ट्रेंडिंग:

>> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी

आईतबारदेखी बुटवलमा दोस्रो जुत्ता मेला

आगलागीबाट ठुलो क्षति ब्यहोरेको डेल्टा दुई महिनापछि टेन्ट लगाएर जुत्ता मेलामार्फत आफना उपभोक्तालाई सेवा दिदै
७ भाद्र २०८१, शुक्रबार
७ भाद्र २०८१, शुक्रबार

बुटवल, ७ भदौ । बुटवलमा दोस्रो बुटवल जुत्ता÷चप्पल व्यापार मेला २०८१ हुने भएको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्यका साथ नेपाली लुगा घरले डेल्टा कम्प्लेक्स परिसरमा टेन्ट लगाएर जुत्ता मेला गर्न लागेको हो ।

भदौ ९ गतेदेखि हुने मेलाको तयारी पुरा भएको शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि मेलाका संयोजक प्रकाश भुसालले जानकारी दिए । ‘असार ६ गते आगलागीको क्षतिपछि दुई महिनाको अन्तरालमा मेलामार्फत ग्राहकलाई पुनः सेवा दिन लागेका छौ ।’—उनले भने । परिसरमा नै ४० वटा स्टलहरुमार्फत मेला लगाउन लागेको उनले बताए । मेलामा नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्रान्ड र ३ हजारभन्दा धेरै डिजाईन उपलब्ध हुने उनले बताए । मेलाको आकर्षणको रुपमा पहिलो एक हजार ग्राहकलाई १ रुपैयामा एक जोर मोजा उपलब्ध गराईने उनले बताए । सधै नया गर्दै आएकोमा यसपटक स्थानिय उद्योगबाट उत्पादन गरिएको मोजालाई प्रोत्साहन गर्न लागेको उनले बताए । तिज, दसै जस्ता महान चाडपर्व केन्द्रीत गरि मेला लगाईएको उनले बताए ।

कार्यक्रममा फुटवेयर मेनुफेक्चर एशोसियसन अफ नेपालका केन्द्रिय उपाध्यक्ष सुरज बन्जाडेले नेपालको औधोगिक उत्पादनमा फुटवेयर क्षेत्रको योगदान उल्लेखनीय रहेको दाबी गर्दै त्यसमा पनि नेपाली फुटवयर जन्य सामान नेपाली उपभोक्ताहरुको मागको ६५ प्रतिशत योगदान नेपाली उत्पादनवाट भइरहेको बताए। उत्पादन क्षमता बार्षिक १६ करोड जोर रहेको नेपाली बजारको माग भने १० करोड जोर रहेको उनले बताए । नेपालमा जम्मा ६ करोड जोर बिक्रि रहेको छ । नेपाली उत्पादनलाइ बजारीकरण गर्ने विभिन्न माध्यम मध्य मेला प्रदसनी पनि हो । नेपाली उद्योगीहरुको पहलमा देशका विभिन्न क्षत्रमा मेला प्रर्दसनीबाट नेपाली उत्पादनहरु ग्राहकसम्म परिचित गराउने क्रममा आज दोस्रो नेपाली जुत्ता चप्पल व्यापार मेला २०८१ गर्न लागिएको हो ।

यो जुत्ता चप्पल व्यापार मेलाबाट रुपन्देही सहित छिमेकी जिल्लाका उपभोक्ताहरु अत्यन्तै लाभान्वित हुने आयोजकको दाबी छ । मेलामा दसै सम्ममा करिब पाँच करोड रुपैया बराबरको ३० देखि ३५ हजार जोडी जुत्ता चप्पल कारोबार गरिने अपेक्षा रहेको छ । बेस ग्लोबल प्रालि, लालिगुरास फुटवेयर ईण्डष्ट्रिज प्रालि, शुभकामना फुटवेयर, स्मार्ट शु, एक्सन शु, शिखर शु, पवित्रा शु, रन शु ईण्डष्ट्रिज प्रालि लगायत ८ कम्पनिका जुत्तामा १५ प्रतिशत देखि ५० प्रतिशतसम्म छुटमा कारखानाकै मुल्यमा उपभोक्तासम्म पुर्याउने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?