Butwal Today

अहिलेको सरकार बनेपछि जनतामा आशा जागेको छः दधिराम न्यौपाने

७ भाद्र २०८१, शुक्रबार
अ+
अ-

तिलोत्तमा, ७ भदौ ।

नेकपा एमालेका पोलिटव्युरो सदस्य दधिराम न्यौपानेले देश अधो गतितिर लागिरहेको बेला एमाले टुलुटुलु हेर्न नसकेर नेपाली कांग्रेससँग मिलेर सरकार गठन गर्नुपरेको बताए ।

नेकपा एमाले तिलोत्तमा–३ रुपन्देहीको दोश्रो अधिवेशन उद्घाटन गर्दै उनले अहिले सरकार बनेपछि अर्थतन्त्र सुधारको बाटोमा लागेको र जनतामा केही आशा जगाएको बताए ।

नेता न्यौपानेले देशको विकास र सुशासन कायमका लागि संविधान संशोधन आवश्यक रहेको उल्लेख गर्दै त्यसको लागि राष्ट्रिय सरकार गठनको प्रयास भईरहेको बताए । उनले पार्टीले जेठ भित्र सबै कमिटीका अधिवेशन सम्पन्न गर्न भनेकोमा केही ढिलाइ भएपनि कात्तिक भित्र सबै कमिटीका अधिवेशन सम्पन्न गर्नुपर्ने बताए ।

कार्यक्रममा केन्द्रीय निर्वाचन आयोगका सदस्य खुमाकान्त पौडेल, जिल्ला कमिटी सदस्यहरु दिनेश फुल्लेल, झविन्द्र भण्डारी, मेघदेव पन्तले अरुबेला एमाले बन्ने निर्वाचनमा अर्को पार्टीलाई भोट दिनेहरु नेता कार्यकर्ता बन्न नसक्ने बताए । बक्ताहरुले एमाले हुलहुज्जतको पार्टी नभएको भन्दै पार्टी निर्देशन भन्दा बाहिरको गतिविधि गर्नेलाई पार्टी छोडेर जान आग्रह गरे ।

कार्यक्रममा एमाले नगर सचिव मिन प्रसाद पोखरेल, अनेमसंघ रुपन्देही सदस्य सरस्वती बराल, तेजबहादुर गुरुङ, दिनेश ज्ञवाली, शाखा कमिटी अध्यक्ष तोलाकान्त भण्डारी, सचिव दिपक भुसाललगायतले बोल्दै बिगतमा देखिएका कमी कमजोरीहरुलाई सुधार्दै आगामी दिनमा सफल र उत्कृष्ट कार्यको योजना सहित नयाँ नेतृत्व चयन गर्नुपर्ने बताए । अधिवेशनले आगामी कार्यकालको लागि नया नेतृत्व चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?