ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

भूकम्प पीडितमाथि थपिएको सास्ती

५ भाद्र २०८१, बुधबार
५ भाद्र २०८१, बुधबार

जाजरकोट भूकम्प प्रभावितहरूमाथि प्रकृतिले पनि सास्ती दिएको छ । भुकम्प गएको करिब १० महिना हुँदा पनि अस्थायी टहरामै बस्न बाध्य भएका भुकम्प प्रभावितहरू अहिले पहिरोको जोखिममा परेका छन् । जाजरकोटको म्यान्मामा गएको पहिरोमा परी उक्त गाउँका १० घर परिवार विस्थापित भएका छन् । अस्थायी टहरा बनाएकै स्थानमा पहिरो गएपछि भुकम्प पीडितहरूको पीडा झनै बोझिलो बनेको छ । त्यसै त सरकारको ढिलासुस्ती र गैरजिम्मेवारीले भुकम्प पीडितहरूले सास्ती पाउन बाध्य भए । अझैपनि अधिकांश भूकम्प प्रभावितहरू अझै टहरामै बस्न बाध्य छन् । जाजरकोटमा अव फेरी जाडो मौसम सुरू हुने बेला भैसकेको छ । तर, भुकम्प प्रभावितहरूको पीडा सकिएको छैन । विभिन्न राजनैतिक दलका कार्यकर्ताहरूले भुकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काममा संलग्न हुने भनिएपनि उनीहरू अझै अस्थायी टहरामै दिनरात कटाउन बाध्य छन् । पहिरोमा प्रभावित भुकम्प पीडितहरूलाई राहतको खाँचो छ । तर, अहिलेसम्म राज्यको ध्यान गएको छैन । राजनीतिक दल तथा नेताहरूले भूकम्प पीडितहरूलाई निकै सपना बाँडे तर उनीहरूको अवस्था जस्ताको त्यस्तै छ । त्यहाँ अहिले पनि प्रभावकारी पुनर्निर्माणको खाँचो छ । त्यसतर्फ सरकार र राजनैतिक दलहरूले बढी चिन्ता गर्नुपर्ने छ । भुकम्प प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने काम भनेको स्थानीय जनतालाई अव बाढी पहिरोबाट बचाउनु हो । पहिरोको कारण १० घर परिवार विस्थापित मात्रै भएका छैनन, अरू दर्जनौ घर जोखिममा परेका छन । त्यसैगरी चिसोका कारण त्यहाँ अहिलेपनि सयौं स्थानीय भुकम्प प्रभावित विरामी परेका छन । सुत्केरीले पोषण पाएका छैनन, उनीहरूको नाबालक बालबालिकाहरूका लागि औषधीको समेत ब्यवस्था छैन । त्यसतर्फ सरकारको ध्यान जानु जरुरी छ । पहिरोबाट विस्थापित भएकाहरूलाई सरकारले राहत सामाग्री उपलब्ध गराउन ढिलाई गर्नु हुँदैन । त्यसतर्फ सरकारको ध्यान पुगेको छैन ।

तत्कालका लागि त्यहाँ अझैपनि राहतलाई प्रभावकारी बनाउनु जरुरी छ । पहिरोका कारण अधिकांश घर भत्किएकोले तत्कालै सवै घर बनिसक्ने अवस्था नभएको अवस्थामा उनीहरूलाई बसोबासको बैकल्पिक व्यवस्था गर्नु जरूरी छ । भूकम्प पीडितहरू त्यसैपनि पीडामा थिए, त्यसमाथि उल्टो पीडा थप्ने काम प्रकृतिले पनि गरेको छ । विगतमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भुकम्प पीडितहरूलाई आश्वासको पोका बाँड्यो । बदलामा भुकम्प प्रभावितलाई भेटन प्रधानमन्त्री प्रचण्ड एकपटक भुकम्प प्रभावित क्षेत्रमा पुगेपछि दोहोरिएर गएनन् । सरकारले सहयोग गरेजस्तो गर्ने र पीडित जनतालाई आश्वासनमा भुलाउने काम भएकै हो तसर्थ त्यस्तो आश्वासनको पोका बाँड्ने काम बर्तमान सरकारले नगरोस् । अहिले उक्त क्षेत्रका विस्थापित भएका जनतालाई राहतको खाँचो छ । पहिरोबाट विस्थापित भएकाहरू छिमेकीको सहारामा आश्रय लिएर बसेका छन् । उनीहरू पानी परिरहेको कारण चिसोले विरामी हुने अवस्था पनि छ । सरकारले भुकम्प र त्यसपछि पहिरो प्रभावितहरूलाई तत्काल पुनर्वासको व्यवस्था गरोस् । उनीहरू विरामी पर्दा निशुल्क औषधी उपचारको व्यवस्था गर्नेतर्फ सरकारको ध्यान जाओस् । पहिरोले ल्याएको विपत्तिबाट थप भुकम्प पीडितहरूलाई प्रभावित हुन नदिनेतर्फ सरकारले अव कुनैपनि ढिलाई गर्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?