Butwal Today

मदन भण्डारी स्पोर्टस एकेडेमी रुपन्देहीको छैटौ अधिवेसन तयारी पुरा

५ भाद्र २०८१, बुधबार
अ+
अ-

बुटवल, ५ भदौ । खेल र खेलाडीको विकासमा अग्रसर रहेको मदन भण्डारी स्पोर्टस एकेडेमी रुपन्देही जिल्ला कमिटिको छैटौ अधिवेसन शुक्रबार हुने भएको छ । खेल प्रतियोगितामार्फत खेलाडीहरुलाई प्लेटफर्म दिदै आएको एकेडेमीको जिल्ला अधिवेसनको सम्पुर्ण तयारी पुरा भएको अध्यक्ष मणिरत्न भण्डारीले बताए ।

उर्जावान र युवा नेतृत्वको अवधारणालाई आत्मसात गर्ने एकेडेमीमा नया नेतृत्व सर्वसम्मत हुने गरि आवश्यक तयारी भैरहेको उनले बताए । आफनो कार्यकालमा विभागको बिस्तारीत बैठक, खेलकुद विकासको लागि खेलाडी तथा प्रशिक्षक सम्मान, प्लस टु छात्रछात्रा भलिबल तथा बुद्धिचाल प्रतियोगिता, यु—१४ लिटल स्टार क्रिकेट प्रतियोगिता, खेलाडी सम्मान तथा संरक्षण कार्यक्रमहरु चलाएको अध्यक्ष भण्डारीले बताए ।

बुधबार बुटवलमा बसेको तयारी बैठकमा एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यले सबै खेल विधाका समेट्ने गरि नया नेतृत्व चयन हुने बताए । वर्षभरि एकेडेमीमा विभिन्न कार्यक्रममा सहयोग गर्ने खेलाडी र संस्थाहरुलाई समेत सम्मानको संस्कार विकास गरेर सम्बन्ध बिस्तार र प्रोत्साहनलाई जोड्ने उनले बताए ।

एकेडेमीको नगर जिल्ला, प्रदेश र केन्द्रको नेतृत्वमा भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, साईक्लिङ, बास्केटबल, एथ्लेटिक्स, मार्शल आर्ट, कब्बडी, लगायत खेलबाट प्रतिनिधित्व गरेर संस्थागत विकासमा योगदान दिदै आएको उनले दाबी गरे ।

एकेडेमीको जिल्ला नेतृत्वमा संस्थापक अध्यक्ष ज्ञानदेव हटुवाल रहेका थिए । त्यसपछि लगातार ध्रुव आचार्य, नन्दु काउचा, कृष्ण देवकोटा, मणिरत्न भण्डारी अध्यक्ष भए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?