्येक हप्ताको शुक्रबार विद्यालयमा व्यावहारिक सीप सिकाउने गरेको विद्यालयका शिक्षक रिमा गौतम बताउँछिन् । कहिले बत्ती कात्ने, कहिले दुनाटपरी बनाउने, चित्रकला प्रतियोगिता, कहिले खानेकुरा पकाउने जस्ता जीवन उपयोगी सीप सिकाउने गरेको उनले बताइन् । किताबी ज्ञानले मात्रै नहुने भएकाले व्यावहारिक ज्ञान सिकाउने गरेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?