ट्रेंडिंग:

>> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने

राष्ट्रकवि घिमिरेको स्मृतिमा

६ भाद्र २०८१, बिहीबार
६ भाद्र २०८१, बिहीबार

‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे, आजै र राती के देखेँ सपना, फूलको थुङ्गा बगेर गयो, झमझम पानी प¥यो असारको रात’ राष्ट्रकवि माधवप्रसाद घिमिरेका कालजयी कविता र गीत आजपनि नेपालको जनजनमा झुण्डिएको छ । यिनै कालजयी गीत लगायत सयौं गीत र कविताका रचनाकार राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म जयन्ती भदौ २ गते थियो तर लाग्छ नेपालले उहाँलाई विर्सिदै गएको छ । नेपाल सरकारले दिएको राष्ट्रकविको उपाधी नेपाल सरकारले नै बिर्सिदै गएको छ । राष्ट्रकवि घिमिरेको जन्मजयन्ती मनाउने बिषयमा कतै चर्चा समेत भएको नसुनिँदा दुःख लाग्नु स्वाभाविक छ । अझै साहित्यानुरागीहरूले समेत राष्ट्रकविको सम्झनासम्म गरेनन् । यो चिन्ताको बिषय हो । नेपाली साहित्यका धरोहर राष्ट्रकवि माधवप्रसाद घिमिरेको आईतवार चौश्रो स्मृति दिवस परेको थियो । हरेक बर्ष स्मृति दिवसको अवसरमा राष्ट्रकविलाई स्मरण गर्ने गरिएको छ ।

उनले नेपालको साहित्य, गीत, संगीत क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्ने गरिएको छ । तर, यो बर्ष न त सरकार र न त साहित्यानुरागीहरूले सम्झनासम्म नगरेको अवस्था देखियो । विक्रमसम्बत १९७६ साल असोज ७ गते जन्मनुभएका घिमिरेको १०१ वर्षको उमेरमा २०७७ साल भदौ २ गते निधन भएको थियो । खासगरी काब्यजगतलाई आफ्नो साधना र सिर्जना वनाएका घिमिरे नेपाली साहित्याकासमा एक फरक श्रष्टाको रूपमा प्रस्तुत हुन सफल भएका थिए । राष्ट्रियताले ओतप्रोत कवितादेखि प्रेम, जीवन र दर्शनमा उत्तिकै ओतप्रोत भावसिर्जना पस्कन सक्ने घिमिरेको देहावसानले राष्ट्रले ठूलो क्षति व्यहोरेको छ । काब्य सिर्जना नै राष्ट्रकवि घिमिरेको ऐतिहासिक सम्पत्ति हो । उनले नेपाली साहित्याकासलाई सुम्पेको सयौं गीत, कविता, खण्डकाब्य र लेखनकै क्रममा रहेको महाकाब्य साहित्यका अमूल्य सम्पत्ति हुन । उनको अवसानबाट राष्ट्रले अमूल्य साधक र सर्जक गुमाएको हो ।

वि.सं. १९९४ मा आफ्नो पहिलो कृति नवमञ्जरी खण्डकाब्यमार्फत नेपाली साहित्याकासमा उदाएका घिमिरे त्यसपछि कहिल्यै पछि फर्कनु परेन । उनका प्रेम, वियोग र जीवन दर्शनप्रति अभिप्रेरित रचनाले नेपालीहरूलाई मन्त्रमुग्ध मात्र वनाएन त्यसवाट पाठ सिकेर अघि बढ्न प्रेरणा समेत दियो । महाकवि लक्ष्मीप्रसाद देवकोटापछिको सर्वाधिक लोकप्रिय साहित्यकारका रूपमा घिमिरेको नै नाम आउँछ । उनले धेरै ठूला ठूला काब्य र महाकाब्य रचना गरेनन् तर फुटकर रचनाले उनलाई महाकाब्यभन्दा धेरै माथि पु¥यायो । उनको गौरी, शकुन्तला, मालती मंगले जस्ता शोककाब्य नेपाली साहित्याकासको मुनामदन हाराहारीको रचना हुन । राष्ट्रकवि उनको कालजयी चिनारी हो । धेरै साहित्यकारले कुनै एउटा कालखण्डको नेतृत्व गरे तर राष्ट्रकवि माधव घिमिरेले अन्तिमसम्म लगभग सवै कालखण्डको नेतृत्व गरेको भन्दा अतिसयोक्ति हुँदैन ।

उनी बाँचुञ्जेल जीवनपर्यन्त नै काब्य जगतको नेतृत्व गरेको सुन्दा साहित्यमा आस्था भएकाहरूका लागि गर्बको कुरा हो । विडम्वना उनले जीवनको अन्तिम समयमा रचना गर्दै गरेको ‘ऋतुम्भरा’ महाकाब्य पूरा हुन पाएन । राष्ट्रकवि घिमिरेको अवसानले नेपाली साहित्यलाई अपूरणीय क्षति पुगेको महसुस आम नेपाली जनताले गरिरहेका छन । अर्को बिडम्वना के भने राष्ट्रकविको स्मृतिमा सरकारले समेत बृह्द कार्यक्रम गरेर उनको योगदानको चर्चा समेत गरेन् । देशमा धेरै साहित्यिक मञ्च र क्लवहरू छन् । अनेकौ पुस्तकालय छन तर कहीँपनि राष्ट्रकविको स्मरण नहुनु अघिल्लो पुस्ताको योगदानलाई बिर्सनु हो । राष्ट्रकविलाई नै विर्सने परम्परा राम्रो होइन । जेहोस अव अर्को बर्ष राष्ट्रकविको स्मृतिमा कार्यक्रम भएको र उनले नेपाली साहित्याकाशमा पु¥याएको योगदानको चर्चा सुन्न पाएमात्रैपनि उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?