ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

‘टुक्रे योजनामा’ अलमलिदै स्थानीय सरकार

५० लाख माथिका योजना न्यून, पालिकास्तरका योजना थोरै, प्रतिस्पर्धा विना योजना कार्यान्वयन, योजना कार्यान्वयनमा उपभोक्ता समितिको हालिमुहाली ।
४ भाद्र २०८१, मंगलवार
४ भाद्र २०८१, मंगलवार

रोल्पा, ०४ भदौ ।
रोल्पाका स्थानीय तहहरूले अधिकांश साना र टुक्रे योजना कार्यान्वयन गर्ने गरेका छन । नतिजामूलक र प्रभावकारी योजना ल्याउनुको साटो उनीहरूले हरेक वर्ष साना र टुक्रे योजना कार्यान्वयन गरेको देखिएको छ । ५ लाख भन्दा कम बजेटका ती योजना कार्यकर्ताको मुखमा वुझो लगाउन ल्याइएको आरोप समेत लाग्ने गरेको छ ।

यसैगरि जिल्लामा सम्पन्न हुने ठूलो संख्याका योजना खुल्ला प्रतिस्पर्धाको आधारमा नभई उपभोक्ता समिति मार्फत हुने गरेका छन् । प्रतिस्पर्धा नहँुदा यहाँ सम्पन्न हुने योजनामा व्यक्ति तथा समूह हावी भई लाभ उठाउने प्रवृत्ति समेत बढ्दै जान थालेको छ । निर्माण व्यवसायीमार्फत वा अन्य तरिकाले पनि योजना सम्पन्न गर्न सकिने प्रावधान भएपनि जिल्लाका सबै पालिकाको रोजाईमा उपभोक्ता समिति देखिएका छन् ।

रोल्पाको थवाङ गाउँपालिकाले गत आर्थिक वर्षमा ८७ वटा योजना कार्यान्वय ग¥यो । उसले कार्यान्वयन गरेका योजना मध्ये ५० लाख भन्दा माथिका १० वटा योजना मात्रै थिए । उसले ५ देखि ५० लाख सम्मका ३६ योजना कार्यान्वयन गर्दा ४१ वटा योजना ५ लाख भन्दा कम बजेटका थिए ।

गत आर्थिक वर्ष थवाङ गाउँपालिकाले सम्पन्न गरेका योजना मध्ये ४१ वटा पालिकास्तरका र ३६ वटा वडास्तरका थिए । ती योजना मध्ये उपभोक्ता समिति मार्फत ३६ वटा योजना कार्यान्वयन हँुदा निर्माण व्यवसायीमार्फत ३७ योजना कार्यान्वयन भएका थिए ।

परिवर्तन गाउँपालिकाले गत आर्थिक वर्ष २४१ वटा योजना कार्यान्वयन गरेको थियो । उसले सो वर्ष कार्यान्वयन गरेका ती योजना मध्य ५० लाख माथिका २ वटा योजना मात्रै थिए । उसले ५ लाख देखि ५० लाख सम्मका २० वटा र ५ लाख मुनीका २१९ योजना कार्यान्वयन गरेको थियो ।

गत वर्ष परिवर्तन गाउँपालिकाले पालिका स्तरका ११५ र वडा स्तरका १२६ योजना सम्पन्न गरेको थियो । सम्पादित योजना मध्ये उपभोक्ता समिति मार्फत १९२ योजना र निर्माण व्यवसायी मार्फत ८ योजना सम्पादन भएका थिए । सो गाउँपालिकाले अन्य तरिकाले ४१ वटा योजना कार्यान्वयन गरेको थियो ।

रुन्टीगढी गाउँपालिकाले कार्यान्वयन गरेका २८७ वटा योजना मध्ये ५० लाख माथिका २ वटा योजना मात्रै थिए । ५ लाख देखि ५० लाख सम्मका ६४ योजना कार्यान्वयन गरेको सो गाउँपालिकाको २२१ वटा योजना ५ लाख मुनिका थिए ।

रुन्टीगढी गाउँपालिकामा अघिल्लो वर्ष पालिका स्तरका ५९ र वडा स्तरका २३३ योजना कार्यान्वयन भएका थिए । त्यसरी कार्यान्वयन भएका योजना मध्ये उपभोक्ता समिति मार्फत २७५ योजना र निर्माण व्यवसायी मार्फत १७ योजना कार्यान्वयन भएका थिए । रुन्टीगढी गाउँपालिकाले ३३ वटा योजना गैर सरकारी संस्था मार्फत कार्यान्वयन गरेको थियो । समृद्धीका लागि वन कार्यक्रम संचालन गरिहरेको सो गाउँपालिकाले केही योजना सामुदायिक वन उपभोक्ता समूह मार्फत संचालन गरेको थियो ।

जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाले गएको आर्थिक वर्ष कुल १४३ वटा योजना कार्यान्वयन गरेको थियो । कार्यान्वयन गरिएका ती योजना मध्ये उसले ५० लाख माथिका १० योजना सम्पादन गरेको थियो । नगरपालिकामा ३८ वटा योजना ५ देखी ५० लाख सम्मका रहँदा ५ लाख भन्दा मुनीका योजना ९५ वटा थिए ।

रोल्पा नगरपालिकाले अघिल्लो वर्ष पालिकास्तरका ५५ र वडा स्तरका ८८ योजना कार्यान्वयन गरेको थियो । उसले कार्यान्वयन गरेको ती योजना मध्ये १०० वटा योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन भएका थिए भने २७ वटा योजना निर्माण व्यवसायी मार्फत र २ वटा योजना अन्य तरिकाले कार्यान्वयन भएका थिए ।

लुंग्री गाउँपालिकाले गत आर्थिक वर्ष १४४ योजना कार्यान्वयन गरेको थियो । कार्यान्वयन गरिएका ती योजना मध्ये ५० लाख माथिका योजनाको संख्या ३ वटा मात्रै थिए । गाउँपालिकाले ५ लाख देखी ५० लाख सम्मका ४१ र ५ लाख भन्दा कमका १०० वटा योजना कार्यान्वयन गरेको थियो ।

लुंग्री गाउँपालिकामा अघिल्लो वर्ष ६६ वटा पालिका स्तरका र ९७ वटा वडा स्तरका योजना सम्पन्न भएका थिए ।
सम्पन्न भएका योजना मध्ये ९७ वटा योजना उपभोक्ता समिति मार्फत र १५ वटा योजना निर्माण व्यवसायी मार्फत कार्यान्वयन भएका थिए । उसले विद्यालय व्यवस्थापन समिति मार्फत ६ वटा र अमानतद्धारा २६ वटा योजना कार्यान्वयन गरेको थियो ।

सुनछहरी गाउँपालिकाले अघिल्लो आर्थिक वर्ष १०५ वटा योजना कार्यान्वयन गरेको थियो । उसले कार्यान्वयन गरेका योजना मध्ये ५० लाख माथिका ५ वटा योजना थिए । यसैगरि ५ लाख देखी ५० लाख सम्मका ४१ र ५ लाख मुनिका ५९ वटा योजना कार्यान्वयन गरेको थियो ।

सुनछहरी गाउँपालिकाले अघिल्लो वर्ष पालिका स्तरमा ५६ र वडा स्तरमा ४९ योजना कार्यान्वयन गरेको थियो । उसले कार्यान्वयन गरेका योजना मध्ये ७९ वटा योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन भएका थिए । यसैगरि २६ वटा योजना निर्माण व्यवसायी मार्फत सम्पन्न भएका थिए ।

सुनिलस्मृती गाउँपालिकाले अघिल्लो आर्थिक वर्ष १२६ वटा योजना कार्यान्वयन गरेको थियो । त्यसरी सम्पन्न योजना मध्ये ५० लाख माथिका योजनाको संख्या ७ वटा मात्रै थिए । ५ लाख देखी ५० लाख सम्मका २८ वटा योजना सम्पन्न गरेको सो गाउँपालिकाले ५ लाख मुनीका ९१ वटा योजना कार्यान्वयन गरेको थियो ।
सुनिलस्मृती गाउँपालिकामा अघिल्लो वर्ष पालिका स्तरमा ४० र वडा स्तरमा ७१ योजना कार्यान्वयन भएका थिए । कार्यान्वयन भएका ती योजना मध्ये ९५ वटा योजना उपभोक्ता समिति मार्फत र ११ वटा योजना मात्रै निर्माण व्यवसायी मार्फत कार्यान्वयन भएका थिए ।

त्रिवेणी गाउँपालिकाले गत आर्थिक वर्ष २०५ वटा योजना कार्यान्वयन गरेको थियो । त्यसरी कार्यान्वयन भएका योजना मध्ये ५० लाख माथिका योजनाको संख्या १० वटा थिए । सो गाउँपालिकामा ५ लाख देखी ५० लाख सम्मका ३४ वटा र ५ लाखमुनीका १६१ वटा योजना कार्यान्वयन गरेको थियो ।
सो गाउँपालिकाले सम्पन्न गरेको ती योजना मध्ये पालिकास्तरका ४३ वटा र वडा स्तरका १६२ वटा योजना थिए । ती योजना मध्ये १८९ वटा योजना उपभोक्ता समिति मार्फत र १६ वटा योजना निर्माण व्यवसायी मार्फत कार्यान्वयन गरिएका थिए ।

कार्यकर्ताको भागशान्ति गर्न पालिकाहरूले टुक्रे योजना ल्याउने गरेको वताईन्छ । वितरणमुखी त्यस्ता योजना परिणाममुखी नभएको स्थानीय तहका जानकार दयाराम डाँगीले वताए । खुल्ला प्रतिस्पर्धाको साटो पालिकाहरूले धेरै योजना उपभोक्ता समितिवाट गराउदा एउटै व्यक्ति वा समूह हावी हुने गरेका छन डाँगीले भने ।

योजना कार्यान्वयन गर्ने प्राविधिक जनशक्ति अभाव
जिल्लाका स्थानीय तहहरूमा कार्यान्वयन हुने योजनाका संख्या चाङ लागेपनि ती योजना कार्यान्वयन गर्ने प्राविधिक जनशक्ति भने अत्यन्तै न्यून रहेका छन । अधिकृत र सहायक स्तरका कर्मचारीको व्यवस्था गरिए पनि जिल्लाका प्रायः सवै पालिका सहायक स्तरका कर्मचारीको भरमा चलेका छन ।
जिल्लाको थवाङ गाउँपालिकामा १ अधिकृत र ८ सहायक गरि ९ जना प्राविधिक कर्मचारीको दरवन्दी रहेपनि सो पालिकामा १ अधिकृत र २ सहायक गरि ३ दरवन्दी खाली छ । परिवर्तन गाउँपालिकामा १ अधिकृत र ८ सहायक गरि ९ प्राविधिक कर्मचारीको दरबन्दी रहेकामा सो पालिकामा हाल १ अधिकृत र ३ सहायक गरि ४ जना प्राविधिक कर्मचारीको पद रिक्त छ । रुन्टगढी गाउँपालिकामा १ अधिकृत र १२ सहायक गरि १३ जना प्राविधिक कर्मचारीको दरवन्दी रहेकोमा त्यहाँ हाल १ अधिकृत र १ सहायक गरि २ जना कर्मचारीको पद रिक्त रहेको छ ।
यसैगरि रोल्पा नगरपालिकामा २ अधिकृत र १७ सहायक गरि १७ जना प्राविधिक कर्मचारीको दरवन्दी रहेकोमा सो पालिकामा हाल २ अधिकृत र ८ सहायक गरि १० जना प्राविधिक कर्मचारीको पद रिक्त रहेको छ । लुंग्री गाउँपालिकामा १ अधिकृत र ११ सहायक गरि १२ प्राविधिक कर्मचारीको दरवन्दी रहेकोमा सो पालिकामा १ अधिकृत र ५ सहायक गरि ६ जना प्राविधिक कर्मचारीको पद रिक्त रहेको छ ।
सुनछहरी गाउँपालिकामा १ अधिकृत र ९ सहायक गरि १० जना प्राविधिक कर्मचारीको दरवन्दी रहेकोमा हाल त्यहाँ १ अधिकृत र ३ सहायक गरि ४ जना प्राविधिक कर्मचारीको पद रिक्त रहेको छ । सुनिलस्मृती गाउँपालिकामा २ अधिकृत र ८ सहायक गरि १० जना प्राविधिक कर्मचारीको दरवन्दी रहेकोमा हाल १ अधिकृत र २ सहायक गरि ३ जना प्राविधिक कर्मचारीको पद रिक्त रहेको छ । त्रिवेणी गाउँपालिकामा १ अधिकृत र १० सहायक सहित ११ जना प्राविधिक कर्मचारीका दरवन्दी रहेको छ । स्वीकृत दरवन्दी मध्ये हाल १ अधिकृत र ८ सहायक गरि ९ जनाको स्थायी पद रिक्त रहेको छ ।
यसरी पद रिक्त रहेका पालिकाहरूले अधिकांश पद करार सेवावाट पूर्ती गरेपनि उनीहरू अवसर पाउने वित्तिकै अर्को ठाउँ जाने भएकोले सेवा अस्थिर हुने गरेको पालिकाहरूको भनाई छ । करार अवधि पुरा नहुदा अर्को ठाउँ जाने प्रवृद्धीका कारण पालिकाको काम प्रभावित हुने गरेको उनीहरूको भनाई छ ।
कर्मचारी अभाव र टुक्रे योजना पालिकाको मुख्य समस्याको रूपमा देखिएको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनको भनाई छ । योजना धेरै र ती योजना हेर्ने प्राविधिक कर्मचारी कम हुँदा योजनाको कार्यसम्पादनमा समस्या हुने गर्दछ अध्यक्ष पुनले भने ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?