ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

सिद्धार्थ तीज यात्रा

दशक अघिको झल्को दिनेगरि ‘नाई नाई भन्छ मायाले’ मा नचाईन मन्जुले
६ भाद्र २०८१, बिहीबार
६ भाद्र २०८१, बिहीबार

बुटवल, ५ भदौ । तीजको संस्कृतिलाई झल्काउने गरि मंगलबार बुटवलमा सागितिक कार्यक्रम गरिएको छ । वर्ष दिनमा माईतीघर पुगेर आफनो बेदना पोख्ने, नाच्ने, गाउने र रमाउने चाडका रुपमा तीज पर्व चिनिन्छ । लामो समयसम्म भेटघाट नभएका चेलिबेटि माइतीमा भेला भएर सुख दुःख, उन्नति प्रगति आदिका बारेमा चर्चा परिचर्चा गर्दै दाजु–भाई, माता पितासंग सामूहिक रुपमा माइतीको गाउँमा मनाउने गरेको यो चाड पछिल्लोसमय भने भड्किलो बन्दै गएको छ । कुनै बेलाका चर्चित गायिका मन्जु पौडेलले सिद्धार्थ कटेजमा आफनो एक दशक अघिका चर्चित गितहरु गाईन । उनले ‘माईती हरायो’, ‘बाबाको आगनी’, ‘नाई नाई भन्छ मायाले’, ‘बिचार गर छुनलाई’ गीत गाउदा हलमा रहेका महिलाहरु नाचे ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले ‘भगवान भेटन के–के पाहुर चाहिन्छ, फुलपाती अक्षेता, वरि लै फुलपाती अक्षता ।’ गित गाएर कार्यक्रम उद्घाटन गरिन । तीज संस्कृति समय अनुकुल फेरिएको भन्दै उनले अब सासु र बुहारीको सम्बन्ध आमाछोरी जस्तो हुनुपर्ने तर्क दिईन । तीजको नाममा विकृति भित्राउन नहुने तर्क दिदै उनले यो पर्वको संस्कार, संस्कृति जर्गेनातर्फ जोड दिनुपर्ने बताईन । प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व रहेको उनले बताईन ।

हस्पिटालिटीका रिजनल डाईरेक्टर महेन्द्र न्यौपानेले नेपाली नारीको घरमा पहिलेजस्तो चुल्हो–चौको एवं घरधन्दाको व्यस्ततामै अल्झिने अवस्था नरहेको भन्दै समयसापेक्ष शहरी क्षेत्रका महिलाहरु टोलटोलमा समूह बनाएर एक महिनाअघिदेखि नाचगान र खानपिनका कार्यक्रम गर्ने गरेको बताए । ‘हामीले तीजको महत्व झल्काउदै आफनो हस्पिटालिटी पस्केका छौ ।’—उनले भने । संस्कार र संस्कृतियुक्त तीजलाई भड्किलो र उत्ताउलो बन्नबाट रोक्न उदाहरण दिने गरि कार्यक्रम गरेको उनले दाबी गरे ।

कार्यक्रममा कटेजका कर्पोरेट डाईरेक्टर दुर्गादत्त पन्तले तीजको महत्व दर्शाउने गरि आफना सेवाग्राहीहरुलाई भेटघाटसहितको तीज मिलन कार्यक्रम गरिएको बताए । तीजको महत्व गीत, संगित र कलासंग रहेको भन्दै उनले उपयुक्त गायिकामार्फत कार्यक्रम गरेको बताए ।
पार्टी प्यालेस र ब्याङ्केटलाई माइती मानेर मनाइँदै जान थालिएको छ ।

कार्यक्रममा सिद्घार्थ कटेजका अपरेसन हेड केसीले कला, संस्कृति र हस्पिटालिटीलाई जोडेर तीज मिलन कार्यक्रम गरिएको बताए । वार्षिक कार्यक्रम अन्तरगत आफनो ग्राहकहरुलाई सम्बन्ध बिस्तार गर्ने गरि कार्यक्रम गरिएको उनले बताए । मान्छे जति आधुनिक भए पनि उसले जन्मसँगै पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन । नेपालमा रहेका हिन्दू समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य जातिले पनि मनाउन थालेको पाइन्छ ।

धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भै महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । हरेक वर्ष भाद्र शुक्ल द्वितीयाका दिन दर खाने र भोलीपल्ट तृतीयाका दिन तीज मनाइन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने चलन छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?