ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

जडिबुटी र खसीबोका किसानलाई बन्यो बरदान

जिल्लाबाट ७२ करोड ६० लाख रूपैयाँको खसी बोका निकासी भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ । यसैगरी जिल्लाका विभिन्न राष्ट्रिय वनबाट संकलन गरिएका १० प्रजातिका १ लाख ८ हजार ७ सय ८३ किलो जडिबुटी निकासी भएको छ ।
६ भाद्र २०८१, बिहीबार
६ भाद्र २०८१, बिहीबार

सल्यान, ०६ भदौ ।
सल्यानका किसानले पशुपालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । ताजा र वेमौसमी तरकारी, सुन्तला, अदुवा विक्री गर्दै आएका यहांका किसान पछिल्लो समय बाख्रापालनतर्फ आकर्षित भएका हुन् । चरण क्षेत्रको उपलब्धता, उचित हावापानी भएका कारण सल्यानमा बाख्रापालन व्यवसाय फस्टाउदै गएको छ । एक बर्षको अवधिमा मात्र सल्यानबाट ७२ करोड बढिको खसी बोका निकासी भएको छ । जिल्लाबाट ठूलो परिमाणमा जडिबुटी समेत निर्यात हुनेगरेको छ । खसी बोका र जडिबुटी बिक्रिबाट जिल्लामा बर्सेनि करोडौं रूपैयाँ भित्रने गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाबाट ७२ करोड ६० लाख रूपैयाँको खसी बोका निकासी भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ । सल्यानको खसी बोका काठमाडौँ, पोखरा, धनगढी लगायतका प्रमुख सहरमा बढी माग हुने गरेको छ । सल्यानको खसी बोका भनेपछि अन्य जिल्लाको तुलनामा व्यापारीले बढी मूल्य हाल्ने गरेको पाइएको छ । जङ्गलमा घाँस सँगसँगै जडीबुटी पनि खाने भएकाले निरोगी, स्वस्थ र खानका लागि राम्रो हुने भएकाले व्यापारीले सल्यानको खसी बोकामा अन्य जिल्लाको तुलनामा बढी मूल्य हाल्ने गरेका हुन् ।

दर्ता भएका विभिन्न कम्पनीबाट ५९ करोड ६० लाखको खसी बोका निकासी भएको र दर्ता नभएका स्थानीय व्यापारीहरू मार्फत अन्दाजी १३ करोड बराबरको खसी बोका निकासी भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले जनाए । कार्यालयसँग कपुरकोट नाकाबाट निकासी हुने खसीको मात्र विवरण रहने तर कालीमाटी र बनगाड कुपिण्डेको नाकाबाट पनि निकासी हुने हुँदा त्यहाको विवरण हुदैन । सल्यानबाट अघिल्लो आ.व. २०७९/०८० मा ५९ करोड ५३ लाखको खसी बोका निकासी भएको थियो । जिल्लामा हाल किसानले पालेको बाख्राको संख्या ५ लाख ६ हजार ६ सय भन्दा बढी रहेको कार्यालयले जनाएको छ ।

यसैविच जडिबुटी खेतिका लागि समेत परिचित सल्यानले एक बर्षको अवधिमा एक लाख किलो भन्दा बढीको जडिबुटी निकासी गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाका विभिन्न राष्ट्रिय वनबाट संकलन गरिएका १० प्रजातिका १ लाख ८ हजार ७ सय ८३ किलो जडिबुटी निकासी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।

जिल्लाबाट ४० हजार किलो तेजपात, ८ हजार किलो लेक पांग्रा, ४ हजार ४ किलो चुत्राको बोक्रा, ४ हजार २ सय किलो पाखनवेद, ४४ हजार किलो झ्याउ, २ हजार ८ सय ३३ किलो काउलोको बोक्रा, १ हजार ६ सय ५० किलो दालचिनी बोक्रा, २ सय किलो गोकुल धुप, ३ हजार किलो रिठ्ठा र ३ हजार किलो विषफेज निकासी भएको डिभिजन वन कार्यालय सल्यानका देवीराम सुवेदीले जानकारी दिए । १ लाख किलो बढी जडिबुटी निकासी हुँदा राजस्व मात्र २५ लाख ६७ हजार ३ सय ९० रूपैयाँ संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?