ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ

संविधान संशोधनको कुरा उठ्नु शंकास्पद : वर्षमान पुन

४ भाद्र २०८१, मंगलवार
४ भाद्र २०८१, मंगलवार

दाङ, ४ भदौ ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले २०७२ को संविधान कार्यान्वयनको चरणमै रहेको बेला संशोधनको कुरा उठ्नु देश र जनताका लागि शंकास्पद रहेको बताएका छन ।

प्रेस सेन्टर दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपमहासचिव पुनले माओवादी पार्टी एजेन्डासहित सरकारमा बसेर संविधानका अंगहरु कार्यान्वयन गरेपनि अहिले संसदका दुई ठू्ला दलले संविधान संशोधनको कुरा एकाएक उठाउनु शंकास्पद रहेको तर्क गरे ।

एक दशकमा संविधानको अवस्था बारे समिक्षा गर्न सकिने भएपनि संसदीय व्यवस्था, समानुपातिक प्रणालीलगायत मूल विषयलाई गिजोल्न खोज्ने षडयन्त्र भए माओवादी चुप लागेर नबस्ने चेतावनी दिए ।

सार्वभौमसत्ता बाहेक अरु विषय परिमार्जन हुने अवस्थामा अहिले पनि संविधानले व्यवस्था गरेका प्रहरी ऐन, निजामती सेवा ऐन, शिक्षा ऐनलगायत थुप्रै विषय कार्यान्यन गर्ने चरणमा रहेको हुँदा अहिले नै संघीयताको पूर्ण कार्यान्वयन नहुदै संविधान शंशोधनको कुरा उठ्नु पश्चगामि कदमको संकेत रहेको टिप्पणी गरे ।

२०४८ देखि हालसम्मको संसदीय व्यवस्थामा गरिएको अभ्यासमा अहिलेको अभ्यास परिस्कृत रहेको बताउँदै उनले सरकारमा रहेको बेला माओवादी पार्टीले भ्रष्टाचार विरुद्धको अभियानमा चालेको कदममा जनताको साथ र प्रशंसा भईरहेको बताए ।

उनले माओवादी केन्द्रको हालै सम्पन्न स्थायी कमिटी बैठकबाट पारित एजेण्डालाई सार्थक बनाउन जनताको बीचमा जाने बताए । उनले अब सरकार बाहिर रहेर देशमा सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा काम गर्ने जिम्मेवारी माओवादीलाई आएको उल्लेख गर्दै सडक, सदन र जनताको बिचमा रहेर सुशासन र सामाजिक न्यायका पक्षमा एजेण्डासहित काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?