ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

स्वर्गद्वारीमा नौ बालीको न्यूनतम समर्थन मूल्य

४ भाद्र २०८१, मंगलवार
४ भाद्र २०८१, मंगलवार

प्युठान, ०४ भदौ ।
स्वर्गद्वारी नगरपालिका–२ धनवाङका शिवलाल पुन मगरले ७ रोपनीमा व्यवसायिक तरकारी खेती गरेका छन् । उनले उत्पादन गरेको बालीको मूल्य पाउनेमा ढुक्क छन् । कारण हो, शिवलाल सहित पालिकाका किसान, पालिकाको छलफल गरे बनाएको वार्षिक न्यूनतम समर्थन मूल्य नपाए स्वर्गद्वारी नगरपालिकाले अनुदान दिने छ । न्यूनतम समर्थन मूल्य भन्दा कममा बिक्री गर्नु परे पालिकाले अनुदान दिने सर्तले कृषि उत्पादन वृद्धिमा ढुक्क बनाएको उनले बताए ।

धनवाङमा एक दर्जन बढी किसानहरूले व्यवसायिक तरकारी खेती गर्दै आएका छन् । उनीहरूको उत्पादन जिल्लाको चकचके, भिंग्री, किमिचौर, रोल्पाको सुलिचौर, खुंग्रीका तरकारी पसलहरू र थोक व्यापारीसम्म पुग्ने गरेको छ ।
उनको उत्पादनले मूल्य नपाए कसरी घर चलाउने होला भन्ने चिन्ता हटेको छ । ‘हामीलाई रोगरहित बाली जोगाउने चिन्ता हो’ पुन मगरले भने,‘मूल्य नपाए पालिकाले दिनेछ ।’ ढुक्कले तरकारी खेती गर्ने अवस्था सिर्जना भएको उनको दाबी छ ।

स्वर्गद्वारी नगरपालिका–९ जिवाङका पूर्ण बहादुर घर्ती मगरलाई स्वर्गद्वारी नगरपालिकाले समर्थन मूल्य तोकेपछि तरकारीको बजार ढुक्क भएको छ । बजारीकरण सहित दैनिक हाटबजार, सङ्कलन केन्द्रहरू निर्माण गरी सञ्चालन गर्न सके थप सहजता हुने उनले बताए । १४ रोपनी जग्गामा तरकारी खेती गरेका छन् । हप्ताको एक दिन स्वर्गद्वारी नगरपालिका–३ जलुकेमा सङ्कलन केन्द्रको रूपमा सञ्चालन भइरहेको छ ।

साउन ७ गते देखि सङ्कलन केन्द्र हप्ताको एक दिन सञ्चालन हुने र बारी देखि केन्द्रसम्म स्वर्गद्वारी नगरपालिकाले यातायातको व्यवस्था गरेको जानकारी दिए । स्वर्गद्वारी नगरपालिका बजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका उनले किसानलाई उत्पादन तर्फ प्रोत्साहित गर्न नगरपालिकाले कृषकको माग र आवश्यकताका आधारमा अनुदानका कार्यक्रम छनौट तथा सञ्चालन गर्नुपर्ने समेत बताए ।

स्वर्गद्वारी नगरपालिकाले टमाटर, काउली, बन्दा, करेला, सिमी, बोडी, काक्रो, भेडे खुर्सानी र लौका गरी ९ तरकारी बालीको न्यूनतम समर्थन मूल्य तोकिएको छ ।
स्वर्गद्वारी नगरपालिकाले पालिकाका किसानहरूको कृषि उत्पादनको प्रवर्धन तथा प्रोत्साहनका लागि कृषि उपजहरूको न्यूनतम मूल्यमा विक्री वितरण गर्ने सम्बन्धी कार्यविधि २०७९ जारी गरी कार्यान्वयनमा ल्याइएको स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोज बहादुर भण्डारीले जानकारी दिए ।

साउन २४ गते सूचना जारी गरी नौ तरकारी बालीको न्युनतम समर्थन मूल्य बारे जानकारी दिइएको थियो । ‘किसानले तोकिएको मूल्य नपाए जति क्षति भएको हो नगरपालिकाले व्यहोर्ने भएको छ,’ भण्डारीले भने‘ प्रतिकिलोमा रु.५ रूपैयाँ थप गरी प्रोत्साहन मूल्य प्रदान समेत गरिनेछ ।’

किसानहरूले गाउँघरमा उत्पादन गरेका वस्तुहरूलाई सहज रूपमा उपभोक्ता समक्ष पु¥याउनको लागि स्वर्गद्वारी नगरपालिका, बिक्री वितरणको व्यवस्था कृषि तथा जीविकोपार्जन प्रवर्धन (गोल) परियोजना र सहजीकरण प्रज्वलित सामाजिक उद्यम सहकारी संस्था ली.ले गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?