ट्रेंडिंग:

>> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने

तिलोत्तमा क्याम्पसमा एमबीए कार्यक्रम सुरु

४ भाद्र २०८१, मंगलवार
४ भाद्र २०८१, मंगलवार

बुटवल, ४ भदौ ।

रुपन्देहीको तिलोत्तमा क्याम्पसले मास्टर्स इन बिजनेश एडमिन्स्ट्रेशन (एमबीए) कार्यक्रम सुरु गरेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो क्याम्पसले यसै शैक्षिक सत्रदेखि सुरु गर्न लागेको एमबीए कार्यक्रमको मंगलबार पत्रकार सम्मेलनमार्फत शुभारम्भ गरेको हो ।

एमबीए कार्यक्रम अन्तर्राष्ट्रिय बजारमा समेत अब्बल मानिन्छ । त्यसैले हरेक वर्ष एमबीए पढ्ने विद्यार्थीको संख्या बढिरहेको छ ।

नेपालमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले एमबीए कोर्स सञ्चालन गरेका छन् ।

स्वालम्बी जनशक्ति तयार गर्ने मुख्य लक्ष्यसहित एमबीए कार्यक्रम सुरु गरिएको तिलोत्तमा क्याम्पसका प्राचार्य प्रा.डा. रामचन्द्र आचार्यले जानकारी दिए । “बीबीए कार्यक्रम सुरु गरेको १५ वर्षको प्रयासपछि बल्ल एमबीए कार्यक्रम सुरु गर्न सफल भएका छौं”–उनले भने । २०५६ सालदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धन पाएको क्याम्पसले २०६६ सालदेखि बीबीए कार्यक्रम सुरु गरेको थियो । यो कलेज २०५३ सालमा तिलोत्तमा नगरपालिका–२ मा स्थापना भएको हो ।

एमबीए कार्यक्रममा सबै विषयबाट स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले अध्ययन गर्न पाउने प्राचार्य डा. आचार्यले बताए । “आफ्नो अनुसन्धनात्मक क्षमता, कार्यकुशलता, प्रशासनिक दक्षता अभिवृद्धि गर्ने महत्वपूर्ण अवसर सबैलाई प्राप्त भएको छ”–उनले भने । एमबीए कार्यक्रमलाई पूर्णरुपमा अनुसन्धानमा आधारिक बनाइने पनि उनले बताए ।

क्याम्पसका अध्यक्ष रामचन्द्र ढकालले अनुसन्धानमा रमाउन चाहने विद्यार्थीका लागि यो कार्यक्रम कोशेढुंगा हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले तिलोत्तमा क्याम्पसले शैक्षिक क्षेत्रमै छुट्टै पहिचान स्थापित गर्न सफल भएको भन्दै एमबीए कार्यक्रमको सफलताको कामना गरे ।

प्राध्यापक सन्तोष ज्ञवालीले यो विद्यार्थीहरुलाई स्वरोजगार बनाउनका लागि यो कार्यक्रम उपयुक्त विकल्प भएको बताए । तिलोत्तमा क्याम्पसले कक्षा १२ र स्नातक तहमा गरेर प्रति वर्ष करिव ७०० विद्यार्थी उत्पादन गरिरहेको छ । बीबीए कार्यक्रमका लागि कलेजले ४० जनालाई छात्रवृत्तिमा पढाइरहेको छ ।

एमबीए अध्ययनबाट के फाइदा हुन्छ ?

१. व्यवसाय संचालन गर्ने सिप सिक्न : यदि तपाईले आफ्नो व्यवसाय संचालन गर्न चाहनुु हुन्छ भने एमबीए कार्यक्रम तपाईका लागि राम्रो छनोट हुन सक्छ । यो विषयले व्यवसायलाई कसरी सफल र प्रतिष्पर्धी वनाउने भन्ने कुरामा राम्रो ज्ञान दिन्छ ।

२. साना तथा ठुला व्यवसायमा रोजगारीको संरक्षित गर्न : एमबीए कार्यक्रमले संस्था संचालन विधि तथा प्रकृया, समस्याहरुको समाधान, कर्मचारी तथा सरोकालवालाहरुको व्यवस्थापन, वित्तिय व्यवस्थापनका साथै अन्य विषयहरुको गहिरो शिक्षा प्रदान गर्दछ । ठुला तथा साना व्यवसायहरुले यस्ता कामहरुका लागि उत्तम जनशक्तिलाई जिम्मेवारी दिन चाहन्छन् ।

३. व्यावसायिक जोखिम चुनौती र अवसरहरुलाई सही तरिकाले पहिचान गर्न : एमबीए शिक्षाले विद्यार्थीहरुलाई ब्यापारिक अवसरहरु कसरी पहिचान गर्ने, जोखिमको कसरी न्युनीकरण गर्ने तथा ब्यावसायिक सफलताका रणनीतिक कार्यक्रम तथा नीतिहरु के हुन्छन् भन्ने कुराको ज्ञान दिन्छ ।

४. सकारात्मक सञ्चार सिपको विकास गर्न : एमबीए कार्यक्रमले विद्यार्थीहरुको सञ्चार सिपलाई राम्रो बनाउनका लागि सहयोग गर्छ । यसले गर्दा ब्यावसायिक जीवनमा सफल हुनका लागि सहयोग पुग्छ ।

५. ब्यावसायिक अनुशासन : विद्यार्थीहरुको २ बर्ष सम्मको अध्ययनमा विभिन्न तालिमहरुको माध्यमबाट र पाठयक्रमबाट तथा अन्य कार्यक्रमहरु मार्फत अनुशासनमा राख्न र रहन सिकाउँछ ।

६. समयको सही व्यवस्थापन : समय सबैभन्दा मूल्यवान वस्तु हो । एमबीए कार्यक्रमको अध्ययनको अवधिमा समयको कसरी सही व्यवस्थापन गर्न सकिन्छ भने कराको राम्रो ज्ञान लिन सकिन्छ ।

७.व्यावसायिक साथीहरुसंगकोे सञ्जाल विस्तार : एमबीए कार्यक्रममा पढ्ने विद्यार्थी एक जिम्मेवार व्यक्ति हुन्छ । कतिपयका आफ्नै व्यवसाय हन्छन् भने कसैका नयाँ ब्यवसाय गर्ने सोच हुन्छ । यी सवैको मिलनबाट नयाँ सोच र व्यवसायको साझेदारी हुन सक्छ र यो ठूलो अवसर बन्न सक्छ ।

८. पदोन्नती : लामो समयदेखि संस्थामा पदोन्नती नभएको खण्डमा कार्यक्रमको उपाधिले अवसरको ढोका खोल्न सक्छ । शैक्षिक योग्यताको वृद्धिसंगै अन्य संस्थाहरुमा पाइने अवसरहरु पनि हासिल गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?